बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९२.५ प्रतिशत (फोटो पिचर)

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९२.५ प्रतिशत (फोटो पिचर)

अन्य पूर्वाधारका कामहरु निर्माणधिन रहेको आयोजनाको वित्तिय प्रगति ६३ प्रतिशत भएको पाईएको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

बुटवल, २६ भदौ– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको भौतिक प्रगति ९२.५ प्रतिशत भएको छ । विमानस्थलमा ३ किलोमिटरको धावनमाग ट्याक्सी वे एवंम् एप्रोनको सिभिल निर्माण तर्फको काम सम्पन्न भएको संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले जनाएको छ । ती सबै संरचनामा विद्युत जडानको काम भैरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन एवम् कन्ट्रोल टावर सम्वन्धि काम समेत सकिएको मन्त्रालयले जनाएको छ । अन्य पूर्वाधारका कामहरु निर्माणधिन रहेको आयोजनाको वित्तिय प्रगति ६३ प्रतिशत भएको पाईएको छ । चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन समुह र अर्नोटिकल रेडियो अफ थाईल्याण्डले विमानस्थल निर्माणको काम गरीरहेका छन् ।
केही तस्विरहरु..

 

तस्विरः राजेन्द्र श्रेष्ठको सहयोगमा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->