मुटु र जिवन
हो वास्तव मै मुटु मानव शरिरको एक अति महत्वपुर्ण अंग हो । जुन अंग शरीरलाई जिवित राख्न अनवरत धड्किरन्छ तपाइ महसुस गर्नुस् त लबधब… लबधब…। त्यसैले हामीले मुटुलाई धेरै नै महत्व दिन्छौ । यसरी महत्व दिइरहँदा के तपाईँलाई थाहा छ मानव शरीरमा मुटु कहाँनिर छ ? सबैजनाले बिना कुनै हिचखिचावट छातीको बायाँ भागमा भनेर सोच्नुभयो । हुन पनि हो सुन्दै आएको त त्यहीं छ । विचार गर्नुस् त पुरूषहरूले आजसम्म सयौं खशी–बोका काटेर बिलो लगाउनुभयो होला तर त्यसको मुटु कतापट्टी हुन्छ त याद छैन होला भने मान्छेको त झनै थाहा हुने कुरै भएन । किनकी मान्छे नै काटेर हेर्ने अवसर त कमैले मात्र पाउँछन् ।
हो, यसो हो भने तपाँइ मुटुको विषयमा भ्रममा हुनुहुन्छ । यही अज्ञानताका कारणले धेरै मान्छेहरू अकालमै मुटुको समस्याको कारण मृत्युवरण गर्न बाध्य हुन्छ । वास्तवमा मुटु छातीको बायाँपट्टी छ भन्ने भ्रमका कारणले गर्दा हामीले धेरै मान्छेहरूलाई गुमाइरहेका छौँ । छातीको बायाँ भागमा पिडा हुँदा मान्छेको मनमा के सोचाई आउँछ भने मुटु त बायाँपट्टी हुन्छ । यदी छातीको बायाँपट्टी पिडा भयोभने ह्रृदयघात हुन लाग्यो वा मेरो मुटुमा समस्या हुन लाग्यो भन्ने सोचेर उपचारको लागि अस्पताल वा मेडिकल जान्छन् । तर जब ह्रदयघात हुन्छ, ह्रदयघात भएको बेलामा भने छातीको बिच भागमा पिडा हुँदा भने ह्या यो ग्यास्ट्राइटिसले दुखेको होला या अन्य केही होला भन्ने सोचेर घरै बसेर तातोपनी पिउने, ग्यास्ट्राइटिसको औषधी खाने गरिरहन्छ र अन्तिममा परिणाम स्वरूप मान्छेको मृत्यु हुन्छ ।
तपाई जो जतिले यो स्वास्थ्य सामग्री पढिरहनु भएको छ, तपाई सबैले यो कुरा ख्याल गर्नुस्, यो एउटा विशेष महत्वपुर्ण कुरा याद राख्नुस् की मानव शरीरको मुटु छातीको बिच भागमा हुन्छ तर त्यसको सानो भागचाहिँ बायाँतिर अलि तल ढल्किएर बसेको हुन्छ । मुटुको तीन चौथाई भाग छातीको बिच भागमा रहेको हुन्छ । उहीँ चिकित्सा विज्ञान अध्ययन गरेका र मुटुरोग विशेषज्ञबाहेक अन्य ९९ प्रतिशत मानिसहरूमा यहीं बुझाइ छ की मुटु छातीको बायाँपट्टी हुन्छ र यदी ह्रदयघात वा मुटुसम्बन्धी कुनै जटिल समस्या भए छातीको बायाँ भागमा असर गर्छ न की बिच भागमा ।
त्यसैले यदी छातीको बीचभागमा पिडा भयो, असामान्य खालको अप्ठेरोपन भयो, केही गह्रौँ वस्तुले थिचेको जस्तो महसुस भयो भने अब मुटुले सहयोग माग्यो, मेरो मुटुमा केही समस्या छ जस्लाई उपचारको आवस्यक छ भन्ने कुरा बुझनुस् र उचित उपचारको खोजीमा लागेनुस् न की ग्यास्ट्राइटिस सम्झेर ग्यास्ट्राइटिसको उपचारतिर लाग्ने भुल नगर्नुस् ।
