आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तनहुँका दुई महिलाको कोरोनाले मृत्यु

तनहुँका दुई महिलाको कोरोनाले मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७७, बिहिबार

तनहुँ, ६ कात्तिक – कोरोना भाईरस संक्रमणको कारण तनहुँमा थप एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका –१ की ६८ बर्षीया महिलाको पोखरामा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । यो संगै गण्डकीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
यसअगाडी चितवनमा पनि कोरोनाकै कारण विहीबार विहान तनहुँकी एक महिलाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिलाको चितवन मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमणले ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिकाका ४, भीमाद नगरपालिकाका ३, आँबुखैरेनी गाउँपालिकाका २, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका १÷१ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->