पर्यटन प्रवद्र्धन केन्द्र पर्वतमा पर्यटनको विकासको लागि बिभिन्न प्रयासहरु गरिरहेको एक संस्था हो । जसले बिभिन्न समयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार र विकासको लागि बिभिन्न प्रयासहरु गर्दै आईरहेको छ । पोखराबाट ५७ किलोमिटरको दूरीमा रहेको पर्वत जिल्ला बिभिन्न कारणले पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । पर्वत जिल्लाहुँदै पोखरामा बास बसेका आन्तरिक तथा बाह्य पर्यटकहरु मुस्ताङ पुग्ने गरेका छन् । पर्वत सदरमुकाम कुश्माको बाटो दैनिक सयौँको संख्यामा पर्यटकहरु आवतजावत गर्ने गर्छन तर पर्वतमा बास बस्न सकेको अवस्था भने छैन् । कोरोना कहरका कारण गत वर्षको चैतदेखि लामो समयसम्म रहेको लकडाउनका कारण पर्यटन क्षेत्र तहसनहस त भयो नै । अब बिस्तारै पर्यटकीय चहलपहल पनि बढीरहेको छ । बाह्य पर्यटकहरुको आँगमन सुखद नभइसकेको भएपनि आन्तरिक पर्यटन भने चलायमान बनेको छ । यही परिवेशमा पर्वतमा पर्यटन विकासको सम्भावना के छ ? भन्ने बारेमा सहकर्मी संजय रेग्मीले पर्यटन प्रवद्र्धन केन्द्रपर्वतका अध्यक्ष शिव शर्मा पौडेलसंग कुराकारी गरेका छन् ।
पर्यटकहरुको रोजाईमा खासै नपरेको पर्वतमा पहिलेभन्दा के आकर्षणहरु थपिएका छन् ?
– पर्वतमा पर्यटकहरु नआएको त भन्नै मिल्दैन् । पहिलेको तुलनामा परिवेश अहिले धेरै सुखद बनेको छ । पहिलेभन्दा अहिले पर्यटकीय गन्तब्य स्थलहरु रहेका छन् । सरकारले पर्यटकीय गन्तब्यहरुको सूचीकरण गरेर तिनीहरुको विकास र प्रवद्र्धनको लागि गरेका विभिन्न क्रियाकलापहरु धेरै टेवा पुगेको छ । सरकारबाहेक बिभिन्न तरिकाले स्थानीय नागरिकहरु पनि पर्यटकहरुलाई आकर्षित गर्न लागिरहेको हामीले पाएका छौँ । घुम्ने ठाउँहरु धेरै तयार भएका छन् । नेपालकै सबैभन्दा अग्ला र लामा झोलुङ्गे पुल, बन्जी जम्प, यान्त्रिक पुल, ¥याफटीङको व्यवस्थित सेवा, गुफाहरुको प्रचारप्रसार, लप्सी, सुन्तला, अदुवा, अल्लोको कपडाहरुको ब्यवस्थित उत्पादनका कारण पहिलेभन्दा पर्यटकहरुको आकर्षण बढीरहेको छ । होम स्टेसहित अन्य सुबिधा सम्पन्न रिसोर्ट र होटलहरुको राम्रो प्रबन्धका कारण तुलनात्मक रुपमा धेरै पर्यटकहरु भित्रिएको अवस्था छ ।
यहाँ रहेका पुल, बन्जीजम्प, यान्त्रिक पुल, गुफा, ¥याफटीङ आदिमा पर्यटकहरुको आकर्षण कत्तिको छ ?
