बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो

नवलपुरमा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७७, आइतबार

नवलपुर, १४ भदौ – नवलपुर (पूर्वी नवलपरासी) मा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले दुई सातादेखि जारी निषेधाज्ञा आइतबार रातिदेखि लागू हुने गरी हटाएको हो । कोरोना संक्रमितको संख्या बढिरहेको बेला पनि निषेधाज्ञा हटाइएपछि सर्वसाधारण घरबाहिर निस्कने र बजार खोल्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले यसअघि जारी निषेधाज्ञा आइतबार राति १२ बजेबाट हटाउने निर्णय गरेको टेलिफोनमा जानकारी दिए । उनले निषेधाज्ञा जारी राख्न कम्तीमा दुई सय जना संक्रमित भएको हुनुपर्ने र त्यत्ता संख्यामा जिल्लामा कोरोना संक्रमित नरहेकाले हटाउन परेको प्रस्ट्याए ।
दैनिक जीवनयापन पनि सञ्‍चालन गर्नपर्ने र लगातार बन्द गर्दा कार्यालयबाट प्राप्त हुने सेवाबाट सेवाग्राही वन्चित भएकाले निषेधाज्ञा हटाइएको घिमिरेले बताए । उनले निषेधाज्ञा हटाइए पनि सर्तकता अपनाउन सर्वसाधारणमा अपील गरेका छन् ।
नवलपुरका ८ वटा पालिकामध्ये ७ वटाले लकडाउन घोषणा गरेको र प्रशासनले निषेधाज्ञा हटाएपछि सोमबारदेखि सरकारी कार्यालय, बैंक वित्तीय संस्था खुल्ने भएका छन् ।नवलपुरमा ३ साताको अवधिमा आइतबारसम्म १ सय २५ जनामा कोरोना  संक्रमण देखिएको छ । शनिबार त्रिवेणीधामका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->