शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलामा प्रचण्ड-नेपाल समुहको प्रशिक्षण

आँधीखोलामा प्रचण्ड-नेपाल समुहको प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

स्याङ्जा, ४ माघ नेकपा प्रचण्ड–नेपाल समुहले जिल्लाको आँधीखोला गाउँपालिकामा भेला एवं प्रशिक्षण गरेको छ । कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद डा. विजय पौडेलले सम्बोधन गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै घरमा आगो लगाएको बताए । केन्द्रीय सदस्य डा. पौडेलले संविधानको भावना र मान्यतालाई समेत ख्याल नगरी प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको सिफारिस गर्नु असंवैधानिक कदम चालेकोले अहिले मुलुक संकटमा परेको जिकिर गरे ।
सरकारलाई काम गर्न नदिएका कारण पार्टी फुटेको भन्ने कुरामा कुनै तुकनभएको भन्दै पौडेलले ओली तानाशाही शैलीमा अगाडी बढेको आरोप लगाए । काम गर्न नदिनका लागि नीति तथा कार्यक्रमलाई असफल पार्ने, बजेट असफल पार्ने र मेघा प्रोजेक्टलाई असफल पार्ने हो । यी कुनै पनि कारण नभएको भन्दै काम गर्न नदिईएको भन्ने कुरा जनतालाई भ्रममा पार्ने मात्रै भएको उनको भनाई थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य देवेन्द्र पराजुली, धनराज आचार्य, जिल्ला कार्यालय सदस्य रामचन्द्र भट्टराई, शैलेन्द्र घिमिरे, खड्कबहादुर नेपाली, आँधीखोला गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->