शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लुकाईछिपाई राखेको गाजासहित दुई जना पक्राउ

लुकाईछिपाई राखेको गाजासहित दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७७, सोमबार

स्याङ्जा, १२ असोज– प्रहरीले गाजासहित दुई जनालाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का कृष्णबहादुर गुरुङ, वडा नं. ३ का तुलबहादुर गुरुङलाई प्रहरीले अवैध रुपमा लुकाईछिपाई राखेको गाजासहित पक्राउ गरेको हो ।
प्रहरीले कृष्णबहादुर गुरुङको कोठाबाट गाजा, बम्फु, चिलिमलगायतका वस्तु फेला पारेपछि सोधपुछका क्रममा तुलबहादुर क्षेत्रीले गाजा बेच्दै आएको रहस्य खुलेको हो । तुलबहादुरको घरमा खानतलासी गर्ने क्रममा तीन किलो एक सय २४ ग्राम गाजा भेटिएको र दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका क्षेत्री र गुरुङलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->