बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

यौन दुर्बलता र समाधान

यौन दुर्बलता र समाधान


  • डा. गिरधारी शर्मा
  • भाद्र २० २०७७, शनिबार

भन्न नहुने बेथा साह्रो भनेजस्तै करीव ५० % पुरुषहरु बिभिन्न प्रकारका यौन दुर्बलताबाट ग्रसित हुन्छन । यो अत्यन्तै ब्यक्तिगत र दम्पती बिचको समस्या भएको हुनाले समाजमा नामर्दीपनको आक्षेप लाग्ला भन्ने डरले जो कोहीले पनि यसलाई सार्वजानिक गर्न सक्दैनन् । बरु श्रीमान श्रीमती बिच झगडा गर्ने र सहेर किन बस्न नपरोस भरसक यो कमजोरी लाई लुकाएर, गुम्स्यायर राख्छन । आफुलाई Depression नै किन नहोस, परिवारको अन्य सदस्य र समाज साथै आफनै साथीभाईलाई पनि भन्ने साहस गर्न सक्दैनन । सन्तान प्राप्त नहुनुको कारण पत्ता लगाउने क्रममा चिकित्सहरुबाट कताकति यो समस्या थाहा पाउन सकिन्छ । स्त्रीलाई यौन इच्क्षा हुदाँ पुरुषलाई नहुने र पूरुषलाई हुदाँ स्त्रीलाई नहुनुले गर्दा दम्पती बिच सम्बन्ध बिग्रने, दरार पैदा हुने, सन्तान नहुने, पारिवारिक समस्या देखिने अनि दोस्रो बिवाह गर्न परिवारबाट दवाब दिने, सम्बन्ध बिच्छेद भएको देखिएको छ । अन्दाजी १५% दम्पतीहरु निसन्तानपनको शिकार हुन्छन जसमा ५०% कारण पुरुषको कमजोरीले हुन्छ । जसमध्य यौन दुर्बलता पनि एउटा प्रमुख कारण हो । लिङ्ग उत्तेजना नहुने, उत्तेजना हुन समय लाग्ने, उत्तेजना भए पनि कडा नहुने, लिङ्ग कडा भए पनि योनीभित्र पसे पछि तुरुन्तै लुथु्रक्क पर्ने, छिटो शक्तीहिन हुने गर्दछ । जसले गर्दा आफनो श्रीमती वा महिला साथीलाई यौन तृप्ती दिन नसक्नु, बिर्य योनीबाट बाहीर बगेर आउनु, पिडादायी यौनक्रीडा हूनु, बिर्यको स्खलन छिटो हुने आदी समस्याहरु देखिन्छन । पुरुषले कम्तीमा पनि दुई मिनेट भन्दा बढीसम्म यौनक्रिडा गर्न सक्नुलाई सामान्य मानिन्छ र सो भन्दा छिटो स्खलन भयो भने यसलाई सिघ्र स्खलन वा Premature ejaculation भनिन्छ ।
लिङ्ग उत्तेजना र कडा हुनको लागि नसा र रक्त सञ्चार, हर्मोृन भन्ने रसायनीक पदार्थ र नसामा बग्ने बिभिन्न सकेंतयूक्त पदार्थहरु र लिङ्गमा हुने मासुको मुख्य भुमिका रहन्छ । लिङ्ग उत्तेजना र कडा बनाउन साथै यौनक्रीडालाई नियन्त्रण गर्न दिमागमा भएका : Median Preoptic area and Paraventricular nucleus of hypothalamusभन्ने ठाउँहरुको मुख्य भुमिका रहन्छ । यिनीहरुकै निर्देशनमा बिभिन्न किसिमको रासायनीक तरल पदार्थ बिभिन्न नसाको माध्यमबाट लिङ्गसम्म सम्बन्ध राख्दछ र लिङ्ग उत्तेजित र कडा हुने गर्दछ ।
लिङ्ग उत्तेजित र कडा हुनको लागी निम्न तीन मध्य कुनै एक कार्य आवश्यक पर्दछ ।
१. मानसीक उत्तेजना जसलाई psychogenic erection भनिन्छ (यौनक्रिडा सम्बन्धी सुनेर, हेरेर, टेलिभिजन वा भिडियोमा हेरेर )
