काठमाडौं, ५ कार्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ । ०७२ को भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले बुधबार ताम्रपत्र अनावरण गरी उद्घाटन गरेकी हुन् । त्यसक्रममा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन् । उद्घाटनका क्रममा प्रधानमन्त्री, मन्त्री गण लगागत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
उद्घाटनका केही तस्विरहरु…












तस्विरः राजन काफ्लेको सहयोगमा





