आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शसस्त्र प्रहरीमा कोरोना देखियो, फैलदै तनहुँको भानुमा संक्रमण

शसस्त्र प्रहरीमा कोरोना देखियो, फैलदै तनहुँको भानुमा संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०७७, शुक्रबार

तनहुँ, २६ भदौ– कोरोनाको हटस्पट बनेको तनहुँको भानु नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण झनै बढेको छ । शुक्रबार यहाँका १० जनालाई संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जनाकारी अनुसार भानुको सशस्त्र प्रहरी बल मनकामना गणमा कार्यरत ३२, ३२, ३१, ३२ बर्षका पुरुष र ईलाका प्रहरी कार्यालय भानु मुकाममा कार्यरत ३१ बर्षका प्रहरीमा जवानमा संक्रमण देखिएको छ । बाहिरी सदरमुकामबाट आएर क्वारेन्टाइनमा बसेका शसस्त्र प्रहरीका १० जना र नेपाल प्रहरीका ३ जनाको स्बाब संकलन गरि पिसीआर परिक्षणका लागी क्षयरोग उपचार केन्द्र पोखरा पठाईएको थियो ।
कन्ट्याक ट्रेसिङमा परेका भानु–१ का ४५ बर्षिय पुरुष, २७ बर्षिया महिला र भानु–६ का ४२, ५१ बर्षका पुरुष, ६२ बर्षिया महिलालाई संक्रमण देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जनाकारी दिए । शुक्रबार साँझ भानु नगरपालिका–५ का १७ बर्षिय किशोरमा समेत संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङमा परेका उनलाई संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म भानुका ७६ जनालाई कोरोना पुष्टी भएको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, शुक्रबार तनहुँमा भानुका ११ सहित १४ जनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयले दिउँसो सार्वजनिक गरेको विवरण अनुसार भिमाद नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा एक÷एक जना संक्रमति थपिएका हुन् । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा भिमाद–६ की २० बर्षिया महिला र आँबुखैरेनी–३ का ५१ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको हो ।
शुक्रबार विहान तनहुँको शुक्लागण्डकी नगरपालिकामा –५ बेलचौताराका ५९ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जोखिम बढेपछि उनी बस्दै आएको ज्ञान ज्योति टोलको ८ घर सिल गरिएको वडाध्यक्ष दिर्घबहादुर थापाले बताए । दुलेगौँडाको दुई सुनचाँदी पसल पनि शिल गरिएको छ । संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यको पिसीआर परिक्षणका लागी आईतबार स्वाब संकलन गर्ने उनले जानकारी दिए । वडाध्यक्ष थापाका अनुसार संक्रमित व्यक्ति पिसाब रोकिने र ज्वरोको समस्या आएपछि उपचारका लागी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फिभर क्लिनीक पुगेका थिए । उनको पिसीआर परिक्षण गर्दा कोरोना देखिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->