बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोकदोहोरी ईतिहासमा ‘झ्यालमा पर्दा छ’ म्युजिक भिडियो सार्वजानिक

लोकदोहोरी ईतिहासमा ‘झ्यालमा पर्दा छ’ म्युजिक भिडियो सार्वजानिक

बरिष्ठ पत्रकार ऋषि धमलादेखि बाल कलाकार आयुषा गौतमसम्म !


  • केपि कुमार जलन
  • असोज २९ २०७७, बिहिबार

बागलुङ, २९ असोज – नेपाली लोकदोहोरी क्षेत्रमा आकसिएको बढ्दो मूल्यका बाबजुत पनि नेपाली कलाकारलाई भने आर्थिक अवस्थाले रोक्न सकेको छैन । बिश्वभरी फैलिएको कोरोना भाईरसको सामना गरिरहेका लोक दोहोरी क्षेत्रका कलाकारहरू बढि चपेटामा परे पनि आफना सृजनाहरू सार्वजानिक गर्न छाडेका छैनन् । निकै तामझामकासाथ दर्जानौ कलाकारदेखि संचारकर्मीको सहभागिता रहेको लोकदोहोरी गित ‘झ्यालमा पर्दा छ’ लाई यतिखेर चारैतिरबाट हेरिएको छ ।
निकै झकिझकाउसाथ निर्माण गरिएको मौलिक गित ‘झ्यालमा पर्दा छ’ सोमबार बजारमा सार्वजानिक भएको छ । अहिलेका जल्दाबल्दा गायक खेम सेञ्चुरी र सुमन थापाको सहकार्यमा यो गितले साच्चिकै दर्शाकको मन जित्नेमा गायिका सुमन थापा मगर ढुक्का छिन । निकै मौलिक भाकामा तयार बनाईएको संगित अडियोमा माया प्रेमको अन्तर कथालाई उठान गरिएको छ । मौलिक भेषभुषासंगै लोकदोहोरी म्युजिक भिडियोमा सबै भन्दा महङ्गो भिडियोको रूपमा लिएको यस गितमा चर्चित पत्रकार ऋषि धमलादेखि बाल कलाकार आयुषा गौतमसम्मलाई देख्न सकिन्छ ।
एक दर्जान बढि कलाकारको सहभागितामा लोकदोहोरी गित प्रतिष्ठानका पुर्ब अध्यक्ष देखी चर्चित कलाकारको अनुहार पनि यसैमा देख्न सकिन्छ । गायक सर्जक खेम सेञ्चुरीको लय, नेत्र अर्यालको शब्द र आवज खेम सेञ्चुरी र सुमन थापा मगरको रहेको छ । यस भिडियोमा चर्चित अनुहार शंकर बिसी, दुर्गेश थापा ,अन्जलि अधिकारी, धुब्र हिमाली, रूबिना अधिकारी, श्याम राना, मानसिङ खड्का, अमृता लामिछाने, अर्जुन खड्का, प्रमिला तामाङ, जुनु गुरूङ लगायतका अन्य चर्चित अनुहारलाई देख्न सकिन्छ ।म्युजिक भिडियोमा निकै मेहनतका साथ प्रकाश भट्टको निर्देशन, बिष्णु शर्माको सम्पादन, नबराउ उप्रेतीको छाँयाङकनमा निर्माण भिडियोलाई खेम सेञ्चुरीको युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।
https://youtu.be/SOc62-q_9jw

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->