दोस्रो अज्ञानता र भ्रम हामी माझ के छ भने यो चिल्लो चिज खाएर वा घ्युु खाएर कोलेस्ट्रोल बढ्छ र कोलेस्ट्रोल बढेर मुटुरोग लाग्छ वा ह्रदयघात हुन्छ भन्ने भ्रम छ । अझै उच्च रक्तचाप भए त झनै चिल्लोको त नामै लिन हुँदैन मरिहालिन्छ कि भन्ने भ्रम छ । शरीरभित्र गएपछि जम्छ यसले त बित्यासै पर्छ भन्ने सोच्नुहुन्छ । रगतमा गएपछि जम्छ, जमेपछि रक्तनली जाम हुन्छ, रगतजाम भएपछि ह्रदयघात हुन्छ । यहीँ हो हामीले अहिलेसम्म बुझेको कुरा । अधिकांश मानिसहरू यहीं सोचाइमा जिइरहेका हुन्छन् । तर त्यो होइन, हामीले खाएको घ्यु तथा तेलजन्य चिल्लोले शरीरमा कोलेस्ट्रोल बढाउने भनेको १०–२० प्रतिशत मात्र हो । बाँकी ८०–९० प्रतिशत चिल्लो हाम्रो शरीरले नै राम्रोसंग पचाउँछ । यदी हामीले प्रयोग गरेको घ्यु तेल शुद्व छ भने ।
यदी शुद्व छ भने उक्त घ्यु र तेलले हाम्रो शरीरलाई अति आवस्यक पर्ने प्रोटिनलगायत गुणकारी तत्व प्रदान गर्छ । अझ शुद्व घ्युमा त विभिन्न भिटामिनसहित अन्य थुप्रै महत्वपुर्ण अति आवस्यक एन्टिअक्सिडेनट पनि हुन्छ । त्यसैले घ्यु खान कुनै कन्जुस्याई नगर्नु, मात्र के ख्याल गर्नुस् भने प्रतिदिन कति मात्रामा खाने भन्ने हो ।
मुटुको स्वास्थ्यको लागि, मुटु बलियो बनाउन र मुटुलाई आवस्यक पर्ने खाद्यान्न परिपुर्ती गर्नको लागि प्रतिदिन आफ्नो पाचनक्षमता अनुसार १–२ जम्चा घ्यु मज्जाले खान सकिन्छ । हो शुद्व घ्युमा पाइने विभिन्न पौष्टिक तत्वहरूले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । तपाइलाई घ्युले कुनैपनि आघात गर्दैन, घ्यु विभिन्न आयुर्वेदिक औषधीहरूमा पाँच हजार साल पहिलेदेखी प्रयोग हुँदै आइरहेको छ ।
हाम्रा पुर्वजहरूले प्रतिदिन खानासंग १ कचौरा घ्यु खान हुन्थ्यो रे ! खोइ कोही पनि ह्रदयघातबाट मृत्युवरण गरेको सुनिएको छैन । उनीहरू झनै बलिया र लामो आयु भएको थिए । आज आएर हामी घ्युसंग डराउँछौँ । घ्युले ह्रदयघात गराउँछ भनेर । वास्तवमा त्यो घ्युले ह्रदयघात गरेको होइन, आजभोली भइरहेको ह्रदयघातका घटनाहरू त जंकफुडले गराएको हो । प्याकिङ भएर बजारमा आएको आलुचिप्स, टोमाटो चिप्स, दालमोठ, चाउचाउ, बिस्कुट, कुरकुरेजस्ता एउटै तेललाई लामो समयसम्म उमालेको तेलमा फुराएर बजारमा ल्याईएको जंकफुडले ह्रदयघात भएको हो ।
घ्युमा भएको फ्याट गुड फ्याट हो भने जंकफुडमा हुने फ्याट ब्यड फ्याट हो, जसलाई ट्रान्सफ्याट भनिन्छ, जुन मुटुको लागि अत्यन्तै घातक हुन्छ । हामीले घ्युलाई सामान्य तताएर खानामा मुछेर खायौँ भने एकदमै राम्रो फाइदा गर्छ तर त्यही घ्युलाई धुँवा पुत्ताउने गरी तताएर खाने वा एउटै घ्युलाई बारम्बार प्रयोग गर्यौँ भने त्यहीँ घ्युले हानी गर्छ, असर गर्छ । घ्यु वा तेललाई बारम्बार लामो समयसम्म धुँवा पुत्ताउने गरी पुरी, सेलरोटी, समोसा, जेरी, स्वारी, निमकिन, पकौडा आदी बनाएर खान्छ भने यस्तो प्रकृतिको चिल्लोलाई ट्रन्सफ्याट भनिन्छ । यो भने मुटुको लागि बिलकुलै उपयुक्त छैन । चिल्लोलाई जतिपटक तताउनुहुन्छ त्यतिनै हानिकारक हुँदै जान्छ मात्र कति खाने भन्नेमा फरक हुन्छ । प्रतिदिन १ चम्चाको ठाउँमा १ कचौरा खान थाल्यो भने त्यसले अवस्य असर गर्छ ।
