स्याङ्जा, २६ पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवं कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा संकटको मुख्य कारण पद लोलुपता भएको बताएकी छन् । पार्टीमा विधिका कुरा गर्नेहरु नै पार्टी एकता हुँदाको सहमतीय संस्कारलाई तोडेर छिटो पद चहिने हतारोले नेपालको कम्युनिष्ट आनदोलनलाई नै धोका भएको उनको भनाई छ । मन्त्री अर्यालले पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लगाएको कपोलकल्पित आरोप पत्र नै पार्टी विभाजनको विजारोपण भएको बताइन । स्याङ्जाको वालिङमा शनिबार नेकपा वालिङ नगर कमिटीद्वारा आयोजित कार्यक्रता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन ।
यसैबीच मन्त्री अर्याललाई नेपाली कांग्रेसका कार्यकर्ताले वालिङमा कालो झण्डा देखाएर विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाविघटन गरेर असंबैधानीक कार्य गरेको भन्दै कांग्रेस कार्यकर्ताले मन्त्री अर्याललाई कालो झण्डा देखाएर गृह जिल्लामा विरोध गरेका हुन ।





