कोभिड–१९ रोग फैलाउने भाइरस सार्स कोभ २ को एक नयाँ संस्करण केही समय पहिले बेलायतमा फेला परेको छ । फेला परेको भाइरसको नयाँ भेराइन्ट पहिलेको भन्दा ६० देखि ७० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । प्राकृतिक विकसित प्रक्रियाको भागको रूपमा, आरएनए आधारित भाइरसको आनुवंशिक गुनमा विभिन्न परिवर्तन (म्युटेसन) हुने गर्छ । र, भाइरसमा उत्परिवर्तन द्रुत गतिमा हुने गर्छ । भाइरसले कोषमा आफ्ना प्रतिलिपि बनाइरहेको बेलामा त्रुटि फेला पार्न कुनै मेकानिजम हुँदैन, जसकराण सम्भवतः उत्परिवर्तन हुँदा भिन्न प्रकारको संस्करणमा परिणत हुन्छ ।
उदाहरणको लागि, एक सामान्य रुघाखोकी निम्त्याउने भाइरसले आफ्नो आनुवंशिक सामग्री छिटो र बारम्बार परिवर्तन गर्छन्, जसका लागि वैज्ञानिकहरूले हरेक साल एक नयाँ खोपको विकास गर्नुपर्ने हुन्छ ।
शरीरको प्रतिरक्षा वा प्रतिरोधात्मक प्रतिक्रियाबाट बच्न, सार्स–कोभ २ को जिनोमले चीनमा भएको पहिलो उत्पत्तिपछि पनि धेरै उत्परिवर्तनहरू गरिसकेको छ, जसमध्ये धेरैजसो अहिलेसम्म चिन्ताजनक देखिएको छैन ।
भाइरसको नयाँ स्ट्रेन चिन्ताको कारण हो, यसविरूद्ध सावधानी अपनाउनुपर्छ । भाइरसको नयाँ संस्करणले यसको स्पाइक प्रोटीनको अंश (रिसेप्टर बाइन्डिङ्ग डोमेन)लाई परिवर्तन गरेको छ र जसकारण भाइरस पहिलेको तुलनामा अझ प्रभावकारी रूपमा फैलिरहेको छ । अध्ययनका अनुसार हालको उत्परिवर्तन दुई कारणले धेरै चिन्ताजनक देखिएको छ ।
पहिलो, उत्परिवर्तन भएपछि भाइरसले सेल रिसेप्टरलाई छिटो फेला पारेको देखिन्छ, जसले भाइरसलाई शरीरभित्र छिर्न छिटो मद्धत गरिरहेको छ । अर्को कुरा नयाँ प्रकारको भाइरसमा देखिएको भाइरल लोड हो । नयाँ संस्करणको भाइरसबाट संक्रमित व्यक्तिमा भाइरल कण धेरै बढी हुन सक्छ, जसले कोषको भित्र अधिक प्रतिलिपी बनाई थप संक्रामक बन्न सक्छ ।
नयाँ संस्करणबाट संक्रमित भएपनि पहिलेको लक्षणमा धेरै परिवर्तन नहुन सक्छ र मृत्युदर पनि समान रहन्छ । तर, भाइरस पहिलेको तुलनामा छिटो फैलियो भने यसले संक्रमितको संख्यालाई छिटो बढाउन सक्छ ।
सामान्यतया, उत्परिवर्तन अनियमित हुने हुँदा यसको पूर्वानुमान गर्न धेरै गाह्रो हुन्छ । हल्का संस्करण देखा पर्न र कसैले ध्यान दिनुअघि नैहराएर जानसक्छ ।
भाइरस जिनोमको विभिन्न गुण ठूलो मात्रामा देखिएपछि मात्र घातक उत्परिवर्तनमा ध्यान दिइन्छ । भाइरसमा हुने केही उत्परिवर्तन भाइरसको लागि नै हानिकारक हुन्छन् र समयसँगै हराउँदै जान्छन् । तर, केही भाइरसलाई उत्परिवर्तनले लाभ दिन सक्छ । यस्ता घातक संस्करण मात्र थाहा पाउन सक्छ ।
वर्तमान खोपहरूले भाइरसको नयाँ स्ट्रेनविरूद्ध पनि काम गर्ने खोप विकास कम्पनी र खोप विज्ञहरूले विश्वास राखेका छन् । भाइरसको विभिन्न भागहरूलाई लक्षित गर्ने खोपले उत्परिवर्तनपछि पनि उनीहरूको प्रभावकारिता कायम राख्न सक्छ ।
तर, एमआरएनए खोपहरूले प्रोटिन स्पाइकको विशिष्ट अंशलाई लक्षित गर्ने हुँदा त्यस क्षेत्रमा उत्परिवर्तन भएमा खोपले आफ्नो प्रभावकारिता गुमाउने जोखिम बढाउँछ । दुवै फाइजर र मोर्डनाको खोप एमआरएनए प्रविधिमा आधारित छन् । हाल भएको भाइरसको उत्परिवर्तन स्पाइक प्रोटिनमा भएपनि अहिलेको खोप वरिपरिको स्ट्रेन लगभग त्यति नै प्रभावकारी हुने संकेत देखाएको छ ।
