बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मानिस किन रोगी हुन्छ ? कसरी बढाउने रोग प्रतिरोधक क्षमता ?

मानिस किन रोगी हुन्छ ? कसरी बढाउने रोग प्रतिरोधक क्षमता ?


  • कृष्ण कुमार सैजु
  • पुष १७ २०७७, शुक्रबार

मानिस किन रोगी हुन्छ ? हामी किन कमजोर हुन्छौं ? हामी किन शिथिल हुन्छौ ? हामी किन जिर्ण हुन्छौ ? यसको एउटै जवाफ हो, शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु ।
मानव शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले कुनैपनि रोगसँग लड्छ र त्यसबाट शरीरलाई बचाएर राख्छ । अर्थात् यो यस्तो प्रणाली हो, जसले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । शरीरमा कुनै बाह्य रोगको संक्रमण होस् वा भित्री अंगहरुको खराबी, यी सबैमा रोगसँग लडेर शरीरलाई स्वस्थ्य बनाउने प्रणाली हुन्छ । यही प्रणाली, जसलाई रोग प्रतिरोधात्मक क्षमता भन्छौ ।
औषधी खाएर वा उपचार गरेर मात्र सबै रोगबाट छुटकारा पाइदैन । यी कृतिम विधि हुन् । प्राकृतिक विधिबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । तर, कसरी ?
१. सक्रिय जीवनशैली यसको पहिलो सर्त हो । तपाईंको दैनिकी जति सक्रिय छ उत्तिनै शरीर निरोगी हुन्छ । बिहान उठेदेखि केही न केही यस्तो गतिविधी गरिरहनुहोस्, जसले शरीरलाई चलाएमान बनाइरहोस् । एकै ठाउँ लामो समय बस्ने वा आरामसाथ जीवन बिताउनेहरुको शरीर कमजोर हुन्छ ।
अझ राम्रो तरिका त के भने बिहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी क्रियाले शरीर लचिलो, फुर्तिलो, बलियो हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । श्वासप्रश्वास प्रक्रिया राम्ररी हुन्छ । मांशपेशी लचकदार हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । मन शान्त हुन्छ ।
२. खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । यस्तो खानपान गरौं, जो शरीरका लागि होस् । अर्थात् जिब्रोको लागि होइन । शरीरलाई विभिन्न किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ । त्यस्ता पौष्टिक तत्व खानाको माध्यामबाट प्राप्त हुन्छ ।
शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो, सुपाच्य खानेकुरा खानुपर्छ । दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गरौं । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौ ।
३. शरीरलाई तरल पदार्थको आवश्यक हुन्छ । जति ठोस पदार्थ सेवन गर्छौं, त्यो भन्दा तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ । तरल पदार्थमा सादा पानी उत्तम हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक हुन्छ ।
४. हाम्रो घर–बगैंचामा, भान्सामा केही यस्ता खानेकुरा हुन्छन्, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । जस्तैः
तुलसीः तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन एकदम सहयोग गर्छ । हरेक दिन बिहान ३/४ वटा तुलसीको पात सेवन गर्नुपर्छ, धेरै राम्रो फाइदा मिल्छ ।
