बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बेनी बजारमा बाढीको क्षती (फोटो फिचर)

बेनी बजारमा बाढीको क्षती (फोटो फिचर)


  • ध्रुवसागर शर्मा
  • भाद्र २३ २०७७, मंगलबार

म्याग्दी, २३ भदौ– सोमबार राती परेको भीषण वर्षापछि बाढी आउँदा म्याग्दीको सदरमुकाम बेनीबजारको हिलाम्मे भएको छ । बजारदेखि माथि रहेको बेनी पाखापानी सडकको अर्थुङ्गे आँपारुख खण्डबाट आएको बाढी बेनीबजारको क्याम्पस चोक,अस्पताल चोक र बसपार्क क्षेत्रमा पसेपछि यहाँको जनजीवन प्रभावित भएको छ । क्याम्पस चोकका एक दर्जनभन्दा धेरै घर र सडकमा लेदो थुप्रिएको छ । ​​सहज निकास नपाउँदा बाढी बजार क्षेत्रमा पसेको हो । पानी निकासका लागि बनाइएको साँघुरो नाली फुट्दा बजार क्षेत्र जलमग्न भएको छ । ग्रामिण कृषि सडक विस्तार र स्तरोन्‍नतिमा उचित ध्यान नदिने, सडक खण्ड च्यापेर घर बनाउने र नाली फराकिलो नभएको जस्ता कारणले ठूलो बर्खायाम सुरु हुनासाथ बजारका यी क्षेत्रमा बाढीले वितण्डा मच्चाउने गरेको छ । ठूलो पानी पर्दा यहाँका वासिन्दाहरुलाई जाग्राम बसेर रात बिताउनुपर्ने बाध्यता छ । केही घरहरुमा बाढी पसेको छ। माथिल्लो क्षेत्रमा सडक विस्तारको काम भैरहेको छ ।
हेर्नुस फोटोमा बाढीको प्रभाव…

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->