स्याङ्जा, १४ मंसिर– १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो । शनिबार राति करिब ११ बजे थापाले युवतीसँग विवाह गर्ने प्रलोभन देखाएर करणी गरेको निवेदन प्रहरीमा दर्ता भएको थियो । उक्त निवेदनका आधारमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । थापालाई पक्राउ गरी करणीसम्बन्धी कसुर ‘जबरजस्ती करणी’मुद्दा दर्ता गरी थप अनुसन्धान बढाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
फरक क्षमताकी बालिका बलात्कृत, पोखराबाट आरोपी पक्राउ
फरक क्षमता भएकी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवा पक्राउ परेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भई हाल पोखरा–१६, लामाचौर बस्ने २९ वर्षीयप्रकाश नेपालीले सोही ठाउँकी बालिकालाई घरमा कोही नभएको मौका पारेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दीपक भनिने प्रकाशलाई पक्राउ गरी जवर्जस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।




