बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा ल्होसार रौनक (फोटो फिचर)

पोखरामा ल्होसार रौनक (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार


पोखरा,१५ पुष–तमुहरु (गुरुङ) को महान पर्वको रुपमा रहेको तमु ल्होसार पोखरामा हर्षोल्लासका साथ मनाइनएको छ । कोरोना भाइरसको कारण विगतका वर्षहरुझैँ विभिन्न मनोरञ्जनात्मक कार्यक्रम नगरिएपनि आफ्नो संस्कृति अनुसार भने मनाइएको छ । आफ्नो भेषभुषा सहित गुरुङहरुले ल्होसार पर्व मनाएका हुन ।
मुर्सा वर्गको विदाई गर्दै गाई वर्गको स्वगत सहित ल्होसार पर्व मनाउने गरिन्छ । प्राचिन समयमा गाउँघरमा जमघट भई पुरुषहरु वनमा गई वनतरुल लिएर आउने र महिलाहरुले सेलरोटी पकाएर खाने प्रचलन रहेपनि सहरमा भने एकै स्थानमा भेला भई सामुहिक रुपमा मनाउँदै आइरहेको जानकारी दिए । ल्होसारलाई ग्रहदशा फाल्ने मान्यताका आधारमा समेत लिने भएकाले लामाबाट पुजा गरी ग्रहदशा समेत फाल्न भक्तजन गुम्वा आउने गरेको बताए ।

तस्वीर : विजय नेपाली /ढोरपाटन

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->