बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नौ महिनापछि खुल्यो मिडटाउन सिनेमा

नौ महिनापछि खुल्यो मिडटाउन सिनेमा


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

पोखरा, १५ पुस– पोखराको मिडटाउन सिनेमा खुलेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मिडटाउन खुलेको जानकारी गराइएको हो । कोरोना कहर सुरु भएसँगै मिडटाउनलगायतका हलहरु बन्द थिए । चलचित्र पत्रकार संघको ब्यानरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिडटाउनका प्रबन्ध निर्देशक निकेश द्वाले सुरक्षा प्रबन्धसहित हल खुलेको जानकारी गराए । उनका अनुसार हलमा तत्काल पुराना सिनेमा चल्नेछन् । सरकारले फिल्म हल बन्द गर्ने आधार स्पष्ट नपारेपछि आफूहरुले अनुमति बेगर नै हल संचालन गर्न बाध्य भएको जनाए । उनका अनुसार अहिले मिडटाउनमा भौतिक दुरी कायम राख्दै एउटा सिट खाली राखेर ग्यापमा हल संचालन गरिएको छ । रकम तिर्दा समेत अनलाइनका माध्यम व्यवस्थापन गरिएको र पैसा लिदादिँदा समेत सेनिटाइजरको व्यवस्थापन गरिएको द्वाले बताए । हल संचालन गरेको तीन महिना नाफा कमाउने भन्दा पनि फिल्म चलाउने वातावरण बनाउने उनले बताए । ५० प्रतिशत अकुपेन्सीमा आफूहरुले हल संचालन गरेको उनको भनाई थियो । नयाँ फिल्म केही समय नचल्ने द्वाले नयाँ फिल्म रिलिज हुन केही समय लाग्ने बताएका छन् । उनले महामारीका कारण पर्ख र हेरको अवस्थामा पुगेको बताए । अहिले निर्माता निर्देशक नै फिल्म रिलिज गर्न डराइरहेको भनाई उनको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->