बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

निसन्तान दम्पतीको परिचय, समस्या र समाधानका उपायहरु

निसन्तान दम्पतीको परिचय, समस्या र समाधानका उपायहरु


  • डा. गिरधारी शर्मा
  • मंसिर ५ २०७७, शुक्रबार

हाम्रो समाजमा अझै पनि निसन्तानपन हुनुमा महिलाहरुलाई नै दोष दिने प्रचलन छ, तर यो यथार्थमा सत्य होईन । पूरुष वा महिला अथवा दुबैको कमजोरीको कारणहरुले निसन्तानपन हुन सक्छ ।

निसन्तानपन पनि एक उराठलाग्दो, दुःख, पिडा अनि उपहास गरिएको शब्द हो । दम्पती वा पारिवारिक मानसिक तनाव, दम्पतीहरु उपेक्षित र अपहेलित हुने समाजमा नपुशंकसम्म भन्न भ्याउने यो समाज जहिले पनि महिलालाई नै दोष लगाउने, जसले गर्दा महिलालाई वा दुबैलाई रोगले ग्रसित भएको प्रसस्त उदाहरण छन् । त्यसकारण यसको बारेमा जानकारी लिने र यस सम्बन्धी भएको नराम्रो सोच र सस्ंकार भएकोले यसको चित्रण गर्नु आवश्यक छ ।
परिचय
सन्तानको चाहना भएका दम्पतीहरुले सन्तानको चाहना भएर परिवार नियोजनको साधन प्रयोग नगरिकन कम्तीमा एक वर्षसम्मको यौन सम्पर्कपछि पनि सन्तान प्राप्त हुन सकेन भने उक्त दम्पतीलाई निसन्तान दम्पती भनिन्छ ।
समस्या
विश्वको तथ्यांक अनुसार निसन्तान सम्बन्धी समस्या प्रजनन क्षमता उमेर भएका (१५–४५ वर्ष) दम्पतीहरुमध्ये १० देखी १५% लाई यो समस्याले ग्रसित छन् । हाम्रो समाजमा अझै पनि निसन्तानपन हुनुमा महिलाहरुलाई नै दोष दिने प्रचलन छ, तर यो यथार्थमा सत्य होईन । पूरुष वा महिला अथवा दुबैको कमजोरीको कारणहरुले निसन्तानपन हुन सक्छ ।
पुरुषको कारणबाट नहुने ३५–४०%
महिलाको कारणले नुहने ४०%
दुबैको कारणले नहुने १०%
कारण नै थाहा नहुने १०–१५%
महिलामा हुनसक्ने कमजोरीहरुः
अण्डा बन्न नसक्नु वा अण्डाको quality वा अण्डाको गुणात्मक शक्तिमा कमी आउनु अथवा अण्डा कमजोर बन्नु
राम्रो अण्डा बन्नको लागि दिमागभित्र रहेका hypothalamus, pituitary gland नबिलम भन्ने अंगहरुले अण्डाशयलाई प्रसस्त मात्रामा oestrogen and progesterone नाम गरेको hormone अथवा रासायनिक पदार्थ अण्डा उत्पादन गर्ने ठाउँ अण्डाशयलाई उत्पादन गर्न लगाई अण्डाशयमा अण्डा बस्ने ठाउँ (follicles) को वृद्वि विकास गरी महिनावारी भएको १४ औं दिनमा अथवा (साधारणतया महिनावारीको आठौंदेखी बिसौं दिनमा) ाfollicle मा भएको अण्डा पेटमा झर्छ जसलाई हामी अण्डसेचन (ovulation) भन्दछौं र उक्त अण्डा पछि आएर डिम्ब बाहिनी नलीमा शुक्रकिटसंग मिलन भई भ्रुण बन्दछ र बनिसकेको भ्रुण तीनचार दिनपछि पाठेघरमा आएर गर्भधारण हुन्छ । यदि उक्त प्रक्रियामा अवरोध हुन गएमा वा अण्डाशयमा नै खराब हुन गएमा