बागलुङ, १० फागुन– प्रतिनिधिसभा बिघटनको बिरोधमा राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघलेले बागलुङले सोमबार साँझ बागलुङमा राँके जुलुस निकालेको छ । राजमो पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस लोकतान्त्रीक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघका केन्द्रिय कोषध्यक्ष भिमसेन बनले प्रतिगमन बिरुद्ध युवाहरु सडकमा आउनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले तानाशाह शैलिमा प्रतिनिधिसभा बिघटन गरेर देशलाई बन्धक बनाएको भन्दै पुनस्थापनाका लागि सडकमा सबै शक्ति केन्द्रित गर्नुपर्ने उनको भनाई थियो । युवाको शक्तिलाई कुनैपनी तानाशाहले दमन गर्न नसक्ने भन्दै बनले शसक्त सडक संघर्ष सुरुभएको बताए । अखिल नेपाल युवक संघ बागलुङका सचिव बिरेन्द्र थापाले संसद बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलिले जनतालाई धोरा दिएको बताए । कार्यक्रमको सञ्चालन संघका गण्डकी प्रदेश कमिटी सचिव सञ्जाल शर्माले गरेका थिए । युवक संघले देशव्यापी रुपमा आईतवार साँझ राँके जुलुस निकालेको हो । शर्माका अनुसार आईतवार साँझ केन्द्रिय कार्यक्रम अनुसार ७७ वटै जिल्लामा युवाहरुले प्रदर्शन गरेका छन् ।

