भाइरसले आफ्नो प्रकृतिलाई अझ बढी परिवर्तन गरेर बढी घातक भएमात्र चिन्ताको विषय सुरु हुन्छ । भाइरसको नयाँ भेरिएन्टबारे चिन्तित व्यक्तिले यी लक्षण र लक्षणको क्रमको आधारमा भाइरस पहिचान गर्न सक्छन् ।
– उच्च तापक्रम
– सुख्खा खोकी र मांसपेशीको दुखाई
– वाकवाकी हुने
– झाडापखाला
आपतकालीन संकेत जतिसक्दो शिघ्र उपचार खोज्न आग्रह गर्दछु यी हुन् ती पाँच लक्षण देखापरेमा ।
– सास फेर्न समस्या भएमा
– भ्रम
– लगातार छातीमा दुखाई अनुभव भएमा
– थकित र बिउँझिरहन असमर्थ भएमा
– ओठ वा अनुहार निलो हुँदै गएमा
कोरोना संक्रमणले मानव शरीरका ६ अंगमा निम्न प्रभाव पर्न सक्दछ ।
कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पु¥याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम पु¥याइरहेको छ । कोरोना भाइरसका लक्षण हल्कादेखि गम्भीर रूप लिन सक्छन् । तर, यसले शरीरका धेरै अंगहरूमा लामो समयसम्म असर पार्न सक्छ । कोभिडको संक्रमणले फोक्सो, मुटुलगायत ६ अंगमा गम्भीर प्रभाव पार्न सक्छ ।
फोक्सोमा कोभिडको प्रभाव
कोभिड १९ एक श्वासप्रश्वासको रोग हो । लामो अवधिमा यसले फोक्सोलाई बिगार्ने गर्छ । संक्रमित तथा संक्रमणबाट निको भएका व्यक्तिमा समेत थकान, छाती दुख्ने र सास फेर्न समस्या भएको गुनासो गर्छन्, जुन सबै कोभिडको लक्षण हो । भाइरसले फोक्सोमा ल्याउने परिवर्तनले फोक्सोको टिशू र थैलीहरूमा नकरात्मक असर गर्छ । जसले स्वास्थ्यलाई असर गर्नुका साथै फोक्सोलाई क्षति पु¥याउँछ ।
मुटुमा कोभिडको प्रभाव
श्वासप्रश्वासको रोग मानिने कोभिडको संक्रमणले फोक्सोलाई मात्र नभएर शरीरमा विभिन्न तरिकाले प्रभाव पार्न सक्छ । एक अध्ययनका अनुसार, करिब ७८ प्रतिशत स्वस्थ तरिकाले कोभिडबाट निको भएका युवामा समेत मुटुको जटिलता र क्षतिबाट पीडित छन् । मुटुसम्बन्धी समस्या भएकामा कोभिडका कारण ज्यान जाने जोखिम पनि धेरै हुन्छ । चीनको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी)ले गरेको एक अध्ययनले कोभिडबाट मर्ने २२ प्रतिशत बिरामीमा हृदयसम्बन्धी समस्या भएको देखाएको थियो ।
एसिम्प्टोमेटिक भए पनि संक्रमण भएको पहिलो दिनमा नै भाइरसले मुटुमा थाहा नदिई प्रभाव पार्ने ठोस प्रमाण छन् । त्यसैले संक्रमणको समयमा वा निको भइसकेपछि पनि समस्याको प्रारम्भिक संकेत पत्ता लगाउन र मुटुको हेरचाह गर्न दुवै महत्वपूर्ण हुन्छ । कोभिड हुँदा मुटुमा प्रभाव पारे देखिने केही सामान्य संकेत यस्ता छन् ः
फोक्सोको कार्यमा बाधा पुग्दा, सास फेर्न गाह्रो हुने र मुटुमा क्षति भएमा छातीको दुखाइ लक्षणको रुपमा देखापर्ने हुन्छ । भाइरस गुणाहुँदै शरीरभरि फैलने क्रममा यसले महत्वपूर्ण अंगमा हानी पु¥याउँछ । यसले स्वस्थ अक्सिजनयुक्त रगतलाई मुटुबाट वञ्चित गरी मुटुको मांसपेशीहरू बिगार्न सक्छ र छातीमा दुखाइ वा एनजाइना निम्त्याउन सक्छ । छाती दुखाइ हृदयघातको पहिलो लक्षणमध्ये पनि एक हो ।
