शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कुप्रचारले ओलीलाई बिगार्दैन : मुख्यमन्त्री गुरुङ

कुप्रचारले ओलीलाई बिगार्दैन : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

स्याङ्जा, १५ पुस–स्याङ्जामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला स्थरीय भेला तथा प्रशिक्षण कार्यक्रम सदरमुकाममा रहेको सिटिहलमा सम्पन्न गरेको छ । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको अहिलेको अवस्थाले सिंगो नेकपा चिन्तित भएको बताए । मुख्यमन्त्री गुरुङले पक्ष विपक्षमा भैरहेको कुप्रचारले ओलीलाई केही असर नगर्ने बताउँदै कुप्रचार गर्ने नेताहरुलाई नै असर गर्ने बताए । गण्डकी प्रदेशका नेकपा इन्चार्जसमेत रहेका गुरुङले नेकपालाई यहाँ सम्म ल्याउन धेरै नेताहरुको योगदान रहेको बताउदै पार्टीमा प्रचण्ड माधव र झलनाथको पनि योगदान रहेको बताए । नेकपाका नेताहरुले व्यक्तीमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । त्यस्तै उता नेकपा प्रचण्ड– माधव नेपाल समुह पक्षधरले मंगलबार स्याङजामा विरोध प्रर्दशन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->