– अत्यन्त धेरै अकर्षण गर्ने माध्यम नै यिनी चिजहरु बनेका छन् । यिनैका कारण पर्वतमा पर्यटकहरुको अत्यन्तै राम्रो आकर्षण बढेको छ । नेपालमै धेरै पर्यटकहरु भित्रिने पोखरादेखि ५७ किलोमिटरको दूरीमा पर्ने पर्वतमा बागलुङ, म्याग्दी र मुस्ताङ जाने बाटो पर्ने भएकोले पनि यहाँका पर्यटकीय गन्तब्य स्थलहरुमा आकर्षण बढेको छ । बन्जीजम्पले त अहिले कति धेरै पर्यटकहरु तानिरहेको छ की पालो नपाएर फर्किनुपरेको समेत कुरा आए । यो त हामीहरुको लागि खुसीको कुरा हो ।
तपाईँले भनेको जस्तै, यही बाटो अरु जिल्लामा जाने तर पर्वतमा बास भने नबस्ने समस्या छ नी ?
– मलाई लाग्दैन की मुस्ताङ र म्याग्दी जाने पर्यटकहरु पर्वतमा बास बस्दैनन् भनेर । हिजो पर्वतमा राम्रा होटलहरु थिएनन्, बस्नेखाने राम्रो प्रबन्ध थिएन तर अहिले बस्न र खानको लागि सुबिधा सम्पन्न होटलहरु खुलेका छन् । तालिम हल र स्विमिङ पुलसहितका रिसोर्टहरु छन् । ती पनि फेरि हाई वेमा नै रहेकोले पर्यटकलाई निकै सहज भएको छ । मैले देखेको छु होटलहरुमा पर्यटकहरु भरिभराउ छन् । मध्यरातीमा पनि पर्यटकहरु होटल खोज्दै आउने गरेको अवस्था छ । लाग्छ अझै होटलहरु खुल्नु आवश्यक छ । म ब्यवसायी मित्रहरुलाई अनुरोध गर्न चाहान्छु की सुबिधायुक्त होटल र रिसोर्ट अझै धेरै खोल्नुहोस् ।
पर्वतका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार नभएको भन्ने कुरा पनि त छ नी फेरि ?
– नभएको होला तर हुँदै नभएको भने पटक्कै होईन् । अग्ला पुलहरु बने, राष्ट्रिय र स्थानीय सबै मिडियामा त्यस सम्बन्धी सामग्रीहरु प्रकाशन र प्रशारण भएकै हुन् ।हिजो पर्वत जिल्ला पनि नेपालमा छ र ? भन्ने ठाउँका मानिसहरु आज यहाँ आएर बास बस्ने गरेको पाईन्छ । त्यसलाई प्रचार–प्रसार भन्न मिल्दैन र ? तपाईँले भने जस्तै फेरि यही नै पुगेको छ भन्ने पनि होईन । अझै पनि धेरै प्रचार–प्रसार गर्न आवश्यक छ । यहाँका पर्यटकीय गन्तब्यहरुलाई नेपाल सरकारले पर्यटकीय रुटमा पार्नुपर्ने, राष्ट्रिय वेव साईटमा राख्नुपर्ने आवश्यकता छ । यहाँ पर्यटन व्यवसायीहरुको संख्या पनि अति न्यून छ । पर्यटनका हिसाबले यो बिल्कुल भर्जिन भूमि हो । पर्यटीक सम्भावना रहेका स्थलहरुको प्रचार–प्रसार र ट्रेकिङ रुट निर्माण गरी प्राकृतिक मनोरम डाँडाकाँडा घुम्दै गाउँघरको अर्गानिक खानाको साथ रमाउने ग्रामिण पर्यटन र ईको टुरीज्म पनि शुरुवात गर्न जरुरी छ ।
त्यसो भए अब के गरेमा पोखराका पर्यटक पर्वत तान्न सकिएला ?
