बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एपेन्डिसाइटिस के हो ? के एपेन्डिसाइटिसले ज्यान लिनसक्छ ?

एपेन्डिसाइटिस के हो ? के एपेन्डिसाइटिसले ज्यान लिनसक्छ ?


  • कृष्ण कुमार सैजु
  • पुष १० २०७७, शुक्रबार

पहिले पहिले एपेन्डिसाइटिस रोगबारे मानिसहरुलाई थाहा थिएन । यसलाई धामीले तिर हानेको वा बोक्सी लागेको जस्ता नानाथरीका भ्रामक प्रचार गरिन्थ्यो । जसले गर्दा कतिपय रोगीहरू अकालमै एपेन्डिसाइटिसको कारण मृत्युवरण गर्न पथ्र्याे । यो रोग लाग्दा मानिसको पेटमा अकास्मात र एकदमै धेरै दुखाइको अनुभव हुन्छ । पिडा यतिसम्म बढ्छ कि मानिस बेहोस हुदै मृत्युसम्म हुन सक्छ । तर, विज्ञानमा भएको विकास, गरन, खोज र अनुसन्घानले यो समस्यालाई सामान्य अरु रोगजस्तै निको हुने रोग बनाएको छ ।
वास्तवमा एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यसमा एपेन्डिक्स भन्ने अंग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ । एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अंग हो । यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ । सन् १८८६ मा पहिलोपल्ट एपेन्डिसाइटिसबारे तथ्य बाहिर आएको पाइन्छ ।
एपेन्डिसाइटिस हुनुको कारण के हो ?
शरीरको ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्याधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।
एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठुलो हुँदै आफ्नो आकारमा वृद्धि भएर रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ ।
यदी पेरिटोनियम पनि फुटेमा आन्द्राभित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ । यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ । अस्तो भएमा तुरुन्त शल्यक्रिया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुपर्छ । अनि विस्तारै संक्रमण निर्मुल भएपछि शल्यक्रिया गर्नुपर्छ ।
कसरी थाहा पाउने ?
१. पेटको दुखाई
२. हल्का ज्वरो
३. वान्ता आउने
४. खान मन नलाग्नु
५. कब्जियत
६. पखाला
पेटको दुखाई
पेटको दुखाई एपेन्डिक्सको प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा बेला बेलामा दुख्छ भने एपेन्डिक्स हुने भय हुन्छ । यस्तो दुखाई पेटमा रहेको एपेन्डिक्सको कारण बढी हुने गर्छ । जुन नाइटोको बीचबाट सुरु भई पेटको दाहिने तर्फको तल्लो भागसम्म पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ । एपेन्डिक्सको दुखाई खोक्दा तथा हिँड्दा अझ बढ्ने गर्छ ।
खानामा अरुची
भोक नलाग्नु वा खान मन नलाग्नु पनि एपेन्डिक्सको प्रमुख लक्षणमध्यको एक हो । कयौं अवस्थामा खान मन नलाग्नुका साथै वाकवाकी लाग्ने गर्छ । यसका साथै तपाईलाई कब्जियतको समस्या पनि हुने गर्छ । यदी तपाईमा पनि यस्ता लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकका जानु उचित हुन्छ ।
ज्वरो आउनु
एपेन्डिक्सको समस्या भएमा विरामीलाई हल्का ज्वरो आउने गर्छ । यस्तै ज्वरो सय डिग्रीदेखि १०३ डिग्रीको आसपास रहने गर्छ । जनहप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्न सक्छ । त्यसैले त्यो भन्दा अगाडी नै चिकित्सकका पुग्नु जरुरी छ । यदी तपाईलाई ज्वरोको साथमा कामज्वरो पनि आएको छ भने, त्यो एपेन्डिक्स फुटेको संकेत हुनसक्छ । त्यसैले, यदि तपाईलाई पनि एपेन्डिक्स भएको शंका लागेको छ भने तुरुन्तै चिकित्सकका जानुपर्छ ।
सामान्य पेट दुखाई र एपेन्डिक्स बीचको फरक
सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ । यदी तपाईलाई केही समयको अन्तरालमा पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुँदै गएको छ भने बुझ्नुहोस् त्यो सामान्य पेट दुखाई हो । सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुँदा पूरै पेटमा समस्या हुन्छ । जबकी एपेन्डिक्स भएमा दुखाई निश्चित हुन्छ । त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ । त्यसबाहेक यदी तपाईलाई १२ घण्टाभन्दा बढी वान्ता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ । जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसितको सल्लाह लिनुपर्छ ।
एपेन्डिसाइटिसका प्रकारः
१. एक्युट एपेन्डिसाइटिस
यस्तो एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनिहुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ । एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । जब एपेन्डिक्समा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुन्छ, यसको दुखाइ पनि त्यहीं गतिमा बढेर जान्छ । यस्तो एपेन्डिसाइटिस मृत्युको कारणसमेत बन्न सक्छ ।
२. क्रोनिक एपेन्डिसाइटिस
यसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।
एपेन्डिसाइटिसको लक्षण कस्तो हुन्छ ?
एपेन्डिसाइटिस देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम विस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ । त्यस्तै प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ । यो एकदमै जोखिम पुर्ण मानिन्छ । यद्यपि, एपेन्डिसाइटिसका लक्षणहरु यस प्रकारका हुन्छन् ।
१. नाइटो वरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् । विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्थापत्ता लगाइन्छ ।
उपचार नगरी उपाय छैन
शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरि फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ ।
पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउण्ड)बाट कोल नकिजाअनुसार पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिब १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ ।
यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग पुर्न रूपमा निर्मुल नभएसम्म पीडा कम हुने औषधि सेवन गर्नु हुँदैन । एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानुपर्छ । एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ ।
छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ । त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ । त्यस्तो बेला निको हुन समय लाग्ने भएकाले फुट्ने खतरा हुन्छ । एपेन्डिक्स फुटेमा उपचारमा झन्जटिलता थपिन्छ र थप संक्रमण हुने खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->