पोखरा, २५ माघ- स्व. साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशले १९ सदस्यीय टोलीको घोषणा गरेको छ । माघ २८ गतेदेखी फागुन २ गते सम्म महेन्द्रनगरमा आयोजना हुने तेश्रो संस्करणको राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडीहरुको छनोट गरिएको हो ।
मनिता रानाको कप्तानीमा गण्डकी प्रदेशबाट २ जना वैकल्पिक खेलाडी सहित १६ जना खेलाडीको छनोट भएका हुन । छनोट भएका खेलाडीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सिर्जना नेपाली, सन्ध्या नेपाली, अस्मिता वानिया, दिक्षा गुरुङ, लल्मी गुरुङ, तनुसुवा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन । वैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर तथा टिम प्रशिक्षक राजन नेपाली रहेका छन । टोली माघ २६ गते प्रतियोगिता खेल्नका लागि महेन्द्रनगर प्रस्थान गर्नेछन् ।





