शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीकी अरुणा र तनहुँका मिलन सर्वोत्कृष्ट खेलाडी

म्याग्दीकी अरुणा र तनहुँका मिलन सर्वोत्कृष्ट खेलाडी


  • विजय नेपाली
  • फाल्गुन ८ २०७७, शनिबार

पोखरा,८ फागुन–प्रतियोगिताको महिला तर्फ नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान तथा म्याग्दीकी कप्तान अरुणा शाही र पुरुष तर्फ तनहुँका स्पाइकर मिलन चन्द ठकुरी सर्वोत्कृष्ट खेलाडी चुनिए ।
यस्तै महिला तर्फ उत्कृष्ट ब्लकर पर्वतकी हिरा केसी, उत्कृष्ट स्पाइकर तनहुँकी उषा भण्डारी, उत्कृष्ट सर्भर म्याग्दीकी कमला पुन, उत्कृष्ट सेटर तनहुँकै अर्पना खान ठकुरी र उत्कृष्ट डिफेन्डर कास्कीकी अंशु थापा घोषित हुन पुगिन् ।
यस्तै पुरुष तर्फ स्याङ्जाका महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर घोषित भए । तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्गजाका बिबस थापा उत्कृष्ट सर्भर, तनहुँका बिबस आले मगर उत्कृष्ट सेटर, स्याङ्गजाका राजन दर्लामी मगर उत्कृष्ट लिब्रो र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए उनीहरुले समान ५÷५ हजार रुपैँका साथमा ट्रफि प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->