– पर्वतमा रहेका पर्यटीकय गन्तब्य र स्थलहरुमा पुग्ने बाटाहरु सुबिधाजनक हुनुपर्छ । पर्यटीकय स्थलहरुमा सरसफाई, पाहुनाहरुलाई स्वागत, गाँसबासको लागि सुबिधाजनक होटलहरुको स्थापनामा पहल गर्नुपर्ने, बिभिन्न पिकनिक स्पटहरु तयार गर्नुपर्ने, बन्दै गरेका लोकमार्गहरु छिटोभन्दा छिटो सकाउनुपर्ने, पर्वतलाई केन्द्रिय पर्यटकीय रुटमा पारी यहाँका पुलहरुमा ट्रेकिङ गराउने, यान्त्रिक पुल तर्ने, बञ्जी जम्प गराउने, प्याराग्लाईडिङ, कालीगण्डकीमा ¥याफटीङ, हाईड्रो प्रोजेक्टहरुको अवलोकनलगायतका पर्यटकीय क्रियाकलापहरुलाई प्याकेजको रुपमा पर्यटकसामु पस्किने र सबै पर्वतबासीहरु आ–आप्mनो ठाउँबाट प्रचारप्रसारमा लाग्ने हो भने पर्वतमा पर्यटकहरुको घुईँचो लाग्छ भन्ने मेरो विश्वास छ ।
पर्वत जिल्लामा बाह्य पर्यटकभन्दा आन्तिरक पर्यटक बढी आउनुको कारण के होला ?
– बाह्य पर्यटक बढी ल्याउन पोखरा कुश्माको बाटो राम्रो नभएको, पर्वतका पर्यटकीय गन्तब्य स्थलहरुलाई वेवसाईटमार्पmत प्रचार–प्रसार गर्न नसक्नु, गाँसबास व्यवस्थित भएका होटलहरु नहुनु र भएकाहरु पनि प्रचारमा नरहनु, जानकारी मूलक प्रचार–प्रसार गर्न नसक्नु, सरसफाई र सुरक्षाको राम्रो प्रबन्ध नहुनुका कारण बाह्य पर्यटकहरु भित्रिनुमा कमी आएको छ । यहाँका होटल व्यवसायलाई पर्यटन कार्यालयमा दर्ता गरी पर्यटकहरुलाई सुबिधाबारे जानकारी नभएको कारण यस्तो अवस्था आएको हो । आन्तिरक पर्यटकहरु भने त्यस बिषयमा जानकार रहेकोले उल्लेख्य रुपमा आउने गरेका छन् ।
पर्वत पर्यटन प्रबद्र्धन केन्द्रसंग पर्यटन विकासको बारेमा के कस्ता योजनाहरु छन् ?
– पर्वत पर्यटन प्रबद्र्धन केन्द्र कुश्मा ज्ञादी झोलुङ्गे पुलको निर्माणसंगै जन्मिएको संस्था हो । यो संस्था आँपैmमा स्वयंसेवकको रुपमा रहेकोले यसले बनाएका योजनाहरु रकम अभावमा अलपत्र छन् ।देशमा राजनैतिक अस्थिरता, सम्बन्धित निकायको गैरजिम्मेवारी लगायतका कारणले प्रभावित छ । तत्कालिन जिल्ला विकास समितिको पहलमा निर्माण गरिएको जिल्लाको पर्यटकीय गुरुयोजना ब्यापक सहभागितामा तयार नहुनु र कार्यान्वयन चरणमा प्रवेश नगरी दराजमा थन्कीनुले पनि पर्यटनको विकासमा गतिरोध भएको हो । हामीसंग प्याराग्लाईडिङ, ¥याफटीङ, बञ्जीजम्प, ट्रेकिङ रुटहरु, अग्ला लामा पुलहरुमा व्यवस्थित पर्यटकीय पार्कको ब्यवस्था, पर्वत जिल्लाका स्थानीय उत्पादनहरुको बिक्री केन्द्रहरु निर्माण केन्द्र हरेक गन्तब्य स्थलमा गर्ने, प्रचार–प्रसारलाई तिब्र रुपमा अगाडि बढाउने खालका योजनाहरु छन् । जसमा गाउँ, नगर, प्रदेश र केन्द्रिय सरकारले सहयोग गर्नुपर्ने हुन्छ ।
विश्वकै अग्लो दावी गरिएको यहाँको बञ्जी जम्पले पर्यटक तान्नेप्रति तपाईँको धारणा के छ ?