२. Reflexogenic  erection -कुनै माध्यमबाट लिङ्गमा छुने वा लिङ्ग चलाई दिने जसले गर्दा लिङ्ग उत्तेजीत र कडा हुन्छ ।
३. Nocturnal erection -कसैकसैलाई रातीमा आफसेआफ लिङ्ग उत्तेजीत र कडा हुन्छ र यो बिशेष रातको उत्तरार्धमा हुन्छ ।
हामीहरुले दम्पतीसंग कुरा गर्दा तपसील कुराहरुमा ध्यान दिनु पर्दछ ।
(क) यौन क्षमता छ कि छैन (lipido) ।
(ख) उत्तेजना शुरु हुन्छ वा हुदैंन ।
(ग) उत्तेजना कायमै राख्ने क्षमता छ वा छैन ।
(घ) स्खलन कति समय पछि हुन्छ (छिटो मा २ मिनेट अगाडी नै, ढिलो वा सामान्य २ मिनेट पछि) ।
(ङ्ग) शरीरका प्रत्येक यौन अङ्गहरु उत्तेजना मै रहन्छ वा रहन्न ।
(च) यौनक्रिडा वा स्खलन पछि सन्तुष्टी कस्तो हुन्छ ।
(छ) कसरत गर्न सक्ने क्षमता छ छैन, मुटु सम्बन्धी रोगहरु जस्तै छाती दुख्ने, मुटु ढुकढुक हुने समस्या छ छैन ।
(ज) मधुमेय, रगतमा धेरै चिल्लो पदार्थ हुने, पिसाप नली र थैली सम्बन्धी रोगहरु छ छैन ।
(झ) धुम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थको सेवन ।
(ञ) कुनै लामो समय देखी औषधी प्रयोग गर्दै आएको जस्तैः उच्च रक्तचाप, मानसीक रोग साथै कुनै हर्मोन सम्बन्धी औषधीहरुको सेवन आदी ।
माथी उल्लेखीत समस्यालाई ध्यानमा राखेर बिभिन्न परीक्षा हरु प्रयोगशालमा गर्न सकिन्छ ।
एक अध्ययनअनुसार यौन सम्बन्ध र जीवनशैलीमा तपसीलका अबस्थाहरुले असर पार्दछन ।
(क) Depressed feeling – ३२%
(ख) चिन्ता र आत्तिने – ६५%
(ग) आत्मबिश्वासको कमी – ६२%
(घ) विपरीत सोच – ४६%
दम्पती वा साथीको सम्बन्ध
(क) अप्ठयारो सम्बन्ध – ३५%
(ख) खराब सम्बन्ध – २८%
(ग) टुटेको सम्बन्ध – ७%
(घ) बन्द सम्बन्ध – १२%
अत्याधिक धुम्रपानले निकै नहुने प्रकारले रक्तसन्चार प्रणालीका सानासाना नसाहरुलाई नष्ट गर्दछ । हप्तामा ६०० मिली लीटर भन्दा बढी रक्सी सेवनले १७ देखी २९% ले यौन क्षमता घटाउँछ ।
उपचारको आवश्यकता
(क) मानिसको आत्मबिश्वास र आत्मसम्मान बृद्धी गर्न ।
(ख) दम्पती बिचको सम्बन्धमा सुधार ल्याउन ।
(ग) रक्तसञ्चार प्रणाली सम्बन्धी रोगको पहिचान गर्न र उपचार गर्न ।
(घ) जीवन र जीवनशैलीलाई पुर्णता दिन ।
सामान्यतया जुन मानिस शारीरीक रुपमा तन्दुरुस्त हुन्छ त्यो मानिसको यौन क्षमता पनि तन्दुरुस्त हुन्छ । धुम्रपानको आदतले निको नहुने गरी रक्तन्चार रक्तसञ्चार समबन्धी नसाहरुलाई खराब गर्ने भएकोले यौन क्षमता घटाउछं । हप्तामा ६०० मि लि भन्दा बढी रक्सी सेवन गर्नेहरुलाई पनि योन समस्या देखीन्छ । उच्च रक्तचाप, धेरै कोलेस्टोरोल, मोटोपन, मधुमेय साथै आलस्यपनले पनि यौन दुर्बलता बढाउछं । जुन मानिसलाई यौन दुर्बलता छ, उनीहरुलाई मुटु र रक्त सञ्चार सम्बन्धी रोग हुनसक्ने सम्भावना अत्यधीक हूनसक्ने भएकोले तदसम्बन्धी चिकित्सक सङ्ग परीक्षण गराई उपचार गराई हाल्नु पर्दछ ।
