बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विश्वमा देखिएका केही अनौठो रोगहरू

विश्वमा देखिएका केही अनौठो रोगहरू


  • कृष्ण कुमार सैजु
  • फाल्गुन ७ २०७७, शुक्रबार

संसारभर लगभग सात हजारभन्दा बढी प्रकार दुर्लभ, अनौठा तथा असन्तुलन (डिसअर्डर) रोग देखिएका छन् । वातावरणिय उत्परिवर्तनका कारण हाल दैनिक नयाँ रोग र सिन्ड्रोम देखिदै गइरहेका छन् । युएसमा हरेक १० मध्ये १ जना नयाँ समस्याबाट पीडित हुनेगरेका छन् । कुनै न कुनै मेडिकल डिसअर्डर त निकै अनौठा देखिएका छन् । संसारमा देखिएका अनौठा समस्याबारे यहाँ चर्चा गर्न गईरहेको छु, जुन तपाईले यसअघि सम्भवत बिरलै सुन्नु पनि भएको छैन् होला ।
फरेन एसेन्ट सिन्ड्रोम
यस रोगको असर दिमागमा पर्न जान्छ । विरामीले बोल्ने भाषाको तरिका एकाएक बदलिँदै जान्छ । यसमा रक्तश्रावले व्यक्तिको मस्तिष्कमा असर पार्दछ । यस रोगका विरामीले आफ्नो मातृभाषा बोल्न बिर्सेर कहिल्यै नसुनेको विदेशी भाषा बोल्न थाल्दछन् ।
एलिस इन वन्डरलेन्ड सिन्ड्रोम
यो एक प्रकारको दिमागी असन्तुलन हो । जसका कारण यो रोग पीडितले आफ्नो वा वरिपरिको वातावरण परिवर्तन भइरेको देख्छ । अर्थात् शरीरको अंग वा बाह्य बस्तुलाई वास्तविक आकारभन्दा सानो वा ठूलो देख्छ । सन् २०१४ मा जर्नल अफ पेडियाट्रिकको रिर्पोटअनुसार बिरामीमा यस्तो दृष्टिकोण विशेष गरी रातको समयमा हुन्छ । एउटा ६ वर्षिय बालकले अन्धकारको समयमा १५ देखि २० मिनेटसम्म आफ्नो वरपरको बस्तुलाई टाढा र सानो देखेको न्युरोसाइन्सले उल्लेख गरेको छ ।
यो सिन्ड्रोम के कारणले हुन्छ भन्ने विषयमा स्पष्ट नभए पनि ब्रेन ट्युमर, मानसिक औषधी र इबीभी भाइरसले यस्तो समस्या निम्त्याउन सक्ने अनुमान छ । किशोर अवस्थामा प्रवेश गर्न लागेका बालिकामा प्रायः यस्तो समस्या देखिन्छ । एक शोधको अनुसार एक ब्रिटीश महिलाले ५ वर्षदेखि करिब २४ वर्षसम्म यस्तो सिन्ड्रोम अनुभव गरेकी थिइन् । उनले आफू बसेको कोठाले थिच्न लागेका, हात पाखुरा र खुट्टा निकै ठूलो भएको अनुभव गरेको बताएकी थिइन् ।
वाकिङ कप्र्स सिन्ड्रोम
डा. जुल्स कोटार्ड (फ्रान्सेली स्नायुविज्ञ)ले सन् १८८२ मा यो सिन्ड्रोमको व्याख्या गरेका हुन् । कोर्टाड डिलुजनसमेत भनिने यो एउटा मानसिक डिसअर्डर हो । जहाँ बिरामीले आफ्नो शरीरका अंगहरु हराएको वा आफ्नै आत्मा गुमेको अनुभूति गर्छन् । बिरामीले कुनै बेला मरेको पनि अनुभव गर्छन् ।
आफू अस्थित्वमा नरहेको भन्दै यस्तो समस्या भएका मानिसले खान तथा पिउन मान्दैनन् । उनीहरु बारम्बार शव गृह वा चिहानमा जान्छन् मृत्युसँग नजिक हुन चाहन्छन् । बिरामीले आफ्नो स्वास्थ्यबारे खासै चासो राख्दैन । सिजोफ्रेनिया (भ्रममा बाँच्ने) वा मुड डिसअर्डरभएका मानिसलाई यो समस्या देखिने भएपनि यसको खास कारण पत्ता लागेको छैन् ।
