शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलाका थप एकजना कर्मचारी र बरेङका थप एकमा संक्रमण

काठेखोलाका थप एकजना कर्मचारी र बरेङका थप एकमा संक्रमण

गोरखा नगरपालिकाका ३ महिला सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७७, आइतबार

बागलुङ, १४ भदौ – बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा आईतबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका १–१ जना पुरुषलाई कोरोना पुष्टि भएको हो ।
संक्रमितको कन्ट्याक टे«सिङमा परेका काठेखोला गाउँपालिका–६ का ४५ बर्षिय एक जना पुरुष गाउँपालिकाका कर्मचारी हुन् । उनी कन्ट्याक टे«सिङमा परेका हुन् । बरेङ गाउँपालिका–४ का १९ बर्षिय पुरुष भारतबाट आएका हुन् । उनी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । संक्रमित दुवै जनालाई सोमवार मात्रै आइसोलेसनमा ल्याइने छ ।
त्यसैगरी, गोरखा नगरपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३ महिला र ९ पुरुष छन् । गोरखा नपा- १३ का ७ जना पुरुष, वडा नंं. ८ का ३ महिला र एक पुरुष तथा वडान १ का एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->