अण्डा बन्न पाउँदैन वा बनेको अण्डा पनि कमजोर हुन्छ र डिम्ब बाहिनी नली खराब हुन गएमा शुक्रकिट र अण्डा मिल्न पाउँदैन, त्यसकारणले पनि बच्चा हुन सक्दैन । अण्डाकोे संख्यात्मक र गुणात्मक शक्तिमा वृद्वि ल्याउनको लागि विभिन्न आधुनिक चिकित्सा पद्वती अनुसारको औषधी, जस्तैः खाने औषधीमा clomiphene citrate, letrozole, सुईबाट दिनेमा inj hMG अथवाinj.rfsh प्रयोग गरीन्छ र follicles अथवा अण्डा बस्ने ठाउँ १८ देखी २० मिलिमिटर नपुग्ने बेलासम्म दिने र उक्त आकार पुगेपछि त्यसलाई फुटाल्नको लागि B-hcg नाम गरेको औषधी सुईमार्फत दिने र दिएको ३० देखी ४० घण्टाभित्र अण्डसेचन अथवा ovulation भएको बुझिन्छ, त्यहीं बेला पारेर सहबास गर्ने सल्लाह दिने वा कृतिम गर्भाधान अथवा IUIगरिन्छ ।
Test tube baby or IVF (यो प्रविधि अत्याधुनिक र अलिकति महंगो) गर्न परेको खण्डमा महिलाको अण्डाशयमा भएको follicle को आकार सुईद्धारा दिने औषधीबाट दिई (जसको आकार १८ देखी २० मिलिमिटर हुनुपर्दछ) बढाई विशेष प्रविधिबाट अण्डा निकाली पेट्रीडिस एउटा सिसाको पल्यटमा विशेष खालको औषधीसहित शुक्रकिटसंग मिलन गराई सकेको ४८ घण्टा वा ७२ घण्टापछि विशेष प्रविधिद्धारा महिलाको पाठेघरमा राखिन्छ ।
प्राकृतिक रुपबाट अण्डाको गुणात्मक र संख्यात्मक शक्तिमा वृद्वि गर्नको लागि औषधीको प्रयोग गर्नुको साथै केही शारीरिक व्यायाम र विशेष खाना सेवनको पनि मुख्य भुमिका रहन्छ ।
महिनावारी नहुनु, भएपनि नियमित नहुने महिलाहरुको प्रमुख समस्या हो, जसले गर्दा राम्रो अण्डा नबन्ने साथै अण्डासेचन समयमा नहुने जसले गर्दा गर्भधारण हुन नपाई निसन्तानपन हुन्छ । अण्डासेचन भएको थाहा पाउनको लागि महिलाले तल लेखिए बमोजिमका लक्षणहरु थाहा पाउनु जरुरी छ । अण्डासेचन भएनभएको थाहा पाउनको लागि महिनावारी भएको १४ दिन वरिपरी कटक्क पेट काटेजस्तो हुने, शरीरको तापक्रम ०.४ देखी ०.८ डिग्री फरेण्हाइट बढेको हुन्छ, योनीमार्गबाट पातलो पानी बग्ने हुन्छ ।
धेरै मोटोपना, मानसिक रोग, मानसिक रोगमा प्रयोग हुने औषधीहरुको सेवन, लामो समयसम्म मधुमेह, थाईराइड सम्बन्धी खराबी, adrenal gland disorder साथै अण्डाशयमा हुने रोगहरु जस्तै polycystic ovary and premature ovarian failureआदी कारणबाट पनि अण्डा बन्न सक्दैन । उपयुक्त रोगहरु भएमा उपचार गर्नु पर्दछ ।
डिम्ब बाहिनी नलीमा खराबीः
लामो समयदेखी तल्लो पेट दुखी रहने, सेतो गनाउने पानी बगिरहने, डिम्बबाहिनी नलीको क्षयरोग साथै अन्य लामो समयदेखी प्रजनन् अंगहरुको संक्रमणले डिम्बबाहिनी नली खराब भई बन्द पनि हुनसक्ने छ र अण्डाशयबाट आएको डिम्ब राम्रोसंग बग्न सक्दैन र योनीमार्ग र पाठेघरहुँदै आउने शुक्रकिटको मिलन हुन पाउदैन र गर्भ रहदैन ।
