नसर्ने रोगहरु
२१औँ शताब्दीमा २०औँ र २१औँ शताब्दी कै हावाबाट तीव्र फैलिने एक अत्यन्तै दुष्कार कोरोना महामारी Covid-19 (सरूवा रोग) को भुमरीमा आज विश्व घार हराएको मौरीझैँ धुन्मुन्निरहेको अवस्थामा म यहाँ केही नसर्ने रोगहरूको बारेमा जानकारी दिइरहेको छु । जुन तपाईँले बुझ्न र थाहा पाउन अत्यन्तै आवश्यक र अनिवार्य छ ।
विश्वमा झन पछि झन जटिल स्वास्थ्य समस्याहरूले सम्पूर्ण मानव जातिनै प्रभावित बन्दै गइरहेका छन् । यसका दुई कारण हुन सक्छन्, क. मेडिकल साइन्समा भएको विकास, जसका कारण रोगको पहिचान गर्न सहज भएको छ । ख. मानिसको जीवनशैली, जुन दिनप्रतिदिन अस्वस्थकर बन्दै गइरहेको छ । मेडिकल विज्ञान विश्वास गर्छ कि, समान्य स्वास्थ्य समस्याको सैद्धान्तिक कारण अस्वस्थकर खानपान, व्यायामको कमी, वातावरणीय ह्रास, अत्यधिक तनाव र वंशानुगतगुन हुन । जव कि विगतका दिनहरूमा सरुवारोग मुख्य समस्या थियोभने अहिले नसर्ने रोगको महामारीको रूपमा फैलिरहेको छ ।
अहिले विश्वमा सामान्य बन्दै गएका र मानिसलाई चुनौती बन्दै गएका प्रमुख स्वास्थ्य समस्या निम्नअनुसार छन् ।
१. मुटुरोग
मुटुसम्बन्धी रोगहरू जस्तै, हृदयाघात, एन्जिना, हार्टफेलर, सबैभन्दा बढी मृत्यु गराउने रोगमा पर्छन् । अमेरिकामा सबै प्रकारकाक्यान्सरका कारण मर्नेको भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी भएको तथ्यांक छ । धूमपान, फ्याटयुक्त खाद्यान्न, व्यायामकोकमी, विलासी जीवनशैली यसका मुख्य कारण हुन् । त्यस्तै, मधुमेह तथा संक्रमणका कारण पनि मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।धूमपान र मध्यपान नगर्ने, नुन कम खाने, नियमित व्यायाम गर्ने, कम बोसोयुक्त खाना खाने र नियमित स्वास्थ्यपरीक्षण मुटुरोगबाट बच्नेप्रमुख उपायहरू हुन् ।
२. क्यान्सर
क्यान्सर अहिले सम्मकै सर्वाधिक चासो तथा चुनौतीको विषय बनेको छ । वातावरणीय क्षति, खाद्यान्नमा बढ्दो केमिकल र रेडिएसनकोप्रभाव, विकासको नाममा बढ्दो औद्योगीकरण र यसले निम्त्याएको वातावरणीय क्षति क्यान्सरका प्रमुख कारण हुन् ।
क्यान्सरको कुनै एउटा विशेष कारण नहुने भए पनि धेरै रिस्क फ्याक्टर विभिन्नखाले क्यान्सर गराउनमा जिम्मेवार हुन्छन् । सुर्तीजन्यपदार्थ, धूमपान, मध्यपान, मोटोपन, अत्यधिक सूर्यको किरणमा बस्नु र विकिरण क्यान्सरका प्रमुख कारक हुन् भने वंशानुगत कारणलेपनि परिवार तथा आफन्तमा क्यान्सर बढाउने भूमिका खेल्छ । अन्य धेरैखालका संक्रमण, जस्तै, हेपाटाइटिस बी भाइरस, ह्युमनप्यापिलोमा भाइरस पनि क्यान्सरका वाहक हुन् । प्रोस्टेड र ब्रेस्ट क्यान्सर क्रमशः पुरुष र महिलाका प्रमुख समस्या हुन् ।विभिन्नखाले क्यान्सरविरोधी औषधि, केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट क्यान्सरको उपचार गरिन्छ । तथापि, क्यान्सरको पूर्ण उपचार भने अझै पनि असम्भव प्रायः छ । त्यसैले सुरुवाती चरणमै रोग को उच्चित पहिचान गर्नु नै महत्वपूर्ण कुरा हो ।नियमित स्वास्थ्यपरीक्षण, जीवनशैली परिवर्तन, नियमित व्यायाम, स्वस्थ खानपान, धूमपान तथा मद्यपानबाट मुक्ति नै क्यान्सरबाटजोगिने मुख्य उपायहरू हुन् ।
