बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक

‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७७, आइतबार
पोखरा, ३० कात्तिक – युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईंको युगल गायन सुन्न सकिन्छ।  गीतका शब्द चुडामणि पौडेल र टीका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन् । रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा  उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।  शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका टीका प्रसाईंको अफिसिएल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
गीतकार पौडेल लामो समयदेखि हलेशी ट्रेड लिङ्क बिर्तामोडमार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन् । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->