बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शंकर पन्तको ‘बरु मारन’ सार्वजनिक (भिडियो सहित)

शंकर पन्तको ‘बरु मारन’ सार्वजनिक (भिडियो सहित)


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ११ २०७७, मंगलबार

तनहुँ, १० फागुन– गायक शंकर पन्तको शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘बरु मारन’ सार्वजनिक भएको छ । तनहुँबाटै लोकदोहोरीमा क्रियाशिल गायक पन्तको आफ्नै अफिसियल युट्युब मार्फत सोमबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
रिस डाहा गर्नेको कारण प्रेममा फाटो आएको भाव बोकेको गीतमा चर्चित गायक पशुपती शर्मा र सम्झान भण्डारीको स्वर छ । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा बनेको म्यूजिक भिडियोमा गायक पशुपती शर्मासंगै दुर्गा सुवेदी शर्माले अभिनय गरेका छन् । करन चैसिरको छायांकन र प्रविण भट्टको सम्पादनमा भिडियो तयार पारिएको हो ।
पन्तको सिर्जना र स्वरमा यस अगाडी ‘पृथ्वी नै हल्लिएको हो’, ‘तर्किने माया’, ‘धोको पुगेनर’, ‘हे माया’, ‘तिम्रो विहेको निम्तो’, ‘गाईको बाच्छो’ लगायत दर्जन बढी लोकदोहोरी, तिज र दशैँका गीतमा बजारमा आएका छन् ।
पछिल्लो सिर्जना ‘बरु मारन’ बाट अलिक आशावादी रहेको पन्तले ढोरपाटनसंगको कुराकानीमा सुनाए । ‘युवापुस्ताको प्रेमलाई गीतमा उतारेको छु । अडियो र भिडियो पनि उत्कृष्ट बनेको छ । त्यसैले यो गीतबाट बढी नै आश गरेको हो’, उनले भने । आफ्नै शब्द तथा लय सिर्जनामा सुनिता बुढा क्षेत्रीसंगको सहकार्यमा गाएको ‘म त हजुर गाम्ले’ बोलको नयाँ लोकदोहोरी गीत पनि सार्वजनिक गर्ने तयारीमा रहको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->