५. शारीरिक सक्रियता, उपयुक्त खानपानले मात्र पनि पुग्दैन । शारीरिक सफाई पनि उत्तिकै आवश्यक हुन्छ । संभव भएसम्म हरेकविहान उठेर चिसो पानीले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यसका साथसाथै मनलाई शान्त र आनन्दित तुल्याउनुपर्छ । मनको शान्तिका लागि प्राणायाम, ध्यान जस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
६. तपाईंको मुडले पनि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । तपाईं जति धैरै प्रशन्न, जति धेरै उमंगित, जति धेरै सकारात्मक हुनुहुन्छ, शरीर उत्तिनै राम्रो हुन्छ । उदास, निरास, गंभीर व्यक्तिहरु रोगको चपेटामा पर्छन् । त्यसैले जति धेरै मिजासिलो, जति धेरै खुसी, उत्तिनै रोग प्रतिरोधात्मक क्षमतापनि बढ्छ ।
के प्रयोग गर्ने ?
१. नरिवलको तेल
घरमा खाना बनाउने समयमा अन्य रिफाइण्ड तेलभन्दा पनि नरिवलको तेलको प्रयोग गर्न राम्रो हुन्छ । यसमा लान्रिक एसिड रक्याप्रिलिक एसिड पाइन्छ । जसले हाम्रो इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।
२. भिटामिन सी
एण्टीअक्सिडेन्टले भरिपूर्ण भिटामिन सीले पनि इम्युन सिस्टमलाई बलियो बनाएर बिभिन्न हानिकारक तथा खतर्नाक भाइरसबाट बचाउँछ । त्यसैले आफ्नो दैनिक खानेकुरामा अमला, सिमलामिर्च, सुन्तला, अम्बा, मेवा, किवी, भुटुकजस्ता फलफूल समाबेस गर्नुपर्छ । जस्ले SARS CoV-2 (2019- n Cov) कोरोना भाइरस तथा अन्या भाईरसहरूसँग लड्न मद्दत गर्छ ।
३. अमिलो फलफूल
अंगुर, काफल, किम्बु, ऐँसेलु, स्टबेरी, डार्क चकलेटलगायतका खानेकुराले पनि भाइरसबाट बचाउँछन् । यी फलफूलले परावैजनी किरणर फङ्गल इन्फेक्सन मात्र होइन, विभिन्न प्रकारका भाइरसबाट हाम्रो शरीरलाई सुरक्षा दिन्छन् ।
४. स्टार सौफ
स्टार सौँफलाई पनि एन्टीभाइरल खानेकुरामा लिने गरिन्छ । तर नेपालजस्ता देशमा यो सजिलै फाउन मुस्किल पर्छ । यसमा सिकिमकएसिड पाइन्छ । जसले भाइरल इन्फुएलन्जालगायतका भाइरसलाईसमेत नियन्त्रण गर्छ ।
५. अदुवा
अदुवा पनि एन्टीभाइरल खानेकुरा हो । यसलाई नेपालमा सजिलै पाउन सकिन्छ । त्यसैले खानेकुरा र पिउने कुरामा यसको प्रयोग गर्नुस् । दिनमा तीन चार पटक अदुवाको सेवनले इम्युन सिस्टम बलियो हुन्छ ।
६. तुलसी
गाउँघरमा सजिलै पाउने तुलसीको प्रयोग पनि एन्टीभाइरलको रुपमा गरिन्छ । यसमा म्युनिटी पावर बढाउने तत्व धेरै हुन्छ । त्यसैले बिहान एक चच्चा तुलसीको धुलो लिँदा इम्युनिटी सिस्टम राम्रो हुन्छ । त्यसैले यसलाई रोगप्रतिरोधात्मक बुटीका रुपमा पनि लिने गरिन्छ ।
७. लसुन
लसुनलाई पनि एन्टीभाइरल खानेकुरा मानिन्छ । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व भरपूर मात्रामा पाइन्छ । दैनिक एक चम्चा लसुनको पेष्ट सेवनले रोगबाट बचाउन सहयोग गर्छ ।
८. कागती
कागतीमा पनि भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यसमा पाइने एन्टीअक्सिडेन्टले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्छ ।
९. ग्रिन टी
ग्रिन टीमा पनि प्रचुर मात्रामा एन्टीअक्सिटेन्ट तत्व पाइन्छ । यसको सेवनले एन्टीभाइरलको जोखिम कम गर्छ । त्यसैले खाना आसपासको समयमा ग्रीन–टीको प्रयोग गर्नुपर्छ । ग्रिन टी खाली पेटमा भने खानु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->