स्टोन म्यान सिन्ड्रोम
सम्भवत तपाईले पौराणिक प्राणी मेडुसाको बारेमा सुन्नु भएको होला । यस राक्षसले जुन सुकै जीवित प्राणीलाई हेर्ने बित्तिकै ढुंगामा बदलीदिने किम्बदन्ती छ । वास्तविक संसारमा पनि त्यस्तै घातक समस्या देखिन्छ भन्दा छक्क नपर्नु होला । त्यो हो स्टोन मेन सिन्ड्रोम । यो एउटा जिनसँग सम्बन्धित अवस्था हो जहाँ लिगामेन्ट र टेन्डन्समा क्षति हुँदा मांशपेशी ढुंगाजस्तो बन्छ । जसका कारण मानिसको शरीर बिस्तारै अस्थिपन्जर हुन्छ र यताउती चल्दैन् । यसको पहिलो लक्षण पैताला वांगो र ठूलो हुन्छ । लगत्तै जोर्नी जाम हुन्छ । हिडडुल गर्न गाह्रो हुन्छ र श्वास प्रश्वासमा कठिनाई हुन्छ ।
संसारमा हरेक २० लाख मानिसमध्ये एक जनामा यो सिन्ड्रम पाइएको छ । एसीभीआर १ नाम गरेको जीनमा हुने परिवर्तनले यो सिन्ड्रोम देखिन्छ । यो जीनले कोष वृद्धि नियन्त्रण गर्छ । चोट लागेको मांशपेशी हड्डीको बृद्धि हुनु यो सिन्ड्रोमको विशेषता हो । शल्यक्रिया गर्दाझन् धेरै हड्डी पलाउँछ ।
एलिन हेन्ड सिन्ड्रोम
यो पनि एउटा अनौठो सिन्ड्रोम हो, जस अनुसार बिरामीले एउटा हातले उद्धेश्यमूलक काम गरेको हुन्छ भने अर्को हातले बिगारेको थाहा नै पाउदैन । जस्तैः यस्तो समस्या भएको व्यक्तिले एउटा हातले टाँक लगाएको हुन्छ, तर अर्को हातले खोलिरहेको हुन्छ ।
पानीको एलर्जी
उसो त मानव शरिरको ६० प्रतिशत भाग पानीले बनेको हुन्छ । तैपनी केही मानिसलाई ओसिलो चिज देख्दा पनि एलर्जी हुन्छ । यस्तो अवस्थालाई अक्वाजेनिक आर्टिकारिअ भनिन्छ । यस्तो समस्या हुने मानिसमा अनुहारमा पानी पर्ने वित्तिकै एक प्रकारको एलर्जी हुन्छ । विशेष गरी गर्धन, पाखुरा र माथिल्लो भागमा एलर्जी हुन्छ जसका कारण मानिसले दैनिक गतिविधि प्रभावित हुन्छ । उनीहरु नुहाउन, पौडी खेल्न वा पानी पर्दा भिज्न सक्दैनन् । कहिलेकाहीँ पानी पिउँदासमेत एलर्जी हुन्छ ।
पानीको एलर्जीबाट प्रभावित मानिसको संख्या कति छ भन्ने इस्प्रस्ट जानकारी भने छैन । पुरुषमा भन्दा महिलामा बढी यो समस्या देखिने गरेको पाईन्छ । किशोरी अवस्थामा पुग्दा यो समस्या देखिन्छ । पानी छुँदा छालामा भएको पर्दाथमा प्रतिक्रिया भई विषालु तत्व सिजनाभई पानीदेखि एलर्जी हुन्छ । यो एलर्जीको उपचारबारे विभिन्न अध्ययन भएका छन् ।
प्रियापिजम (लिंग उत्तेजित भइरहने)
यो एउटा यस्तो रोग हो, जसमा लिंगमा उत्तेजना भएपछि चार घण्टाभन्दा बढी समय रहिरहन्छ । ल्युकेमिया, सिकल सेल एनिमिया रकाला माकुराले टोकेपछि यस्तो समस्या आउन सक्छ । कहिलेकाहीँ चोटका कारण पनि उत्तेजना लामो समय रहिरहन्छ ।
यौनेत्तजना हुने रोग
