सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लमजुङमा कार्यरत बागलुङका सैनिकमा कोरोना संक्रमण

लमजुङमा कार्यरत बागलुङका सैनिकमा कोरोना संक्रमण

गण्डकीमा थपिए ११ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७७, शनिबार

कोरोना संक्रमित सैनिक उपचारत धौलागिरी अस्पताल । तस्वीर: ढोरपाटन

बागलुङ, ६ भदौ – नेपाली सेनाको लमजुङ गुल्ममा कार्यरत बागलुङका एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिका–१२ का २५ वर्षीय पुरुष सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी छुट्टीमा घरमा आएका थिए । सामान्य ज्वरो आएपछि चेकजाँचका लागि धौलागिरी अस्पताल पुगेका उनलाई त्यहाँका चिकित्सकले कोरोनाको लक्षण देखिएको भन्दै स्वाव लिई पिसिआर परिक्षणका लागि पोखरा पठाएका थिए । परिक्षणपछि संक्रमण पुष्टी भएको धौलागिरी अस्पतालले जनाएको छ । उनी अस्पतालको आइसोलेसनमा रहेका छन् । उनी लम्जुङबाट आएर बागलुङ नगरपालिका–३ मा परिवारसँगै बस्दै आएका थिए।
जिल्लामा अहिलेसम्म स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई कोरोना संक्रमण भएपनि सुरक्षाकर्मीलाई भएको थिएन । छुट्टीमा आएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टिपछि कन्ट्रयाक ट्रेसिङ गरेर स्वाब लिने तयारी गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनीसँग सम्पर्कमा रहेका ३६ जनालाई होम क्वारेन्टाइनमा बस्न लगाइएको सिनियर अहेव डिल्ली आचार्यले वताए।
बागलुङका एकसंगै गण्डकीमा शनिवार ११ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको हो । शनिवार थप भएकामा नवलपुरका ३ जना, तनहुँका २ जना, स्याङजाका २ जना र कास्कीका ३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->