स्याङ्जा, १० असोज– पहिरो प्रभावित दुई घरका चार परिवारलाई रेडक्रसले अत्यावश्यक सामग्री उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले उपलब्ध गराएको सहयोग सामग्री वालिङस्थित रेडक्रस सोसाईटीहरुको पहलमा पहिरो प्रभावितहरुलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी पेखुबाघखोरका सभापति विष्णुप्रताप खाँणले जानकारी दिए ।
बिहिबार बिहान पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको वालिङ नगरपालिका १४ तमादीमा फेरि पहिरो जाँदा दुई घर पुरिएकाछन् भने मानविय क्षती नभएपनि घर पुरिएपछि समस्यामा परेका दुई घरका चार परिवारलाई प्रभावित गाउँमै पुगेर रेडक्रसले लत्ताकपडा, त्रिपाल, भाँडावर्तन, कम्मल लगायतका समाग्रीहरु हस्तान्तरण गरेको हो ।





