बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

के हो कार्डिएक अरेस्ट ? हुनासाथ मान्छे मर्छ ?

के हो कार्डिएक अरेस्ट ? हुनासाथ मान्छे मर्छ ?


  • कृष्ण कुमार सैजु
  • भाद्र २६ २०७७, शुक्रबार

विश्वका धेरै देशहरूले विज्ञान र प्रविधीमा लामो फड्को मारिसकेका छन् । विभिन्न विलासिताका साधनहरू, सवारी, रोबर्ट, वायरलेस उपकरणहरू र ५ जीजस्ता स्मार्ट र फास्टर नेटवर्कहरू जसको फाईदासंगै धेरै बेफाईदाहरू पनि छन् । जसबाट हानिकारक पराबैजनिक किरणहरू अदृष्य रूपमा वातावारणमा प्रशारण भइरहेका हुन्छन् । विभिन्न साधनले गर्दा मानिसहरूले मेहनत र परिश्रम नगरी जिवन धानिरहेका छन् । जसको कारणले गर्दा मानिसहरू दिन प्रतिदिन एैयासी र आलसी बन्दै गईरहेको छ ।
अधिकांश मानिसहरू खान सुरू गरेपछि केवल वर्तमान मात्र हेर्छ । जसले धेरै प्याक स्वीकार्याे उही महापुरूष ठान्दछन् । स्वास्थप्रति एक रति पनि सजग हुँदैनन् । केवल रक्सी र अन्य लागुपदार्थ मात्र होइन जुनसुकै खानेकुरा पनि आवस्यकताभन्दा बदी खानु अस्वस्थकर नै हुन्छ । जसको परिणाम स्वरूप शरीरमा दिन प्रतिदिन रोगको बिज हुर्किरहेको हुन्छ । कस्लाई कतिबेला के हुन्छ कसैलाई थाहा हुँदैन । ‘ऋण लागेको सबैले देख्छ, दिन लागेको कसैले देख्दैन’ भन्ने एउटा भनाई यहाँ प्रतिफलित हुन्छ ।
– विभिन्न शारीरिक विकार र रोगहरू जस्तै मानव शरीरको एक महत्वपुर्ण अंग मुटुमा हुने अनेक समस्यामध्ये कार्डिएक अरेस्ट पनि एक अति संबेदनशिल समस्या हो ।
– कार्डिएक अरेस्ट भएमा अधिकांशको तत्काल ज्यान जाने गरेको छ । यसका लक्षण पनि नदेखिने र केही मिनेटभित्रै उपयुक्त उपचार नभएमा ज्यान जाने गर्छ ।
– हार्ट ओआरजीका अनुसार, कार्डिएक अरेस्ट अचानक हुन्छ र शरीरले यसको कुनै लक्षण पनि देखाउँदैन ।
– साधारणतया यसको कारण भनेको मुटुमा हुने विद्युतीय गडबडी हो, जसले धड्कनको तालमेल बिगारीदिन्छ ।
– यस्तो हुँदा मुटुको पम्प गर्ने क्षमतामा असर पर्छ र यो दिमाग, मुटु वा शरीरको अन्य अंगमा रगत पु¥याउन सक्षम रहँदैन ।
– कार्डियक अरेष्ट भएको केही मिनेटभित्रै मानिस बेहोस हुन्छ र धड्कन पनि आउने–जाने भइरहन्छ ।
– यदि सही समयमा सही उपचार नपाएको खण्डमा कार्डिएक अरेस्ट भएको केही सेकेन्ड वा मिनेटभित्रै मृत्यु हुनसक्छ ।
कार्डिएक अरेष्टमा मृत्यु निश्चित ?
– ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार, मुटुमा विद्युतीय संकेतको समस्याका कारण जब रगत पुग्दैन तब यो कार्डिएक अरेस्टमा परिवर्तन हुन्छ । जब मानिसको शरीरले रगतलाई पम्प गर्न बन्द गर्छ तब दिमागमा अक्सिजनको कमी हुन्छ । यस्तो हुँदा मानिस बेहोस हुन्छ र सास पनि क्रमशः कम हुन्छ ।
के कुनै लक्षण देखिन्छ ?