३. मधुमेह
असामान्य रूपमा रगतमा ग्लुकोजको मात्रा बढ्नु नै मधुमेह हो । फास्टिङमा रगतमा सुगरको मात्रा ११० एमजीभन्दा माथि र खाएकोसमयमा २०० एमजीभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । मधुमेहले धेरैखाले क्रोनिक स्वास्थ्यसमस्या निम्त्याउँछ । यसले शरीरकासबैजसो अंगमा असर पुर्याउँछ, जस्तै, मस्तिष्क (स्ट्रोक, कग्निटिभ इम्पेयरमेन्ट, पक्षघात), आँखा (¥याटिनोप्याथी, ग्लुकोमा), छालाकोसंक्रमण बढाउँछ । भनिन्छ, यो मानिसलाई सबैभन्दा कमजोर बनाउने शक्तिशाली रोग हो ।
जीवनशैली परिवर्तन, नियमित व्यायाम, फाइबरयुक्त खाद्यान्न, नट्स, फलफूल तथा तरकारी र साधारण तौल मेन्टेन गर्नु नै मधुमेहबाटबच्ने उत्तम विकल्प हो ।
४. अल्जाइमर
अल्जाइमरले मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्छ । यो पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । पुरुषमा भने अर्कोमस्तिष्करोग पार्किन्सन्स बढी छ । अल्जाइमरको मुख्य कारण अज्ञात नै छ, तर बुढ्यौली र पारिवारिक कारण यसका मुख्य कारण हुन्छ भने मोटोपन, उच्च रक्तचाप, डाउनसिन्ड्रोम पनि यसका कमन रिस्क फ्याक्टर हुन् । लक्षणका आधारमा मात्र यसको उपचार गरिन्छ ।नियमित शारीरिक व्यायाम र उपयुक्त योगाभ्यासले रोग बढ्न कम गर्छ र कार्डियोरेस्पिरेटोरी फिटनेसले पनि रोगको विकास कम गर्नसघाउँछ ।
५. मिर्गौलारोग
किड्नी फेलर पनि एक मुख्य स्वास्थ्य सरोकारको विषय बन्दै गएको छ । रगतलाई फिल्टर गर्ने क्षमताका आधारमा किड्नीको अवस्थाजाँचिन्छ । किड्नीमा पूर्वक्षति, जस्तै, डिहाइड्रेसन, रगतको क्षतिका कारण किड्नीमा झड्का लाग्छ, इन्फेक्सन हुन्छ, पिसाबको प्रवाहमाबाधा पुग्छ र अन्ततः एक्युट किड्नी इन्जुरी हुन पुगी किड्नी फेल हुन्छ ।
किड्नीले ३ महिनाभन्दा बढी काम गर्न छाड्यो भने त्यसलाई क्रोनिक किड्नीरोग भनिन्छ । पिसाबको मात्रा घट्ने, रिँगटा लाग्ने, भोकनलाग्ने र मांसपेशी बाउँडिने किड्नीरोगका प्रमुख लक्षणहरू हुन् ।कम मात्रामा प्रोटिनयुक्त खाना खाने, नुन कम खाने, प्रशस्त झोलिलो खाना खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान त्याग्ने गर्नालेकिड्नीरोगबाट बच्न सकिन्छ ।
मधुमेह तथा उच्च रक्तचापका कारण पनि किड्नीफेल हुने सम्भावना बढी भएकाले चिकित्सकहरू त्यसको निराकरणमा बढी जोडदिन्छन् ।
६. स्ट्रोक
स्ट्रोक यस्तो अवस्था हो, जतिवेला मस्तिष्कमा रक्तप्रवाह रोकिन्छ र मस्तिष्कका सेलको डेथ हुन्छ । यस्तो अवस्थामा आर्टरी थुनिएरहृदयरोग र हेमरेज पनि हुन सक्छ । मोटोपन, शारीरिक निष्क्रयता, उच्च रक्तचाप, मधुमेह तथा वंशानुगत गुनका कारण स्ट्रोक हुन्छ ।यसले विभिन्नखालका जटिलता, जस्तै, प्यारालाइसिस, चेतनाप्रणालीमा क्षति, इमोसनल समस्या र असाधारण व्यवहारजस्ता समस्यानिम्त्याउन सक्छ । कुनै पनि ब्रेनसम्बन्धि रोगको उपचार जटिल छ । त्यसैले स्ट्रोकबाट बच्ने उपायबारे सचेत हुनु नै मुख्य विकल्प हो ।
स्ट्रोक भएको थाहा पाएपछि के गर्ने ?
