शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा पहिरो अपडेट : सात महिने शिशुसहित एकै परिवारका ९ जनाको मृत्यु

स्याङ्जा पहिरो अपडेट : सात महिने शिशुसहित एकै परिवारका ९ जनाको मृत्यु

मृतक सबैको पहिचान खुल्यो, एक जनाको जीवितै उद्धार ।


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

स्याङ्जा, ८ असोज– स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षी दिपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीया विनिता नेपाली, ९ वर्षीय दिवस नेपाली र ७ महिने शिशु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार मनिषा नेपालीको उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ । राति सुतिरहेका बेला आएको पहिरोले परिवारै सखाप पारेको हो । यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेका छन् । राति २ बजे आएको पहिरोमा अरुले भने जोगिएर उम्कन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->