– सबैभन्दा ठूलो समस्या भनेको कार्डिएक अरेष्ट आउनुअघि यसको कुनै लक्षण देखिँदैन ।
– यसै कारण कार्डिएक अरेष्टका कारण मृत्युको खतरा थुप्रै गुणा बढ्ने गर्छ ।
– यसको सबैभन्दा साधारण कारण असाधारण हार्ट रिदम बताइन्छ जसलाई विज्ञानको भाषामा भेन्टिकुलर फिब्रिलेशन भनिन्छ ।
– मुटुको विद्युतीय गतिविधी यति धेरै बिग्रन्छ कि यसले धड्कन नै बन्द गरिदिन्छ र एक तरिकाले काँप्न थाल्छ ।
– कार्डिएक अरेष्टका विभिन्न कारण हुन सक्छन् तर मुटुजन्य रोगले यसको आशंका बढाउने गर्छ । ती यस्ता छन्ः
– कोरोनरी हृदय रोग
– हृदयघात
– कार्डियोमायोप्याथी
– मुटुको भित्री भागमा समस्या
– मुटुका मांशपेशी सुन्निँदा
– लङ्ग क्यूटी सिन्ड्रोमजस्ता गडबडी
यसबाहेक अन्य कारण पनि छन् जसले कार्डिएक अरेष्टलाई निम्तो दिन सक्छन् । जस्तैः
– करेन्ट लाग्दा
– अत्यधिक लागुऔषधको सेवन गर्दा
– ह्यामरेज हुँदा (जसमा अत्यधिक रक्तश्राव हु्न्छ)
– पानीमा डुब्दा
यो हृदयघातभन्दा कसरी फरक ?
– धेरैजसोले कार्डिएक अरेस्ट र हृदयघातलाई एउटै मान्छन् । तर यो साँचो होइन । दुबै भिन्न कुरा हुन् ।
– हृदयघात यस्तो अवस्थालाई भनिन्छ जब कोरोनरी आर्टरीमा रगत जमेका कारण मुटुको माशंपेशीसम्म रगत जाने बाटो अवरोध पैदा हुन्छ । हृदयघात हुँदा अत्यधिक छाती दुख्छ । यद्यपि, थुप्रै पटक लक्षण कमजोर हुन्छ तर मुटुलाई क्षति पुर्याउनका लागि यो पर्याप्त हुन्छ ।
– यसमा मुटुले शरीरको बाँकी अंगमा रगत पुर्याइरहेको हुन्छ र बिरामी होसमा भइरहन सक्छ ।
– तर जो व्यक्तिलाई पहिले नै हृदयघात भइसकेको छ भने उसलाई कार्डिएक अरेस्टको खतरा बढ्छ । तर कार्डिक अरेस्टमा मुटुले तुरुन्त रगत पुर्याउन बन्द गर्छ, जसका कारण व्यक्ति अचानक बेहोस हुने र सास पनि बन्द हुने गर्छ ।
हृदयघातमा बच्न सहज ?
– हृदयघातमा आर्टरीको बाटो रोकिँदा अक्सिजन भएको रगत मुटुको एक विशेष भागसम्म पुग्दैन ।
– यदि यसको बाटो तुरुन्त खोलिएन भने त्यसमार्फत मुटुको जुन भागसम्म रगत पुग्छ त्यसले निकै क्षति पुर्याउन थाल्छ ।
– हृदयघात हुँदा उपचारमा जति ढिलाई हुन्छ, मुटु र शरीरले त्यति नै क्षति व्यवहोर्नु पर्ने हुन्छ ।
– यसमा लक्षण तत्काल पनि देख्न सकिन्छ र केहीबेरपछि पनि । त्यसबाहेक हृदयघात हुँदा केही घण्टा वा केही दिनपछिसम्म यसको असर देख्न सकिन्छ ।
– अचानक हुने कार्डिएक अरेस्टभन्दा भिन्न हृदयघातमा मुटुको धड्कन बन्द हुँदैन ।
– त्यसकारण कार्डिएक अरेस्टको तुलनामा हृदयघात भएका बिरामीलाई बचाउन सकिने सम्भावन निकै धेरै हुन्छ ।
– मुटुसँग जोडिएका यी दुबै रोगको एक आपसमा निकै गहिरो सम्बन्ध छ । समस्या यो पनि छ कि हृदयघातको क्रममा वा त्यसको उपचारको क्रममा पनि कार्डिएक अरेस्ट हुनसक्छ ।
यसबाट बच्न सम्भव ?