स्ट्रोक भइसकेपछि जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ। स्ट्रोक भएको ४ घन्टाभित्र अस्पताल लगियो भने बिरामीलाई छिटो निकोबनाउन सकिन्छ। ४ घन्टाभित्र आएका ९० प्रतिशत बिरामीले उपचारपछि आफ्नो काम आफैं गर्न सक्ने हुन्छन् ।थ्रोम्बोलाइसिस भन्नेऔषधि समयमै दिइएको खण्डमा बिरामीले आफ्नो काम आफैं गर्न सक्ने हुन्छन् ।
७. इन्फ्लुएन्जा
एक स्वस्थ मानिस इन्फ्लुएन्जासित आफैँ लड्न सक्छ भने रोगप्रतिरोधी क्षमता कम भएका मानिस जस्तै, बालक, वृद्ध, गर्भवती महिला, मधुमेहका बिरामी, उच्च रक्तचापका बिरामी इन्फ्लुएन्जा र निमोनियाको उच्च जोखिममा हुन्छन् ।
स्वाइनफ्लु (एच१एन१) भाइरसका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेपछि ११ जुन २००९ मा विश्व स्वास्थ्य संगठनले ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । २००९–०१० मा र त्यसपछिका वर्षहरूमा यो नियमित समस्या बन्दै आएको छ । यसको संक्रमण भएमाभ्याक्सिनेसनलगायत हात धुने, नाक तथा मुखमा अनावश्यक हात नलाने, मास्क लगाउने, संक्रमितको सम्पर्कबाट बच्ने, संक्रमणको समयमा भीडभाडमा नजाने गर्नुपर्छ ।
८. एड्स
विज्ञानले मानिसको पुर्खा मानिने चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रूपमा परिचित छ । करिब ३७ मिलियनमानिस एड्सबाट प्रभावित छन्, जब कि, आधाजसो (१७ मिलियन) मानिसलाई मात्र आफूलाई यो रोग लागेको थाहा छ ।अफ्रिकाको सब–साहारन यो रोगबाट सबैभन्दा प्रभावित क्षेत्र हो, जहाँ २५.८ मिलियन मानिस एड्स भाइरसबाट प्रभावित भएको मानिन्छ। जसमा उल्लेख्य संख्यामा बालबालिका (आमाबाबुबाट सर्ने, गर्भवती अवस्थामा, स्तनपानका कारण) प्रभावित छन् । शरीरकाफ्लुडबाट सर्ने, जस्तै, सेमेन, आमाको दूध, भेजाइनल फ्लुड, रेक्टल फ्लुडको संसर्गबाट जोगिन सकेमा यो रोगबाट बच्न सकिन्छ ।त्यसैले सुरक्षित रक्तदान, सुरक्षित यौनसम्पर्क र सकेसम्म कम यौनसाथी बनाउने र यौनजन्य रोगको परीक्षण गर्नु यसबाट जोगिने मुख्यउपायहरू हुन् ।
९. उच्च रक्तचाप
मुटुको नियमित खुम्चिने र फैलिने क्रियाबाट शुद्ध रगत शरीरभरि पुग्दछ । रगतको वहावबाट रक्तनलीको भित्तामा पर्ने दबाब नै रक्तचापहो । मुटु खुम्चिने अवधिको दबाबलाई सिस्टोलिक र मुटु फैलिने अवस्थाको दबाबलाई डायस्टोलिक प्रेसर भनिन्छ । बोलिचालीकोभाषामा सिस्टोलिक प्रेसरलाई माथिको र डायस्टोलिक प्रेसरलाई तलको प्रेसर भन्ने गरिएको पाइन्छ । सामान्यतः सिस्टोलिक प्रेसर १००देखि १४० एमएम एचजी र डायस्टोलिक प्रेसर ६० देखि ९० एमएम एचजीसम्म हुन्छ । सिस्टोलिक प्रेसर १४० र डायस्टोलिक प्रेसर ९०एमएम एचजीभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ ।
उच्च रक्तचाप प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी हाइपरटेन्सनको निश्चित कारण थाहा छैन अथवा विभिन्न मिश्रितकारणहरूबाट रक्तचाप बढ्छ । ९० देखि ९५ प्रतिशत उच्च रक्तचापमा प्राइमरी हाइपरटेन्सन पाइन्छ । ५ देखि १० प्रतिशत उच्चरक्तचाप मुटुरोग, मिर्गौलारोग, हर्मोनल समस्या, औषधिको नकारात्मक प्रभाव आदिका कारण हुन्छ, जसलाई सेकेन्डरी हाइपरटेसनभनिन्छ
