पोखरा, १७ माघ– गायक साहिल खड्काको आधुनिक गीति एल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिक भएको छ । खड्काको आफ्नै यूट्युब च्यानल ‘साहिल खड्का अफिसियल’ बाट शुक्रबार सो गीत सार्वजनिक भएको हो । गीतमा खड्का स्वयम्को शब्द, संगीत स्वर रहेको छ । उनलाई स्वरमा अनु चौधरीले सघाएकी छन् । माया पिरतीको विषयबस्तुमा आधारित गितमा बुद्धि तामाङ, मेनुका प्रधान, विक्रम श्रेष्ठलगायतको अभिनय रहेको छ ।