सामान्यतया साधारण जिवनयापन गरिरहेको व्यक्तिलाई प्रतिदिन १८०० क्यालोरी शक्ति आवस्यक पर्छ । यसको १ तिहाई ६०० क्यालोरी शक्ति हामीलाई चिल्लोबाट प्राप्त हुनपर्छ । कार्बोहाइड्रेटबाट एक तिहाई, प्रोटिनबाट एक तिहाइ र चिल्लोबाट एक तिहाइ शक्ति आवस्यक पर्छ । हाम्रो शरीरमा ब्रेन, कलेजो, फियो, फोक्सोलगायत सम्पुर्ण अंगहरूले नियमित कार्य सम्पादन र नियमित रक्तसंचारको लागि चिल्लो अति आवस्यक हुन्छ । मात्र अनुमानित ६०० क्यालोरी । यसको ठाउँमा तपाई ८००÷१००० क्यालोरी चिल्लोबाट लिन थाल्नुभयो भने यो हानिकारक हुन्छ । मुटुको लागि हाम्रो भान्सामा सबैभन्दा हानिकारक के हो भने कार्बोहाइड्रेट, अझ बिशेषगरी रिफाइन कार्बोहाइड्रेट (प्रशोधित) मैदा, बासनादार चिल्लो पोलिस गरिएको बासमती चामल आदि हानिकरक छन् । आलु पनि सामान्य पकाएर खाँदा असर गर्दैन तर सोही आलुलाई तेलमा तारेर, फ्राइ गरेर खानुभयो भने अवस्य पनि यसले हानी गर्छ । त्यसै प्रकृतीले बरदानस्वरूप दिएको खानाहरू कुनैपनि मानव स्वस्थ्यको लागी हानिकारक छैन मात्र यती बुझनु पर्छ की कुन खाना कती खाने र कसरी खाने ।
तेलको कुरा गर्नु पर्दा यदी शुद्व प्राकृतिक तरिकाले बनाएको तेल हो भने कुनैपनि वनस्पती तेलमा कोलेस्ट्रोल हुँदैन । वनस्पती तेलमा कोलेस्ट्रोल शुन्य हुन्छ । तेल पेल्ने क्रममा दायाँबायाँ गरेको भए के जानुम है । अन्यथा सबै तेल कोलेस्ट्रोल फ्रि हुन्छ । फरक वनस्पतिको तेलमा फरक तत्व पाइन्छ । सबैभन्दा उत्तम तोरीको तेल हो । जसमा अन्य तेलमा भन्दा १०० गुना बढी राम्रो हुन्छ ।
उच्च रक्तचाप हुँदैमा मुटुरोगी भइने होइन । र, उच्च रक्तचापको औषधी खान सुरू गर्यो भने मृगौला फेल हुन्छ, कलेजो खराब हुन्छजस्ता भ्रमहरू सबैमाझ हाबी छ । यही कारणले गर्दा उच्च रक्तचापको समयमै उचित उपचार नगर्दा युवा अवस्थामै प्यरालाइसिस, पक्षघात, मष्तिस्कघात, ह्रदयघातजस्ता समस्याबाट अपांग भएको तथा अकालमै मृत्युवरण गरेको सयौं घटनाहरू हामी सामु छन् । अन्धोपन, किड्नी फेलको घटना पनि छ । मान्छे सद्धे छ, हिँडदा हिँडदै बिच बाटोमा पुक्लुक्क ढलेका हामीले देख्दै र शुन्दै आइरहका छौं । यो किन हुन्छ त भन्दा समयमै उच्चित औषधी उपचार नगर्दा यस्तो प्रवृत्तिको समस्या वा घटनाहरू भइरहन्छ ।
ह्रदयघात, मष्तिश्कघात, पक्षघातजस्ता मुटुसंग सम्बन्धित रोगको प्रत्यक्ष रुपमा कुनैपनि ठेट लक्षण देखिदैन । साना–साना लक्षणहरू बेवास्ता गरिन्छ । छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत हुन्छ ।
