विवाहित दम्पतीहरू तथा बच्चाको रहर पुगेकाले जान्नैपर्ने कुरा
आजको परिबेशमा पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम प्रसस्तै छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पु¥याउँछ भन्ने धारणा राख्नेको बाहुल्यता समेत ठूलो छ ।
के हो परिवार नियोजन ?
परिवार नियोजनलाई अंग्रेजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । वास्तवमा नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थायी बन्ध्याकरण भनी बुझ्छन् । तर, त्यसो नभएर परिवार नियोजन भनेको सहि परिवारको योजना नै हो । खासगरि परिवार नियोजन दुई प्रकारले गर्न सकिन्छ । एउटा स्थायी बन्ध्याकरण र अर्को अस्थायी साधनहरुको प्रयोग हो ।
तीन महिनादेखि १० वर्षसम्मको अवधिसम्म गर्भ निरोधकको रुपमा अस्थायी साधनको प्रयोग गर्न सकिन्छ । उपयुक्त जन्मान्तरको लागि यस्तो साधनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
अस्थायी साधन
महिलाले पिल्स ट्याव्लेड, डिपो (संगीनी सुई), इम्प्लान्ट र पुरुषले कण्डमको प्रयोग गरि सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ । अझै अहिले त पुरूषले प्रयोग गर्ने पिल्स ट्याव्लेड पनि बजारमा आइसककेको छ । अस्थायी साधनको रुपमा महिलाले कपर टीको पनि प्रयोग गर्न सक्छन् । यसलाई एक पटक पाठेघरमा राखेपछि पाँचदेखि १२ वर्षसम्म गर्भ निरोधकको काम गर्छ ।
के हो स्थायी बन्ध्याकरण ?
खासगरि सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरणको साहारा लिने गरिन्छ । स्थायी बन्ध्याकरण पुरुष र महिलाको लागि फरक फरक तरिकाले गरिन्छ । पुरुषको लागि भ्यासेक्टोमी गरिन्छ भने महिलाको लागि मिनील्याप ।
भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शुक्रकिट बग्ने नलीलाई काट्ने हो । यसो गरेमा पुरुषबाट शुक्रकिट बाहिर झर्न पाउँदैन ।
मिनील्यापमा पुरुषको सुक्रकिट महिलाको पाठेघरहुँदै फर्टिलाइजेसन बच्चा बन्ने ठाउँसम्म पुगेपनि महिलाको डिम्ब, डिम्ब नली काटेका कारण महिलाको पाठेघरको डिम्ब नली जहाँ फरटिलाइजेसन हुने ठाउँसम्म आईपुग्न सक्दैन र बच्चा बन्ने प्रक्रिया रोकिन्छ ।
यसरी गरिन्छ बन्ध्याकरण
सबैभन्दा पहिला त सम्बन्धित व्यक्ति इच्छुक हुनुपर्छ । त्यसपछि स्वास्थ्य परिक्षण गरिन्छ । अहिले पनि गाउँघरमा पुरुषले बन्ध्याकरण गरेपछि शारीरिक सम्पर्क गर्नै असमर्थ हुन्छ भन्ने जस्ता भ्रम पनि छन् । तर, यो निकै सहजताका साथ गरिन्छ । सामान्य शिविरमा भ्यासेक्टोमी गर्न सकिन्छ । पाँचदेखि सात मिनेटको समयमा भ्यासेक्टोमी गर्न सकिन्छ । यसलाई मिनी अप्रेशनको रुपमा लिने गरिन्छ ।
बन्ध्याकरणको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । किनकी महिलाको डिम्बको दुई वटा नशा काट्नुपर्ने हुन्छ । यो चाहीँ पेटबाट अलिकति प्वाल पार्नुपर्छ । यस्तो गर्दा एकदेखि डेढ सेमीको प्वाल पारिन्छ । १४–१५ मिनेटको अवधिमा मिनी ल्यावको कार्य सम्पन्न सकिन्छ । भ्यासेक्टोमिको लागि कम्तिमा १५ देखि २० मिनेट र मिनिल्यापको लागि ३० मिनेटसम्म समय लाग्न सक्छ ।
के कमजोर बनाउँछ ?
कतिपय पुरुष र महिलामा बन्ध्याकरणपछि साइकोलोजिकल समस्या आउन सक्छ । खासगरि चेतनाको कमीले यस्तो समस्या देखा पर्ने हो ।
– भ्यासेक्टोमीपछि कतिपयमा केही समय रगत बग्न सक्छ । रगत पातलो भएको अवस्थामा यस्तो समस्या आउँछ ।
– जुन पहिले नै परिक्षण गरिन्छ । केही समयमा त्यस्ता रगतको चोक्टा निकालेर फालेमा कुनै समस्या हुँदैन ।
– हेमाटोमाको कारणले गर्दा कतिपयको अण्डकोषहरु सुनिन पनि सक्छ । त्यसलाई पनि एन्टिवायोटिक दिएर ठिक पार्न सकिन्छ । यो त्यति ठूलो समस्या होइन ।
– महिलाहरु तल्लो पेट दुखेको बताउँछन् । कहिलेकाँही घाउ पाक्यो भने यस्तो समस्या हुन्छ । जुन विस्तारै ठिक हुँदै जान्छ ।
तर, भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । केही दिन सामान्य सावधानी अपनाएपछि पुगिहाल्छ । यसकै कारण मानिस कमजोर हुन्छ भन्ने चाहीँ भ्रम मात्र हो ।
समयमा नै परिवार नियोजन वा बन्ध्याकरणको प्रक्रिया अवलम्बन गरेमा अनावस्यक गर्भ पतनको कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने तत्कालिक तथा दिर्घकालिन असरबाट बच्न सकिन्छ । परिवार र परिवारका सदस्यहरू थप सुदृढ र सशक्त हुनुको साथै आत्मबल पनि बलियो हुन्छ र सुखी परिवारको स्थापना हुन्छ ।




