बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

किन बाउँडिन्छ खुट्टा ?

किन बाउँडिन्छ खुट्टा ?

सबै उमेरका मनिसमा यो समस्या देखिने भएपनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ ।


  • कृष्ण कुमार सैजु
  • असोज ९ २०७७, शुक्रबार

सामान्यतया खुट्टा वा हातको मांसपेशी फर्किएको वा बाउँडिएको तपाईमध्ये धेरैले अनुभव गर्नुभएकै होला । खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । यसमा अत्यन्त कडा दुखाइ हुन्छ । प्रायः राती खुट्टा बाउँडिने गर्दछ । एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राती अथवा आराम गरेको बेला खुट्टा बाउँडिन्छ । तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ । बाउँडिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ । तिघ्राको मासु बाउँडिने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ । दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठिक ठाउँमा आउन केही समय लाग्छ । सबै उमेरका मनिसमा यो समस्या देखिने भएपनि प्रायः अधवैँसे तथा बुढाबुढीलाई बढी हुने गर्छ । खुट्टा फर्किने वा बाउँडिने समस्याको निश्चित कारण भने छैन । विभिन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ ।
१. पोषक तत्वको अभाव
पोषक तत्वहरू (जस्तैः सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदि) शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु बाउँडिने गर्छ । यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन् । सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ । पोटासियमले सोडियम र क्लोराइडसँग मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई सहयोग गर्छ । त्यस्तै म्याग्नेसियमले मासु खुम्चँदा चाहिने शक्तिमा स्थिरता ल्याउन सहयोग प¥याउँछ । त्यस्तै शरीरमा भिटामिनबि १२ को कमी हुँदा पनि राती खुट्टा पल्टिन्छ ।
२. लामो समयसम्म उभिँदा
कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा बाउँडिने हुन्छ । सन् २०१२ मा प्रकाशित एक अध्ययनको अनुसार लामो समयसम्म उभिनु खुटृा बाउँडिने एउटा मु्ख्य कारण हो । उक्त अध्ययनले यस्तो समस्या भएमा रोकथामका लागि लामो समयसम्म नउभिन सुझव दिएको छ । साथै अप्ठेरो गरेर बस्ने र अप्ठेरो गरेर सुत्ने बानीले पनि खुटृा पल्टन सघाउँछ ।
३. जलवियोनन
शरीरमा पर्याप्त मात्रामा तरल पदार्थ हुँदा यसले शरीर तथा दिमागलाई स्वस्थ बनाउन सहयोग गर्छ । यसले हाम्रो शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पु¥याउँछ । हाम्रो शरीरको मासु ७० प्रतिशत जति पानीले बनेको हुन्छ । यसले मासुलाई खुम्चन र खुल्न सहयोग गर्छ । यदि शरीरमा पानीको मात्रा कम भएमा खुटृा बाउँडिने सम्भावना बढी हुन्छ । केही जलवियोजनका कारण पनि मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुटृा बाउँडिने गर्छ ।
४. गर्भवती
गर्भवती महिलालाई पनि खुटृा पल्टने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ । गर्भवती अवस्थामा पाठेघरले नशा तथा रक्तनलीमा चाप दिन खुट्टा बाउँडिने हुन्छ । यदि, गर्भवती अवस्थामा पटक–पटक मासु बाउँडिन्छ भने चाहिँ तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
५. हाइपो थाइराइड
थाइराइड हर्मोनको कमीले अप्रत्यक्ष रूपमा खुटृा बाउँडिने समस्यामा सघाउँछ । थाइराइट हर्मोनको कमीले क्याल्सियम शोषण गर्न र प्रयोग गर्नमा असर पार्छ । क्याल्सियमको कमीले मासु कमजोर हुने, निदाउने र पल्टने हुन्छ । थाइराइड हर्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुने गर्छ तसर्थ कसरत गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुटृा बाउँडिने गर्छ ।
६. अनियन्त्रित मधुमेह (चिनीरोग)
मधुमेहले पनि खुट्टा बाउँडिन सहयोग गर्छ । मधुमेहका बिरामीमा यस्तो हुनु नशा खराब भएको लक्षण हो । यसलाई मेडिकल भाषामा ‘डाइबिटिज निउरोप्याथी’ भनिन्छ । यो अनियन्त्रित मधुमेहले ल्याउने जटिलता हो । यसमा खुट्टा झम्झमाउने, खुटृामा केहीले छोएको थाहा नपाउने र खुटृा बाउँडिरहने हुन्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गएर पनि खुटृा बाउँडिने हुन सक्छ । यदि मधुमेहका रोगीले खुटृा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
७. मध्यपानको प्रयोग
धेरै मध्यपानले हातखुटृाको नशा खराब गराउन सक्छ । यसलाई मेडिकल भाषामा अल्कोहोलिक न्युरोप्याथी भनिन्छ । खुटृा दुख्ने र बाउँडिने अल्कोहोलिक न्युरोप्याथीका प्रमुख लक्षण हुन् । धेरै मध्यपान गर्दा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गई खुटृा बाउँडेको पनि हुन सक्छ ।