उच्च रक्तचापको सुरूवाती अवस्थामा प्रत्यक्ष ठुला लक्षणहरू देखिदैन । रक्तचाप १२०–८० हुनपर्नेमा २००–११० देखियो तर कुनै लक्षण छैन । लक्षण छैन भन्दैमा उपचार नगर्नु महाभुल हो । यहीँ कारणले गर्दा ह्रदयघात, मष्तिश्कघात, पक्षघात, किड्नी फेल आदी हुन्छ । टाउको दुख्नु, घुमाउनु, झन्झनाहट हुनु, आँखा मदुरो देख्नु, रिस उठ्नु आदी त उच्च रक्तचाप भइसकेपछि देखिने लक्षणहरू हुन् । यो भनेको खतराको संकेत हो । रिस उठ्नु उच्च रक्तचापको कारण होइन तर रिसको कारणले उच्च रक्तचाप हुने हो । मुटुको बारेमा कुरा गर्दा कुनै लक्षण नदेखिए पनि यदी रोग वा उच्च रक्तचाप देखियो भने उपचार प्रारम्भ गरिहाल्नु पर्छ । उच्च रक्तचापको औषधीले असर गर्ने होइन, उच्च रक्तचापको औषधीले किड्नी हान्ने होइन यदी उच्च रक्तचापको समयमै उपचार गरी नियन्त्रण नगरिएको अवस्थामा यो दुर्घटना हुनसक्छ । त्यसैले आजबाट यो कुरा बुझनुस् की उच्च रक्तचापको औषधीले किड्नीलाई असर गर्ने होइन की यसले किड्नीको रक्षा गर्छ ।
मुटु रोग अहिले घरघरकै समस्याजस्तो भएको छ । विलासी जीवनशैली, शारीरिक अभ्यासको कमी र जथाभावी खानपानले मुटुको समस्याले युवास्थामै धेरैलाई पिरोल्दै आएको छ ।
रक्तचापमा गढबढ भएमा यसले मुटुमा असर गर्छ । उच्च रक्तचापले मुटुमा भार बढाउने, हृदयघात, स्ट्रोक, मिर्गौलामा असर पु¥याउनुका साथै आँखामा समेत असर पु¥याउँछ । आवश्यकताअनुसार रक्तचापको अवस्था जाँच गराउनुपर्छ ।
रगतमा दुई किसिमको कोलेस्टेरोल हुन्छ । एउटा असल कोलेस्टेरोल (एचडीएल) अर्को खराब कोलेस्टेरोल (एलडीएल) । खराब कोलेस्टेरोलले रक्तनली अवरुद्ध गरी बन्द गराउँछ । जसले गर्दा ह्रदयघात वा स्ट्रोक गराउने जोखिम हुन्छ । असल कोलेस्टेरोलले ह्रदयघात हुनबाट बचाउँछ । एक अध्यायनका अनुसार जन्मजात मुटुरोग हुने र मुटुको मसल कमजोर हुने समस्या पनि बढ्दै गएको छ ।
रगतमा कोलेस्टेरोलको मात्रा के कति छ ? सम्बन्धित चिकित्सकसँग परामर्श गरी जानकारी लिइ सजग हुनुपर्छ । यसको जाँच गरेपछि रगतमा तीन महिनासम्मको औसत चिनीको मात्रा थाहा पाउन सकिन्छ । रगतमा चिनीको मात्रा धेरै भएमा मुटु, मस्ष्तिक, रक्तनली, मिर्गौलालगायतका अंगमा असर पुग्छ ।
मेरो व्यक्तिगत अनुभवमा मुटुरोग लाग्नुमा प्रमुख कारण तनाव हो । त्यसैले मुटुरोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ । नियमित व्यायाम तथा चिकित्सकको सल्लाहअनुसार मुटुसम्बन्धि व्यायाम गरेमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ ।
सकारात्मक चिन्तन र संयमित कार्यशैली नै स्वास्थ्य जिवनको आधार हो । त्यसैले अनुभव वा ज्ञान एउटा अशली सुनको काइँयो हो, जसलाई टाउकोमा कपाल छंदै हाँशिल गरेर सुनको काइँयोले कपाल कोरेर आनन्द लिनुहोस्, कपाल झरेपछि पाएको सुनको काइँयोको के काम ।