– पक्कै पनि । थुप्रै पटक छातीमार्फत इलेक्ट्रिक शक दिँदा यसबाट बच्न सकिन्छ । यसका लागि डिफिब्रिलेटर नामक टूलको प्रयोग हुन्छ ।
यो साधारणतया सबै ठूला अस्पतालमा पाइन्छ । तर कार्डिएक अरेस्ट आउँदा डिफिब्रिलेटरको सहज उपलब्धता भएन भने के गर्ने त ? यसको बिकल्प हो सिपिआर । यसको अर्थ हो कार्डियोपल्मोनरी रिससिटेशन । यसमा दुबै हातलाई सीधा राखेर बिरामीको छातीमा मज्जाले दबाब दिइन्छ । यसमा मुखमार्फत् हावा पनि पु¥याइन्छ ।
– तपाईंको अगाडि कसैको कार्डियक अरेष्ट भयो भने सीपीआर दिएर उसको सर्भाइभल रेट बढाउन सकिन्छ । यसको लागि तीन चरण अपनाउन सकिन्छ ।
– रोगीलाई विस्तारै सबैतिरबाट हावा आउने ठाउँमा सुताउने र विस्तारै शरीर थोरै माथि उठाउँदै लैजाने ता कि जिब्रोभित्र नपसोस् ।
– अब बिरामीको बीच छातीमा विस्तारैसँग धक्का दिने । यस प्रक्रियालाई कार्डिक थम्प भनिन्छ ।
– यसपछि सीपीआर दिन सुरु गर्ने ।
कसरी दिने त सीपीआर ?
– बिरामीको नजिक बसेर आफ्नो दायाँ हात बिरामीको शिरमा राख्ने, बायाँ हात पनि यसैको माथि राख्ने र औंलाहरुलाई जोडेर राख्ने ।
– हत्केलाले १० मिनेटको लागि छातीको बीच भागमा दबाउँदै जाने ।
– एक मिनेटमा ८० देखि १०० पटकसम्म दबाउने ।
– यो प्रक्रियामा तपाईंले जोड गरेर छिटो–छिटो दबाउन आवश्यक हुन्छ । ताकि हरेक पटक छाती करिब डेढ इन्च तल जाओस् ।
यस समयसम्म कसैले डाक्टरलाई बोलाउनुस् र डाक्टर नआएसम्म यो प्रक्रिया जारी राख्ने ।
नोट ः अझै बच्चालाई सीपीआर दिँदै हुनुहहुन्छ भने यसको साथमा मुखमा मुख जोडेर सास दिनुपर्छ । डाक्टरहरु ठूलाको लागि मुखमा मुख जोडेर सास दिने सल्लाह दिँदैनन् ।
यसो त कार्डियक अरेष्ट हुनुभन्दा पहिला कुनै लक्षण देखिँदैन । यो एक मेडिकल इमर्जेन्सी हो र तपाईंको अगाडि कसैलाई यस्तो समस्या भयो भने तुरुन्त सीपीआर दिएर उसलाई बचाउन सकिन्छ ।
पुनश्चः यदी अर्को अंकमा तपाईले आफ्नो समस्याको बारेमा बुझ्न वा जानकारी लिन चाहानुहुन्छ भने मेल र कमेन्ट वा ९८४७७६७७०३ मा एसएमएस गर्नुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->