शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गुरु खोज्दै व्यासभूमि

गुरु खोज्दै व्यासभूमि

पछिल्लो कालखण्डमा व्यासकै नामबाट नगपालिका बनाइयो । सम्पदाहरू संरक्षणसँगै यसको विकासबारे सोच्न थालियो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

पूर्वीय दर्शनमा गुरुको दर्जा पाएका महर्षी व्याससँग वेद जोडिन्छ । वेद संसारकै प्राचीन ग्रन्थ मात्रै होइन, ज्ञान र विज्ञानको महत्वपूर्ण दस्ताबेज हो । रचयिता व्यासले सेतीमादीको संगमस्थल अर्थात् हालको तनहुँको दमौली क्षेत्रमा बसेर चारवेद, अठार पुराण, भागवत गीता र महाभारतको रचना गरे । व्यास क्षेत्रमै बसेर उनले मत्स्यगन्धासँग प्रेम पनि गरे । वेदव्याससँग जोडिएको यो भूमि तपोसाधना, ज्ञानसाधना, साहित्यसाधना काव्यसाधनाको संगम हो । पूर्वीय दर्शन बुझ्ने र आस्था राख्नेहरूका लागि मोक्षस्थल पनि हो ।
कल्पना गरौँ न ! ऋषिमुनीहरूले अड्डा जमाएको यो ठाउँमा कुनै समय दिनहुँ वेदका ऋचाहरू गुन्जिन्थे होलान्, यज्ञशालामा हवन भइरहेको हुन्थ्यो होला, शास्त्रार्थ गर्नेहरू तर्कद्वारा आफूलाई प्रमाणित गर्थे होलान् !
तर, लामो समयसम्म यो क्षेत्र छायामा प¥यो । पछिल्लो कालखण्डमा व्यासकै नामबाट नगपालिका बनाइयो । सम्पदाहरू संरक्षणसँगै यसको विकासबारे सोच्न थालियो । भानुभक्त बहुमुखी क्याम्पसका उपप्राध्यापक वसन्त कँडेलका अनुसार ऐतिहासिक व्यास भूमिमा व्यास, उनका बुबा परासर र आमा सत्यवतीका जीवनसँग सम्बन्धित विभिन्न अवशेष र प्रमाण अझै पनि देख्न पाइन्छ ।
व्यास गुफा, परासर गुफा, जयशिला, व्यासकुण्ड, शिवकुण्ड, सत्यवतीको प्रशवशिला, राजा उपरीचरले पालेको बाजको शिला, सत्यवतीको आमाको शिलासहित विभिन्न कालखण्डमा निर्माण गरिएका यज्ञमण्डप, साधुसन्त आश्रम, पाटीपौवा, बरपीपल चौतारीलगायतका शिव पाञ्चायन मन्दिर, हनुमान मन्दिर यहाँका विशेषता हुन् । धर्म र धार्मिक स्थलबारे चासो बढेको छ, यतिवेला । वेदव्यासको जन्मस्थलमा चाहिँ व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले गुरुयोजनासहितको विकास योजना बनाएको छ । वेदव्यासको १०८ फिटको पूर्णकदको मूर्ति बन्दै छ ।
त्यति मात्र नभएर ७२ रोपनी क्षेत्रफलमा अन्य संरचना बनाइने र वेदव्यासको जन्मस्थललाई धार्मिक पर्यटनको मुख्य गन्तव्य बनाइने योजना रहेको छ । योजना कार्यान्वयनमा आए, परियोजनालाई राज्य र दाताहरूबाट सहयोग भए, व्यास जन्मस्थल पूर्वीय दर्शनको अध्ययन÷अनुसन्धान थलो मात्रै नभएर प्रमुख पर्यटकीय गन्तव्य बन्ने समितिको विश्वास रहेको छ ।
‘व्यास जन्मभूमि धर्म र पर्यटनलाई जोड्ने महत्वपूर्ण कडी बन्न सक्छ’, पर्यटनविद् श्रीकान्त खतिवडा भन्छन्, ‘व्यास जन्मभूमिमा पुगेकाहरूलाई त्यसको वरपर रहेका होमस्टेहरूमा लैजाँदा ग्रामीण पर्यटनको पनि विकास हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->