यौन सम्बन्धित भएर हुने रोग हो, पर्सिस्टेन्ट जेनिटल अराउजल डिस्अर्डर, अर्थात् अधिक यौनेत्तजना हुने । यो रोग सबैभन्दा पहिले सन् २००१ मा पहिचान गरिएको थियो । यो रोगबाट सबै मानिस प्रभावित हुन सक्ने भएपनि विशेषगरी महिला प्रभावित हुनसक्छ । सोही रोगबाट पीडित म्याक डोनाल्ड नामकी महिलालाई दिनमा १ सयपटक भन्दा बढी यौनेत्तजना आउने समस्या थियो ।
अनुहारको अन्धोपना (प्रोस्पाग्नोसिया)
कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गाह्रो हुने समस्या यसमा पर्छ । ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ । तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैन ।
केही पनि नसम्झने रोग (एन्टिरोग्रेड एम्नेसिया)
जन्मदा अक्सिजनको अभाव हुँदा बिर्सने समस्या हुन्छ । यस अवस्थामा एक दिनअघिको घटना पनि बिर्सने समस्याबाट पीडित हुन्छन् । मेमेन्टो फिल्ममा जस्तै रोगीले आफू को हुँ, साथीहरु को हुन् भन्नेसम्म बिर्सन्छन् ।
सबैथोक सम्झने रोग (हाइपरथाइमेस्टिया)
सबैकुरा बिर्सनु यसै समस्या हो भने सबैकुरा सम्झने पनि रोग हो । यस्तो समस्या भएका मानिसले आफ्ना जीवनका हरेक घटनाहरु सम्झने गर्छन् । तपाईंले कुनै वर्षौअघिको दिन भन्नुभयो भने हिजो भएजस्तै गरी उनीहरु त्यस दिनका हरेक गतिविधिहरु भन्ने गर्छन् । अहिलेसम्म विश्वमा जम्मा ६ जनामा यस्तो समस्या भएको पाइएको छ ।
मेथेमोग्लोबिनेमिया (शरीर निलो हुने रोग)
अक्सिजनको आवागमन अवरुद्ध भएर शरीर निलो हुने समस्यालाई मेथेमोग्लोबिनेमिया भनिन्छ ।
अनुहारभरि रौं उम्रने (कन्जेनिटल हाइपरट्राइकोसिस)
यसलाई ह्युमन वेयरवुल्फ सिन्ड्रोम पनि भनिन्छ । यस्ता समस्या भएका मानिसको अनुहारभरि जनावरका जस्ता बाक्ला रौं आउँछन् । यस्तो समस्या अहिलेसम्म विश्वका ५० जना मानिसमा मात्र देखापरेको छ । यसको उपचार पनि छैन । यस्ता मानिसलाई सर्कसमा प्रयोग गरिन्थ्यो ।
प्रोगेरिया (असमयमै बुढो देखिने रोग)
बच्चाहरु बुढो देखिने रोगलाई प्रोगेरिया भनिन्छ । यो रोग के कारणले हुन्छ भन्ने पनि अहिलेसम्म थाहा भएको छैन भने यसको उपचार पनि छैन । यस्ता बच्चाहरु बढीमा १३ वर्षसम्म बाँच्छन् भने कसैलाई हृदयाघात हुन्छ । ४० लाख जन्ममा एकजनालाई यस्तो रोग हुन्छ ।
रुखका जस्ता जरा आउने रोग (इपिडेर्मोडाइसप्लाजिया भेरसिफर्मिस)
ह्युमन पापिलोमा भाइरसबाट हुने यो रोग लागेपछि मानिसमा मुसा आएर शरीरमा नै रुखका जरा पलाएजस्तो हुन्छ । इण्डोनेसियाका एक ब्यक्ती यो समस्याबाट पीडित थिए । उनी जतिपटक मुसाहरु काट्थे, उत्तिखेरै पलाउँथ्यो । एक अमेरिकी सर्जनले सन् २००८ मा उनको उपचार थालेपनि उनी पूर्ण रुपमा निको हुन सकेका छैनन् ।
एलीफेन्टीयासिस
यो रोगको बारेमा पहिलेदेखि नै सुनिदै आएको छ । यो रोगको भाइरस लामखुट्टेद्धारा सर्दछ । व्यक्तिको खुट्टाको आकार असामान्य रुपले बढ्दै जानु यस रोगको लक्षण हो । यस रोगको समयमै उपचार गरिएन भने शरीरभर फैलिदै जाने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->