बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हाच्छ्युँ आउनु र बाडुली लाग्नु

हाच्छ्युँ आउनु र बाडुली लाग्नु


  • कृष्ण कुमार सैजु
  • कार्तिक २१ २०७७, शुक्रबार

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा हाम्रो समाजमा थरिथरिका धारणाहरू छन् । जुन एउटा भ्रामक तथ्यहरूको वास्तवमा हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा शरीरसंगै सम्बन्धित एक प्रणाली हो, यो कुनै अप्राकृतिक या अनिस्टताको संकेत होइन ।
हाच्छ्युँ
हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो । यसलाई राम्रो र नराम्रो संकेतका रूपमा हेर्ने गरिन्छ । गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर कोहीकोही रोक्न खोज्छन् । तर यसो गर्नु गलत हो । हाच्छ्युँ रोक्दा शरीरमा नकारात्मक असर पर्छ । रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमताकै एक अंग हो हाच्छ्युँ । फोक्सोबाट हावा नाक र मुखको बाटोहुँदै तीव्र गतिमा बाहिर आउँछ ।
नाकमा बाहिरी कण घुस्दा नाकको झिल्ली चिलाउँछ वा फुल्छ । यसो हुँदा नाकले यो सन्देश मस्तिष्कसम्म लग्छ र मस्तिष्कले नै नाकको कणहरू शरीरबाहिर हटाउन मांसपेशीहरूलाई सुचित गर्छ । हाच्छ्युँको माध्यमले यस्ता हानिकारक कणलाई शरीरबाट बाहिर निकाल्छ । हाच्छ्युँ गर्दा शरीरका पेट, छाती, डायाफ्राम, गला र आँखाहरू सक्रिय हुन्छन् । यिनीहरूको संयुक्त प्रयासले अनाआवस्यक कणलाई शरीर बाहिर निकाल्छन् । हाच्छ्युँको गति सय माइल प्रतिघन्टा हुन्छ र यसका साथ करीब एक लाख कीटाणु बाहिर आउँछन् । निद्रामा हाच्छ्युँ आउँदैन किनकि सुत्दाखेरी हाच्छ्युँ गराउने नसाहरू आराम गरिरहेका हुन्छन् ।
शुभ वा अशुभको पछि लागेर हाच्छ्युँ रोक्न खोज्दा घातक परिणाम हुन्छ । यसरी रोक्न खोज्दा बाहिर निस्कनुपर्ने हावा, हानिकारक जिवाणु तथा हानिकारक कणहरू अन्य अंगतिर मोडिन्छ । सबभन्दा बढी हानि कानको जालीलाई पुग्छ । आँखा र गर्दनमा पनि नकारात्मक असर पुग्छ । लगातार यसो गर्दा हृदयघात र दिमागमा क्षतिसम्म हुनसक्छ । त्यसैले तपाईं कहिले पनि हाच्छ्युँ नरोक्नुस् । यसलाई शरीरको प्राकृतिक प्रक्रियाकै रूपमा लिनुस् । भीडभाडमा हुनुहुन्छ भने बरू हाच्छ्युँ गर्ने बेलामा नाकमुखमा रुमाल राख्नुस् । त्यसो गर्दा अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन अनि तपाईंको स्वास्थ्य पनि सुरक्षित रहन्छ ।
यदी हाच्छ्युँ आउलाजस्तो भएर आएन भने नाकभित्र रहेका हानिकारक वस्तुको कारण शरीर भारी हुने, टाउको दुख्ने तथा आँखा र नाकबाट तरल (जुन नाक तथा नाकसंग सम्बन्धित तन्तुहरूमा भएको इन्फेकसन वा अनावस्यक हानिकारक कणहरूलाई बगाउनको लागि शरीरकै अंगले निकाल्ने रस) पदार्थ बग्ने हुनसक्छ । यस्तो अवस्थामा हाच्छ्युँ गरे ठिक हुन्छ । सामान्य नरम दुबो वा उही प्रकृतीको वस्तुलाई नाकको प्वालमा छिराउने कोशिश गर्दा हाच्छ्युँ आउँछ र उक्त समस्या हराउँछ ।
बाडुली
छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ ।
हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ ।
त्यहीं डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ । बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा ‘बाडुली लागेको’ भनिन्छ ।
