बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दे गाउँपालिकामा फेरी अत्यावश्यक बाहेकका सेवा बन्द

म्याग्दे गाउँपालिकामा फेरी अत्यावश्यक बाहेकका सेवा बन्द


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार

तनहुँ, १७ कात्तिक– तनहुँको म्याग्दे गाउँपालिकाले फेरी ४ दिन अत्यावश्क बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । ३ दिन बन्द भएपछि गाउँपालिका र वडा कार्यलयको सेवा आईतबारदेखी सुचारु भएको थियो ।
सोमबार प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै गाउँपालिकाले मंगलबारदेखी शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय र गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालय र सेवा प्रदायक संस्थाबाट प्रवाहा हुने अत्यावश्यक बाहेकका सबै सेवा पुर्ण रुपमा बन्द गर्ने निर्णय कार्यापालिका बैठकले गरेको जनाएको छ । आगमी आईतबारदेखी बन्द भएका सबै क्षेत्र र सेवा खुल्नेछन् ।
गाउँपालिकाकामा कार्यरत कर्मचारी कोरोना पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ गर्न सेवा बन्द गरिएको अधिकारीले बताए । सोमबार गाउँपालिकामा कार्यरत २ जना कर्मचारीलाई कोरोना पोजेटिभ पुष्टी भएको छ । म्याग्देमा गाउँपालिका उपाध्यक्षसहित ४ जना कर्मचारीलाई कोरोना पुष्टी भएको स्वास्थ्य शाखाले जनाएको छ । उपाध्यक्षको त्रिवि शिक्षण हस्पिटल काठमाडौँमा उपचार भईरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->