– यहाँको बञ्जीजम्प पर्वतका लागि मात्रै नभएर देशकै लागि महंगो सम्पत्ति हो । फराकिलो कालीगण्डकीको किनारमाबनेको र विश्वकै अग्लो यो बञ्जीजम्पले विश्वको नै ध्यान तानेको छ । कोरोना महामारीको बेला परेका कारण विदेशी पर्यटकहरु हामीले धेरै पाउन नसकेपनि यसले विदेशी पाहुनालाई तान्ने छ । त्यहीँ नजिकै बन्दै गरेको जिपलाईन पनि अर्को आकर्षणको रुपमा स्थापित हुँदैछ । पवित्र मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी माथिबाट गर्ने बञ्जीजम्प एसियाकै सबैभन्दा लामो र अग्लो ठाउँबाट गरिने बञ्जीजम्प हो । यहाँबाट बञ्जीजम्प गर्दा प्राकृतिक सुन्दरता पनि अवलोकन गर्न सकिने भएकोले पर्यटक तानिन सक्ने सम्भावना बढी रहन्छ ।
पर्वत आएका पर्यटकहरुले अहिले भोगिरहेका समस्याहरु के के छन् ?
– त्यस्तो जटील समस्याहरु भोग्नुपर्ने अवस्था त छैन । तर कहिलेकाहीँ पर्ने समस्यामा धेरै पर्यटकहरु आउने सिजनमा बसोबासमा भने अनुसारको सुबिधा नपाउनु, समयमा गाउँतिर जाने यातायातका साधनहरु उपलब्ध नहुनु, पर्यटकीय रुटको सूचना केन्द्रको अभावमा सही रुटको नक्शा सूचना नपाउनु जस्ता समस्याहरु छन् । जुन बिस्तारै कम हुँदै गैरहेको अनुभव गरेको छु । मुख्यतयाः पर्यटकहरुको विश्वास जित्ने खालको सुबिधा हामीले उपलब्ध गराउन नसक्नु नै समस्या हो ।
त्यसो भए यी समस्याको समाधान के हो ?
– यी समस्याहरु समाधान गर्न गन्तब्य स्थलमा रहनुभएका जनप्रतिनिधि, पर्यटकीय विकासमा लागेका सरकारी र गैर सरकारी निकायहरु, ब्यवसायी मित्रहरु र सम्पूर्ण पर्वतबासी नागरिकहरुले आ–आप्mनो ठाउँबाट समस्या समाधानमा लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।
अन्त्यमा, छुटेका केही कुरा भएमा राख्न सक्नुहुन्छ ।
– पर्वत जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागि क्रियाशिल नागरिक संगठन पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको अध्यक्षको हैसियतले यहाँका मानव निर्मित आधा दर्जन अग्ला र लामा झोलुङ्गे पुल, एक दर्जनभन्दा बढी गुफाहरु, मनरोम ट्रेकिङ रुटहरु, सुबिधाजनक सामुदायिक होम स्टेहरु, धार्मिक तथा सांस्कृतिक महत्वका दर्जनभन्दा बढी स्थानहरु, अग्ला र जैविक बिबिधतायुक्त पञ्चासे डहरे, हम्पालजस्ता लेकहरु अवलोकन गर्न साथै यहाँका पर्यटकीय उत्पादनहरु लप्सी, सुन्तला, अदुवा आदिका परिकार उपभोग गर्न, रेसाजन्य अल्लो र ढाकाको कपडा, बाँसबाट बन्ने कलात्मक बस्तुहरु, मायाको चिनोको रुपमा ग्रहण गर्नको लागि सम्पूर्णमा आग्रह गर्न चाहान्छु । पर्यटनलाई व्यवसायका रुपमा अंगाल्नुभएका काठमाण्डौ र पोखराका ब्यवसायी मित्रहरुलाई पर्वत जिल्लाको पर्यटकीय महत्वको हिसावले भर्जिन ल्याण्डमा पर्यटक भित्रयाउने दिशामा आप्mनो र प्याकेज तयार गर्न तथा योजना निर्माण गर्न समेत हार्दिक अनुरोध गर्दछु ।