बाडुली सामान्यतया केही मिनेट रहन्छ र पछि आफैं ठीक पनि हुन्छ । तर कहिलेकाहीँ निक्कै बेरसम्म पनि लागिरहन सक्छ । केही गरी हामीलाई २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने त्यसो हुनुमा केही गम्भीर कारणहरु पनि हुन सक्छन् र हामीले तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ ।
बाडुली किन लाग्छ ? यसको जवाफ अझै किटान गरेर भन्न सकिन्न तर बाडुली लाग्ने स्थिती चाहिँ हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ । उक्त स्नायुले हाम्रो डायफ्रमको गति पैदा र श्वासप्रश्वासको क्रियालाई नियन्त्रण गरिरहेको हुन्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु उब्जिएको अवस्थामा पनी हामीलाई बाडुली लाग्न सक्छ ।
उसो त, प्राचिनकालमा सबै प्राणी र मानिससमेत पानीबाट विकसित भएर जमिनमा आएको र त्यसबेला फुल्काले सास फेर्नुपर्ने प्राकृतिक नियमको अवशेषको रुपमा बाडुली रहेको मान्नेहरु पनि वैज्ञानिक जगतमा छन् ।
खासगरी फ्रान्सका अनुसन्धानकर्ताहरुका अनुसार, बाडुली लाग्नुको रहस्य हाम्रो जीव विकाशक्रमको कुरासँग जोडिएको छ र यसले के संकेत गर्छ भने मानिसको प्राचिन पुर्खा पनि कुनै बेला समुद्रबाटै उत्पत्ति भएको जीवबाट विकास भएको हो । त्यसैले उनीहरुको विश्वास अनुसार बाडुली भनेको तिनै समुद्रमा बस्ने जीवको अवशेष हो । जुन बेला उनीहरु फोक्सोको माध्यमबाट नभई फुल्काको माध्यमबाट सास फेर्ने गर्थे ।
बाडुलीले हाम्रो जीवनमा कुनै कारण र महत्व राख्दैन । बाडुली लाग्दैमा शरीरलाई खासै फाइदा पनि हुँदैन र सामान्यता अप्ठेरो हुनुको अलावा अरु कुनै नोक्सान पनि गर्दैन । यही कारणले गर्दा बाडुली किन लाग्छ भन्ने कुराले वैज्ञानिकहरुलाई नै अन्यौलमा पारेको छ । यसबारे अझै अनुसन्धान सुस्तै भएपनि जारी नै छ ।
बाडुली लाग्ने समस्याबाट छुटकारा पाउने उपायहरू ः
बाडुली लाग्दा खास ठुलो समस्या नभएपनी कम गर्ने केबी तरिकाहरू निम्न लिखित छन्ः
– आफ्नो श्वासलाई लामोसम्म भित्र लिई केही सेकेण्डको लागि रोक्नुहोस् । यसले फोक्सोमा जमेको कार्बनडाइअक्साइड जब डायफ्रामबाट बाहिर निस्कन्छ तब बाडुली लाग्न बन्द हुन्छ ।
– पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्की पिउनुहोस् । यसले बाडुली लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।
– कागतीको सेवनले बाडुली लाग्ने समस्यालाई रोक्न सकिन्छ । जब तपाईलाई बाडुल्की लाग्छ तब कागतीको एक चम्मच रसमा एक चम्मच महको मिश्रण गरी सेवन गर्नुहोस् । यसको सेवनले बाडुली लाग्ने समस्या तुरुन्त निको हुन्छ ।
– सिरकाको खट्टो स्वाद बाडुली रोक्न निकै मद्दत गर्छ । जब बाडुली लाग्छ तब एक चम्मच सिरकाको सेवन गर्नुहोस् । जसले तुरुन्त बाडुली लाग्न बन्द हुन्छ ।
– दुई वा तीन कालो मरिजको दानामा थोरै मिश्री मिलाउनुहोस् । अब यसलाई चपाएर रस चुस्नुहोस् । यो उपाय बाडुली रोक्नका लागि सबैभन्दा उपयोगी उपायमध्ये एक हो ।
– एक चम्चाज चीनीको सेवन पनि बाडुली रोक्नको लागि अचूक उपाय मानिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->