बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

करीनाले सैफसँग विवाह गर्न दुई पटक गरेकी थिइन् अस्वीकार

करीनाले सैफसँग विवाह गर्न दुई पटक गरेकी थिइन् अस्वीकार


  • Dhorpatan News
  • कार्तिक १ २०७७, शनिबार

बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् । तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन् । शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले फिल्म सुटिङको क्रममा प्रपोज गरेका थिए तर करीनाले सैफलाई अस्वीकार गरिदिइन् । फेरि करीना बिदा मनाउन गएको समयमा सैफले विवाहको लागि प्रस्ताव राखे । पहिलो र दोस्रो पटक करीनाले अस्वीकार गरिन् तर तेस्रोपटक पेरिसको नोटरड्याम चर्चमा गएर सैफले प्रस्ताव राखे र करीनाले स्वीकार गरिन् । एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->