शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लमजुङमा थुनुवामा पनि कोरोना, गण्डकीमा थपिए २९ जना

लमजुङमा थुनुवामा पनि कोरोना, गण्डकीमा थपिए २९ जना


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७७, शुक्रबार

तनहुँ, १२ भदौ – लमजुङमा २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार साँझ सार्वजनिक गरेको फर फरक विवरण अनुसार लमजुङ बेसीशहर नगरपालिकामा एक जना थुनुवासहित २० जना प्रहरी संक्रमति भएका छन् । ती सबै २७ देखी ४४ बर्ष उमेर समुहका पुरुष हुन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत बेसीशहर– ८ की ४७ बर्षिय महिला कर्मचारीलाई संक्रमण देखिएको छ । राईनास गाउँपालिका–९ की २१ बर्षिय महिला र बेसीशहर–८ का ५१ बर्षिय पुरुष पनि संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो अपडेट अनुसार लमजुङ र नवलपरासी बर्दाघाट सुस्तापुर्व र कास्किमा २९ जना संक्रमित भएका हुन् । नवलपरासीको देवचुली नगरपालिका–१ मा ५४ बर्षिया महिला, मध्यविन्दु नगरपालिका–१० मा ३४ बर्षिय पुरुष र कावासोती नगरपालिका–१६ का ७० र २४ बर्षिया बृद्धामा कोरोना पुष्टी भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो पोखरा महानगरपालिकाका ११ जना संक्रमित थपिएका थिए । विहान दुई पटक सार्वजनिक विवरणमा २० जनालाई संक्रमणको पुष्टी भएको थियो । यो संगै गण्डकी प्रदेशमा दुई हजार ६४ पुगेको छ । एक हजार ६ सय ८९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->