आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ल्याब टेक्निसियनलाई कोरोना, जिपी अस्पताल शिल

ल्याब टेक्निसियनलाई कोरोना, जिपी अस्पताल शिल


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

तनहुँ, १५ असोज– तनहुँको बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत २५ बर्षीया ल्याब टेक्निसियनलाई बुधबार साँझ कोरोना पुष्टी भएको हो । उनको सोमबार स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पोखरा पठाईएको थियो ।
विहीबारदेखी अस्पताल शिल गरेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । ‘संक्रमित कर्मचारीसंग ३२ जना प्रत्यक्ष सम्पर्कमा थिए । उनीहरुलाई क्वारेन्टिनमा राखेर अस्पताल शिल भएको छ’, उनले भने । संक्रमित ती महिला कर्मचारी काठमाडौँ घर गएर फर्किएकी थिईन । ‘काठमाडौँबाट फर्कने बेला पिसीआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रैछ । यहाँ आएर ड्यिुटी गर्न थालेपछि अप्ठ्यारो भएको बताएपछि पिसीआर परिक्षण गर्न स्वाब पठाएका थियौँ । बुधबार पोजेटिभ रिपोर्ट आईदियो’, श्रेष्ठले भने । सर्वसाधरणमा जोखिम हुने भएकाले अर्को सुचना जारी नहुदाँसम्म अस्पताल शिल गरेको उनले सुनाए ।
अस्पतालमा हाल ६८ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् । क्वारेन्टिनमा रहेका ३२ जनाको शुक्रबार विहान स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी पठाउने अस्पतालले जनाएको छ । अस्पतालको स्वास्थ्य सेवा सिल भएपनि प्रशासनिक कार्य भने बन्द छैन् । यो अस्पतालमा ५० शैय्याको आईसोलेसन कक्ष पनि सञ्चालनमा छ । हाल २७ जना कोरोना संक्रमित आईसोलेसनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->