बागलुङ, २२ कात्तिक– खेलकुदमा सहभागी युवाहरुलाई सामाजिक काममा समेत जागरुक बनाउने अभियानअन्र्तगत यहाँ सञ्चालित तालिम केन्द्रले बजार सरसफाई गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका मुकाम बुर्तिबाङ बजार युवाहरुको समुहले सरसफाई गरेको हो ।
ढोरपाटन नगरपालिका महिला÷पुरुष भलिबल तालिम केन्द्रको सक्रियतामा बजार सरसफाई गरिएको हो । ‘स्वास्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुदमा क्रियाकलापमा सहभागी हुने युवा युवतीहरुले स्वस्फुर्त बजार सरसफाई गरेका थिए ।
बजारमा रहेको फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको भन्दै तालिम केन्द्रले सहभागि युवा युवतीलाई स्वयंसेवामा लाग्न आग्रह गरेको थियो । ‘हाम्रो काम दक्ष खेलाडी उत्पादन गर्नु हो, युवाको भुमिका सामाजिक काममा पनि हुन्छ भन्ने सन्देश दिनु छ’ प्रशिक्षक सोम पौवीले भने ‘युवाले सरसफाई गर्दा सरोकारवालको ध्यान केन्द्रित भएको छ ।’
जिल्लाको पश्चिम क्षेत्रका ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाका युवा खेलाडीको लागि बुर्तिबाङमा केहि समय अघिदेखि भलिबल खेलको प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा युवा यवतीको उल्लेख्य सहभागिता थियो ।
सरसफाईमा सहभागी युवायुवतीले बजारका चोक, कार्यालय परिसर, मिन्दर तथा बिसौनीहरुको समेत सरसफाई गरेका थिए । केन्द्रका प्रशिक्षक राष्ट्रिय रेफ्री महेन्द्र शेरचन को संयोजत्व रहेको उक्त कार्यक्रममा बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष एवं क्याम्पका प्रशिक्षक पौवी, प्रशिक्षकहरु निलकुमार घर्ति, दिपेन्द्र छन्त्याल, सरोज घर्ती, बसन्ती बुढा मगर, प्रशिक्षणका सदस्य बाबुराम भुषाल र प्रशिक्षार्थीहरुको सहभागिता थियो ।





