शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हस्तकलाकी पर्याय रामकली

हस्तकलाकी पर्याय रामकली


  • दुर्गा भण्डारी
  • भाद्र १७ २०७७, बुधबार

हस्तकला उद्योगलाई पहिलोपटक ब्राण्डीङ गर्ने गण्डकी प्रदेशकी महिलाका हुन् रामकली खड्का । प्रत्येक वर्ष खड्काले १ करोड रुपैया बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउँछिन् । उनका ८० प्रतिशत समान विदेश निर्यातबाट हुने गर्दछन् । ३० प्रतिशत सामानहरु स्वदेश कै होटल र पर्यटकीय स्थलहरु ठमेल र लेकसाइडमा बिक्री हुने गरेका छन् । खड्काको उद्योगमा बनेका हस्तकलाका सामानहरु युरोप अमेरिका र अष्ट्रेलियासम्म पुगेका छन् । महिला सी विकास प्रालिबाट उत्पादित सामानहरु युरोपका देशहरु इटली, जर्मन, स्विजरलैण्ड, स्पेन, बेल्जीयम, बेलायत, नर्वे, नेदरलैण्ड लगायत जापान, कोरिया, हङकङ, ताइवान निर्यात हुने गरेको छ । उनको उद्योग महिला सिप बिकास केन्द्रमा आफनै देशका गाउघरका कच्चा पदार्थको प्रयोग गरी अल्लोको ब्याग, पर्स गुडिया, किचन म्याट र ग्लोव्स लगायत उत्पादन हुन्छन् । रंगहरु पनि आफ्नै देशको छ । प्याजको बोक्रा, अनारको बोक्रा, तीतेपाती, ओखर लगायत केमिकल रहित कलरको प्रयोग हुन्छन् । जुन कलरहरु घाममा पनि नउड्ने र एलर्जी समेत नहुने हुदा विदेशीले मन पराएको बताउँछिन् उनी । खड्का ओयल फेयर ट्रेड अर्गनाइजेसनको सदस्य पनि छिन् । जहाँ विश्वका करिव ९७ देशका व्यवसायीहरु सदस्य छन् । यसको माध्यमबाट पनि नयाँ नयाँ ग्राहकहरुसँग सम्पर्क र बजार बिस्तार गर्न सहजता भएको छ । सामान गुणस्तरीय भए पछि माग पनि बढ्दै गएको छ । औद्योगिक क्षेत्रमा रामकली खड्काको, ४५ बर्ष पुरानो वर्चश्व छ । खड्काले २०३२ सालदेखि निरन्तर रुपमा उद्योग मात्रै संचालन गरेकी छैनन् । ६ सय जना बिपन्न महिलाको सहारा समेत बनेकी छिन् ।
कर्णाली अंचलको हुम्ला जिल्लामा जन्मेकी रामकलीकोे भेट हुम्ला मै कार्यरत प्रहरी श्यामसुन्दर खड्कासँग लगनगाँठो कसेकी उनी अहिले भने पोखरामै जमेकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->