स्याङ्जा, ९ असोज– कोरोना संक्रमण पुष्टि भएर भीरकोट नगरपालिकाको हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा उपचारारत एक कैदी आईसोलेसनबाटै भागेकाछन् । अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवा कालीका सामुदायीक अस्पतालको आईसोलेसनबाट बिहिबार राती भागेको प्रहरीले जनाएको छ ।
गाई मारेको आरोपमा थुनामा रहेका युवालाई कारागारमारहेकै बेला कोरोना संक्रमण देखिएपछि कालीका सामुदायीक अस्पतालमा लगिएको थियो । आईसोलेसनमा उपचारारत रहेकै समयमा राती पानी परेको बेलामा अस्पतालबाट भागेको र उनको खोजिकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आईसोलेसनमा राखेर उपचार भईरहेकै बेला संक्रमीत नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएकोछ भने समाजमा समेत संक्रमण फैलीन सक्ने भएकोले थप सचेत हुनेपर्ने प्रहरीले जनाएको छ ।