व्यस्त र तनावपूर्ण दैनिकीले उच्च रक्तचापको समस्या बढ्दै गएको छ। उच्च रक्तचापको समस्या बढेपछि जीवनभर औषधि खानुपर्छभन्ने मानसिकता छ। तर, आफ्नो आनीबानी र दैनिकीमा केही परिवर्तन गर्ने हो भने चिकित्सकको निगरानमीमा उच्च रक्तचापको औषधि छोड्न सकिन्छ।
उच्च रक्तचापका सामान्य लक्षण भनेका टाउको दुख्ने, रिगंटा लाग्ने, कानमा टुङ–टुङ वा अन्य कुनै खालका आवाजहरु आउने, आँखातिरीमिरी हुने जस्ता हुन्। कसैकसैलाई वाकवाक लाग्ने पनि हुनसक्छ। तर, उच्च रक्तचापको लक्षण सबैलाई देखिन्छ भन्ने हुँदैन।कसैकसैलाई माथिको रक्तचाप १८० र तलको १२० पुग्दा पनि कुनै लक्षण देखिएको हुँदैन। कसैले उच्च रक्तचाप भएको महिनौं र वावर्षौंसम्म पनि थाहा नपाउन सक्छन् ।
कसैगरी जँचाउन जाँदा मात्रै थाहा पाउनेहरु अधिकांश हुन्छन्। त्यही भएर कहिलेकाँही उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ, जसले थाहै नदिइ मानिसको ज्यान लिन सक्छ।उच्च रक्तचापमा कहिलेकाँही मस्तिष्कको नसा फुट्ने, प्यारलाइसिस हुने, दाँयाबाँया हर नचल्ने हुन्छ । कतिको त मृगौला नै खराबभइसकेको हुन्छ ।यस्तो समस्या भएर अस्पताल गएपछि मात्र रक्तचाप बढेको भन्ने थाहा पाउने उदाहरण पनि प्रशस्तै छन् ।
अंगभंग भइसकेपछि मात्रै उच्च रक्तचापको समस्या थाहा पाउनुभन्दा बेलैमा ध्यान दिन जरुरी हुन्छ। केही लक्षण नदेखिएको भएपनिसामान्यतया ३० वर्ष कटेपछि नियमित रक्तचाप जाँच्नुपर्छ । रक्तचाप कुनै पनि बेला बढ्न सक्छ, यसको कुनै नियम छैन। त्यसैलेकम्तीमा दुई–तीन महिनामा जचाउने गरेमा बेलैमा पत्ता लाग्ने र उपचार गर्न सकिन्छ।
उच्च रक्तचापबाट जोगिन के गर्ने ?
उच्च रक्तचाप हुन नदिने सबैभन्दा महत्वपूर्ण घरेलु उपाय भनेको नुन कम प्रयोग गर्नु हो । साविकभन्दा नुन कम खाने हो भने उच्चरक्तचापको समस्या नहुन सक्छ। खानपीन र व्यायाममा ध्यान दिने काम उमेरमा नै सुरु गर्न पर्छ । ५० वर्षको उमेरमा खानपीनमा ध्यानदिउँला, व्यायाम गरौंला भनेर हुँदैन। अगाडि जे जस्तो भए पनि कम्तिमा ३० वर्षको उमेरदेखि नै यसमा ध्यान दिनुपर्छ ।
मोटोपन बढ्न नदिने, नुन कम खाने, धुमपान–मद्यपान नगर्ने र कोलस्ट्रोल बढ्न नदिने हो भने उच्च रक्तचापको सम्भावना धेरै हदसम्म कमगर्न सकिन्छ । यीबाहेक अरूपनि घेरै व्यवहारीक उपायहरू छन् जस्ला तपाइको दैनिक जिवन मा लागु गरे अवश्य पनि उच्च रक्तचापकोनकारात्मक र एक्कासी आईपर्ने समस्या बाट बच्न सक्नुहुनेछ ।
अन्तमा हामी रोगी हुनुमा हाम्रो आफ्नै दैनिकी र कार्यशैली को महत्वपुर्ण भुमिका रहन्छ । त्यसैले आजैबाट सकारात्मक सोंचको बकासगरौं, स्वच्छ र सुपाच्य भोजन मात्र सेवन गरौं, दैनिक भोजनमा साग सब्जी, दाल गेडागुदी र फलफुल नछुटाउँ, स्वस्थ जीवन यापन गरौं र भविष्यमा अथाहा रोगको डम्पिङ साइड हुनबाट बचौँ ।