नली बन्द भए नभएको थाहा पाउनको लागि एक्सरेमार्फत hysteroslphingography (HSG) जस्तो प्रविधिबाट थाहा पाउन सकिन्छ । यो महिनावारी भएको ७ देखी १० दिनभित्र गर्न सकिन्छ । यदी डिम्बबाहिनी नलीको संक्रमण भएमा वा क्षयरोग भएमा यसको निदान गरी सोही अनुसारको उपचार गर्न सकिन्छ ।
यस्तो बन्द भएको नलीको उपचारको लागि औषधीको प्रयोग, hydrosufflation वा hydrotubation अथवा प्रेसरसहितको पानी पठाउने अथवा शल्यक्रिया गरेर पनि उपचार गरी नली खुलाउन पनि सकिन्छ ।
पाठेघरको खराबीः
पाठेघरको जन्मसिद्वनै बनावटमा खराबी जस्तैः दुईवटा पाठेघर, पाठेघरको बिचमा हुने septum वा झिल्ली साथै अन्य खराबी जस्तैः पाठेघरमा मासु पलाउने (fibroid uterus),पाठेघरभित्रको खराबी जस्तैः endometrial hyperplasia पाठेघरको भित्री भाग बाक्लो हुने, endometrial polyp, endometrial infection, endometrial cancer आदी । यी माथि उल्लेखित अवस्थामा पनि भ्रुण बने पनि पाठेघरमा लामो समयशम्म रहन सक्दैन । यस्तो अवस्था थाहा पाउनको लागि ultrasound scanning अथवा भिडियो एक्सरे, hysterosalpingography अथवा डिम्बबाहिनी नलीको जाँचँ, hysteroscopy अथवा दुरबिनले पाठेघर हेर्ने साथै आवश्यक परेमा endometrial biopsy अथवा पाठेघर भित्रको मासुको जाँच पनि गर्नु पर्दछ ।
कहिलेकाहीँ पाठेघरको मुखमा संक्रमण हुने, मासु पलाउने जस्ता समस्या साथै कहिलेकाहीं पाठेघरको मुखबाट निस्कने रसायन पदार्थले शुक्रकिटलाई खराब असर गर्न सक्ने भएको अवस्थामा पनि बच्चा नरहन सक्दछ ।
पुरुषमा हुने समस्याहरुः
निसन्तानपन हुनुमा महिलाको मात्रै दोष होईन भन्ने कुरा त प्रस्टै छ जसमा अन्दाजी ४० देखी ५०% त पुरुषकै कारणले बच्चाबच्ची नभएको हुन्छ । जस्तैः पुरुष हरुमा शुक्रकिट नबन्नु, बनेको शुक्रकिट कमजोर हुनु (संख्यामा र बनावटमा) र यसको motility अथवा सक्रियतामा कमजोर हुने गर्दछ । कहिलेकाहीँ बनेको शुक्रकिट पनि खबक vas deference वा बिर्य बग्ने नलीको खराबी जस्तैः उक्त नलीको संक्रमण हुन गएमा र उक्त नलीमा चोटपटक लागेमा वा hernia, hydrocele र appendix को शल्यक्रिया वा operation गर्दा अचानक चोटपटक लागेमा विर्य बग्ने नली बन्द भई ejaculatory duct जहाँ शुक्रकिट जम्मा हुन्छ त्यहाँसम्म आउन पाउँदैन । शुक्रकिटनै नबन्ने अवस्थाहरुमा अण्डकोष अण्डाशयमा नझर्नु, हाइड्रोसिल, हर्निया, थाईराइड, मधुमेहजस्ता रोग हुनु, अण्डाकोषको रोग जस्तैः संक्रमण वा orchitis साथै बच्चा अवस्थामा हाडें वा mumps हुनु । लामो समयसम्म धरै गर्मी ठाउँमा अथवा खाडी मलुकमा काम गर्ने पुरुषहरु, विकिरण वा radiation आउने factory काम गर्ने साथै लामो समयसम्म मानसिक रोग सम्बन्धी औषधी सेवन गर्नेहरुलाई पनि शुक्रकिट बन्ने प्रक्रियामा नराम्रो असर पर्न सक्दछ ।