पूरुषको यौनदुर्बलताबाट बच्नको लागी अथवा आफुलाई यौन तन्दुरुस्त राख्नको लागी नियमीत कसरत गर्ने, मोटोपन कम गर्ने, धुम्रपान र मध्यपान नगर्ने, पिसाप सम्बन्धी सक्रंमण भएमा उपचार गर्ने, उच्च रक्तचाप, मधुमेय सम्बन्धी औषधी सेवन गरेको भए मात्रा मिलाउने, रगतमा यदी धेरै चिल्लो पदार्थ छ भने उसको उपचार गर्ने ।
साधारणतय जो मानीस १० सेकेन्ड मा २० पाईला वा एक घण्टमा ४ किलोमिटर हिडन सक्दछ त्यो ब्यक्ती यौन क्षमतामा सक्षम मानिन्छ ।
उपचारका प्रयासहरु
यो समस्या मानसीक र शारीरीक दुबै कारण वा कुनै एक कारणले हुने भएकोे हुदाँ चिकित्सकिय पद्धतीबाट पनि उपचार सम्भव भएकोले पहिले समस्याको कारणको खोजी गरी सोही अनुसारको उपचारको लागी सम्बनधीत चिकित्सककोमा गई निराकरण गर्नुृ पर्दछ । अहिले निसन्तान दम्पतीको लागी ठुलो समस्या देखीएकोले चिकित्सकले दुबै दम्पती बिच आवश्यक परामर्श गरी समाधानका प्रयासहरु गरिन्छ । आजकल लिङ्ग उत्तेजनाको लागी औषधीहरु पनि बजारमा प्रसस्त पाईन्छन तर यसको सेवन गर्दा चिकित्सकको सल्लाह अनुसारनै गर्नु पर्दछ । यसको साथै लिङ्ग उत्तेजना बढाउन बिभिन्न प्रकारका बिद्युतीय उपकरणहरु पनि बजारमा उपलब्ध छन यसको सही तरीकाबाट प्रयोग गरेमा उक्त समस्याको समाधानको लागी सहयोग मिल्दछ ।
यौन दुर्बलताबाट बच्ने घरेलु उपायहरु
१. प्रसस्त मात्रामा पानी वा तरल पदार्थ पिउने, दिनको २ देखी ३ लिटर ।
२.तातो बस्तुहरु बाट टाढा बस्ने। किनकी अण्डकोषको तापक्रम शरीरको तापक्रम भन्दा १ डिग्री सेल्सीयस कम हुनु पर्दछ ।
३. Tight underwear नलगाउने, खकुलो र सजिलो कटटु लगाउने ।
४. खुटटा खप्टयाएर नबस्ने ।
५. हप्तामा ३ वा ४ पटक मात्र यौन सम्पर्क राख्ने ।
खाना जसले सिघ्रपतन वा यौन दुर्बलतालाई हटाउछं
१. हरियो प्याज, प्याजको बिउलाई धूलो बनाई पानीमा मिसाई खाना खानु भन्दा अगाडी दिनको तीन पटक पिउने ।
२. आस्वागन्धा- यो एउटा आयुर्बेदिक औषधी हो जसले योनशक्ती बढाउंछ ।
३. अदुवा र मह- आधा चम्चा अदुवामा मह मिसाउने र राती सुत्ने बेलामा खाने ।
४. कूरीलो- कूरीलोको जरालाई दूधमा उमालेर दिनको दुई पटक खाने ।
५. सन्तुलित खाना- यसको उत्तीकै महत्व छ ।
६. रामतोरीया वा Lady’s finger – प्रत्येक खानामा यसको प्रयोग गर्दा फाईदा गर्दछ ।
७. गाजर- अण्डा र महसंग उमालेर खादां फाईदा हुन्छ ।
८. लसून- घयूमा तारेर बिहान खाली पेटमा खाने ।
(शर्मा प्रसुती तथा स्त्री रोग एवं निसन्तानपन बिशेषज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->