बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पापी मायाले उठाएका मोडल

पापी मायाले उठाएका मोडल


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७७, शुक्रबार

काठमाडौं – पापी मायाले धेरैलाई डुबाए पनि मोडल दृश्य सुवेदीलाई भने एकै पटक उचाइमा पुर्‍याइदियो। उतिबेलाको सर्वाधिक रोयल्टी संकलन गर्न सफल ‘डुबायो पापी मायाले’ बोलको गीतका मोडल दिव्यलाई त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन। १२ वर्षदेखि मोडलिङमा सक्रिय उनले यो अवधिमा चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो बलियो उपस्थिति जनाएका छन्। गायक प्रमोद खरेलको स्वरमा रहेको उक्त भिडियोले उनलाई मोडलिङ क्षेत्रमा स्थापित गराएको थियो। प्रसन्न पौडेल निर्देशित भिडियोमा नायिका ऋचासिंह ठकुरीले स्क्रिन सेयर गरेकी थिइन्।
शिव परियारले गाएको गीत ‘उनी राम्री’ र रजिना रिमालले गाएको गीत ‘पानीको फोका जस्तो’ लगायत तत्कालीन समयका गीत दृश्यको भागमा परे। मुद्दा हालिदिन्छु, छाती चर्किन्छ, कहिले हार जस्तो, गौरादहको बजार, बनौं सहारा, होली रे होली, सुस्त पवन, तिमीले हैन मलाई, आइफोन, ढुंगामुढा, यो झरीमा तिमी सँगै, जहाँ जाउँ, मायाको खेललगायतका गीत अहिले पनि दर्शकले रुचाएका गीतमा पर्छन्।
प्रसन्न पौडेल, जोयस पाण्डे, रुद्रबहादुर बोहोरा, उज्जन नेम्वाङ, युगल पोमो, अर्जुन अधिकारी, आदित्य बुढाथोकी, हरिबहादुर, केदार धिताललगायतका निर्देशकको रोजाइमा परेका दृश्यले नायिका ऋचासिंह ठकुरी, सिम्पल खनाल, अकेशा विष्ट, केकी अधिकारी, सुरजनी केसी, सुष्मा कार्की, सोनिका रोकायालगायत नायिकासँग अनस्क्रिन रोमान्स गरेका छन्। युवा पुस्ताबीच चर्चामा रहेका गायक दुर्गेश थापाको गीतमा पनि दृश्यले अभिनय गरेका छन्।
उनका कमर्सियल एड पनि चलेका छन्। म्युजिक भिडियोमा आउनुपूर्व र्‍याम्प मोडलिङ गरेका दृश्यले फेसन सोहरूमा आफ्नो प्रतिभा देखाए। राजधानीमा स्थायी बसोबास गर्दै आएका दृश्यले म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेबापत अवार्ड जितेका छन्। म्युजिक भिडियो अवार्ड २०१७, सगरमाथा म्युजिक अवार्ड २०१८, मलेसियामा आयोजना भएको म्युजिक भिडियो अवार्ड २०१८ र पर्यटकीय नगरी थाइल्यान्डमा आयोजना भएको सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ लगायतका अवार्डमा दृश्यले सर्वोत्कृष्ट मोडलको अवार्ड प्राप्त गरेका छन्।
उनले नेपाल आमा रत्न सम्मान २०७५, वर्षको पपुलर मोडल सम्मान २०१७,  शिखर नेपाल शिखर सम्मान २०७४, बक्स अफिस म्युजिक भिडियो सम्मान २०१८ लगायतका दर्जनौं सम्मान पाएका छन्। निरन्तरता, इमानदारी र मेहनतका साथ कर्मलाई समय दिने हो भने मोडलिङ क्षेत्रमै काम गरेर नाम र दाम दुवै कमाउन सकिन्छ भनेर लागिपरेका उनी महिनाको १० वटासम्म म्युजिक भिडियो खेल्न भ्याउँछन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->