यी समस्याहरु पहिचान गर्नको लागि विर्यको जाँच गर्नु पर्दछ, जसलाई semen analysis भनिन्छ । यसमा एक मिलीलिटर विर्यमा कम्तीमा पनि १५ मिलियन शुक्रकिट हुनु पर्दछ जसमा ५०% active motility अवस्था सक्रिय शुक्रकीट र सामान्य बनावट वा आकार हुन पर्दछ ।
शुक्रकिटको मात्रा कम भएमा अथवा सक्रियता कम भएमा कम्तीमा पनि तिन महिनासम्म औषधीको प्रयोगबाट शुक्रकिटको संख्यात्मक र गुणत्मक शक्तिमा वृद्वि गराएर पनि गर्भ रहन सक्दछ ।
पोखरामा भित्रिएका नयाँ प्रविधि सम्बन्धी जानकारी
केही कुराहरु माथी नै उल्लेख भएता पनि यस सम्बन्धी विस्तृत जानकारी हनु जरुरी छ । यो विज्ञापन होईन जानकारी मात्रै हो । पीडित दम्पतीहरु सन्तान प्राप्तीको लागि काठमाडौं, छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकहरुमा धाईराखेको उदाहरणहरु पाईन्छ । त्यसकारण मानिसहरुले स्थानीय तहमा पनि यो सेवा छ भन्ने कुरामा विश्वास नहुन पनि सक्छ । यस्तो सेवा आफ्नो घर छेउछाउमा पनि छ भन्ने कुरा थाहा पाउन जरुरी छ ।
सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर काठमाडौं पछिको पहिलो कमसेकम गण्डकी प्रदेशका सम्पुर्ण सन्तान नभएर पीडित भएर कहिले काठमाडौं त कहिले भारत साथै अन्य मुलुकहरुमा गई मनग्यै पैसा खर्च गरेकाहरुलाई यो बरदान नै हुनेछ । मेरो अथवा हाम्रो दैनिक practice मा कम्तीमा पनि दुई अथवा तीन वटा दम्पतीहरुमा यो समस्या लिएर आउँछन् । हामीले यो व्यावहारिक समस्यालाई मध्यनजर राखी सस्तो, सुलभ र अन्तरराष्ट्रिय स्तरको यो अत्याधुनिक सेवा पोेखरामा भित्राएका छौं । यो सेवा पोखरा उपमहानगरपालिका– ५ स्थित परस्याङ्ग चोकमा साहारा ईन्टरनेशनल फर्टिलिटी सेन्टरको नाममा छ ।
प्रत्येक दिन तपसिल बमोजिमका खाना सेवन गर्नाले प्रजनन क्षमतामा वृद्वि हुन्छ
– गाढा हरीयो सागपात वा तरकारीहरु
– ताजा फलफुलको रस
– ओखर, साना र ठुला माछा दुध, जसले शरीरलाई आवश्यक पर्ने चिल्लो पदार्थको मात्रा बढाउँछ जुन प्रजनन शक्तिको लागि आवश्यक पर्दछ ।
– एउटा वा दुई वटा अण्डा
– बदाम वा पिस्ता
– ताजा फलफुल दिनको एउटा वा दुई वटा
– Butterवा coconut oil
– प्रसस्त मात्रामा पानी
हप्तामा
– मुसुरको दाल हप्तामा दुई पटक
– लोकल खसीको मासु अथवा लोकल कुखुराको मासु हप्तामा तीन पटक
– कलेजो हप्तामा एक पटक

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->