काठमाडौं, १३ भदौ – अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको ‘पहिलो पल्ट भेट हुँदा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यो म्युजिक भिडियोमा पूजा र पलको जोडी जमेको छ । दिनेश थपलियाको गीतमा उनीहरु केमेस्ट्री मिलेको छ । यसमा गीतमा सरोज ओली र रचना रिमालले स्वर दिएका छन् । यसमा अर्जुन पोखरेलले संगीत भरेका छन् । कविराज गहतराजले निर्देशन गरेको म्युजिक भिडियोको नवराज उप्रेतिले छायाँकन तथा अमन मानन्धरले सम्पादन गरेका हुन् ।





