बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यासका वडाध्यक्ष श्रेष्ठले ल्याए ‘तिम्रो यादमा पिउने बानीले’ (भिडियो सहित)

व्यासका वडाध्यक्ष श्रेष्ठले ल्याए ‘तिम्रो यादमा पिउने बानीले’ (भिडियो सहित)


  • ढोरपाटन सम्वाददाता
  • माघ २७ २०७७, मंगलबार

तनहुँ, २७ माघ–व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि मदिरा पिउने बानी बसेको भाव गीतले प्रस्तुत गरेको छ ।
वेभ क्याफे युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा श्रेष्ठसंगै मनराज गुरुङको पनि शब्द छ । दौतारी ब्याण्ड दमौलीमा आबद्ध मनराजले संगीत भरेको गीतमा तनहुँकै गायक पवन राना मगरले स्वर दिएका छन् ।
मनराज गुरुङ र विजयकाजी थापाले निर्देशन गरेको म्युजिक भिडियोमा विजयकाजी र सोनाली परिवारले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->