८. केही औषधि
पिसाब लगाउने औषधि जसका कारण जलवियोजन हुन सक्छ र खुटृा फर्किने हुन्छ । त्यस्तै कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि, स्टेरोयड र परिवार नियोजनको लागि खाने चक्की आदिले पनि मासु बाउँडिने र फर्कने गर्छ । यदि कुनै औषधिको प्रयोग गर्ने बित्तिकै अथवा केही समयपछि मासु पल्टने समस्या देखिन्छ भने चिकित्सको सल्लाह लिनु उपयुक्त हुन्छ ।
९. बसाई नमिलेमा
हामीमध्ये धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषणलगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ ।
रोकथामका उपाय
– प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने ।
– धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने ।
– सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ । सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ ।
– लगातार लामो समयसम्म नउभिने । अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने ।
– सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने ।
– १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने ।
– खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने । यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ ।
– पल्टिएको ठाँउमा तातोले सेक्ने, तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ ।
– पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने ।
– पटक–पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने ।
पौस्टिकताले भरिपुर्ण केही वनस्पति तथा बुटीहरू
पौस्टिकताले भरिपुर्ण मोरिङ्गा (सहिजन र सितलजिनी/(Moringa Olifera)
परिचय
शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तैयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठीजस्तो भएकोले अंग्रेजीमा Drum stick भनिन्छ तथा जराको गन्ध मूलाको जस्तो भएकोले Horseradish पनि भनिन्छ ।
गुणहरु
पौष्टिक महत्वः शितल चिनीको खेती पात, फल र जराबाट पाइने विभिन्न खाद्यपदार्थ तथा औषधीको लागि पनि गरिन्छ । यसलाई संसारको धेरै पोषिलो बालीहरुमध्ये एक हो । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीनभन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एवं केरामा भन्दा पोटासियम पाईन्छ ।
खाद्य तथा पे–पदार्थमा प्रयोगः कलिलो नरम फल (कोसा) विभिन्न किसिमले विभिन्न परिकारहरु पकाइन्छ । यसको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ जुन खाना पकाउन तथा सिंगारमा प्रयोग गरिन्छ । कलिलो बीउ हरियो केराउको परिकार बनाए झैं प्रयोग गरिन्छ । पातहरु संसारको धेरै भागमा तरकारीको रुपमा प्रशस्तै प्रयोग गरिन्छ । जरा मशालाको रुपमा प्रयोग गरिन्छ । ताजा वा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ ।
स्वास्थ्यमा प्रयोगः शितल चिनी बच्चाहरुको कुपोषणको लागि सफलताका साथ प्रयोग गरिन्छ भने यसले हाम्रो शरीरको लागि प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिट्टै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एच.आइ.भी.को आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यसको प्रयोग कलेजोको रोगीसमेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ ।
यसले फोक्सोको रोग पनि निवारण गर्न सहयोग गर्छ । हालमा यसले एन्टीबायोटिक गतिविधिका रसायन उत्पादन गर्ने भएकोले औषधीहरुको लागि जैविक उत्प्रेरकको रुपमा पत्ता लागेको छ ।
अन्य प्रयोगः यसको बीउ र वा बीउको पिना पानी शुद्धिकरणमा प्रयोग गर्ने दिसातर्फ अनुसन्धान भईरहेको छ ।
यार्सागुम्बाः यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्रट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही रासायनिक तत्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
यार्सागुम्बालाई यौन शक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । खोकी, दम, क्षयरोगलगायतका रोग लागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि । वीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ । त्यस्तै, स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ ।
सबैको पहुँचमा उल्लेखित बुटीहरू नहुन सक्छ तर तपाइको दैनिक जिवनमा प्रयोग हुने खाना, तरकारीमा पोषणयुक्त खाद्यवस्तुहरू छनोट गर्न सक्नुहुन्छ । नियमित रूपमा केही तरोताजा फलफुलहरू प्रयोग गर्नु सक्नुहुन्छ । बासी, तयारी तथा जंकफुडहरुको प्रयोग कम गर्ने र नियमित व्यायाम र निरन्तर उपयुक्त तेलको प्रयोग गरी समस्याको निदान नगर्नु सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->