त्यस्तै, मायोकार्डिटिस वा मुटुको मांसपेशी सुन्निने कोभिडसँग सम्बन्धित एक हृदय जटिलता हो । मुटुमा भाइरसको प्रत्यक्ष इन्फेस्टेसनवा साइटोकाइन स्ट्रोमको कारण शरीरलाई गलत तरिकाले स्वस्थ कोशिकाहरूमा आक्रमण गराउन सक्छ । यसले मुटुको मांसपेशीहरू कमजोर बनाई रगत प्रवाहलाई अवरुद्ध गर्छ । मुटुले रगत प्रवाहलाई नियमित गर्न ओभरटाइम काम गर्छ, यसले मुटुलाई थकित बनाउनसक्छ र मानिसलाई समेत थकित महसुस गराउन सक्छ ।
जसकारण छिटो, अनियमित मुटुको धड्कन अनुभव गर्न सकिन्छ । यो हृदय समस्याको सबैभन्दा चाँडो देखिने संकेत पनि हो । फोक्सोवा मुटुमा अत्याधिक दबाबले पनि हृदयमा समस्या निम्त्याउन सक्छ । भाइरसले शरीरमा अक्सिजनको मात्रा घटाउने, रगतको प्रवाहलाई रोक्ने, भ्रम, ओठ वा अनुहारको रङ निलो हुनु, बोल्न कठिनाइ हुनु, अत्याघिक पसिना आउनु पनि हृदय समस्याको संकेत हुन सक्छ ।
विशेषगरी दीर्घ कोभिडको समस्या भएका बिरामीमा टाचिकार्डिया सिन्ड्रोम जस्तो स्थिति उत्पन्न हुन सक्छ, जसले स्नायु प्रणालीलाई बिगार गर्छ । यसले मुटुको धड्कने गतीमा असन्तुलन, रक्तचापको स्तर असामान्य रूपमा बढ्ने, रिँगटा लाग्ने, कम रक्तसञ्चार, मुटुको चाल तेज हुने, टाउको झुम्म हुने, प्रतिरोधात्मक क्षमता कमजोर हुने जस्ता लक्षण देखाउँछ, जुन हृदयमा समस्या हुन सक्ने प्रारम्भिक संकेत हुन् ।
कोभिडको कारण पेटसम्बन्धी क्षति
पाचन समस्या तथा पेटसम्बन्धी जटिलता कोभिडको धेरैजसो बिरामीहरूमा देखिएको छ । झाडापखाला, वाकवाकी, बान्ता, भोक नलाग्ने, पेट दुख्ने लगायतका अन्य पेटसम्बन्धी समस्या संक्रमण भएको बेलामा वा निको भइसकेपछि पनि भइरहेको गुनासो गरेका छन् । कोभिडको संक्रमण भएको बेलामा पाचन प्रणालीको असमर्थताको कारण आवश्यक पोषक तत्व र इलेक्ट्रोलाइट्स अवशोषित गर्न नसकेको कारण पेटसम्बन्धी समस्या भएको हुनसक्छ ।
मृगौलामा कोभिडको प्रभाव
अन्य जटिलतामध्ये, मृगौलाको कार्यमा कमी हुनु पनि संक्रमित वा संक्रमणबाट निको भइसकेका बिरामीहरूमा बढ्दो समस्यामध्ये एक हो । कोभिडको कारण कम पिसाब उत्पादनको अनुभव हुनु, पटकपटक पिसाब लाग्नु वा ढिलो पिसाब लाग्नु, वा मृगौला डिसफंक्शन हुनसक्छ । मधुमेह रोगी वा उच्च रक्तचापको बिरामीमा मृगौलाको समस्या हुने खतरा बढी हुन्छ ।
कजेलोमा कोभिडको प्रभाव
कोरोना भाइरसले समग्र स्वास्थ्य र मानसिक स्वास्थ्यमा उत्पन्न गराउने समस्याबाहेक यसले शरीरमा हेपाटिक टिश्युलाई पनि असर गर्छ । संक्रमित वा संक्रमणबाट निको भइसकेकामा कलेजोको एन्जाइम स्तर बढेको र असामान्य कार्य बढेको पाइयो । निको भएपछि समेत धेरै बिरामीमा कलेजोको कार्य सामान्य अवस्थामा फर्कँदैनन् । यो शरीरमा साइटोकाइन्सको गडबडीको कारण हुन सक्छ जुन औषधिको परिणामको कारणले हुनसक्छ ।
कोभिडपछि मस्तिष्कमा प्रभाव हुन सक्छ
कोभिड १९ को परिणामस्वरूप, बिरामीहरूले पनि हल्कादेखि गम्भीर जलन, मस्तिष्कमा स्ट्रोक र दौरा (सिजर) अनुभव गरेका छन् । संक्रमित भएका वा संक्रमणबाट निको भएका व्यक्तिले टाउको दुख्ने, रिङ्गटा लाग्ने र धमिलो दृष्टिको समस्या भएको गुनासो गरिरहेका छन् । अल्जाइमर र पार्किन्सन रोग कोभिडको दीर्घकालीन प्रभाव हुन सक्छ ।
नोटः भारतबाट अनुदान स्वरूप नेपालमा ल्याईएको कोरोनाको खोप एलर्जीको रोगी, गर्भवती, कुनै जटिल रोगको औषधी खाइरहेका बिरामी र ज्वोरो आएकोले प्रयोग नगर्नुहोला ।




