कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेतपरीक्षण गर्न समेत प्रेग्नेन्सी टेस्ट किट प्रभावकारी मान्न सकिन्छ । सामणन्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको हुन्छ ।
स्ट्रिप प्रेग्नेन्सी टेस्ट
यो प्रेग्नेन्सी टेस्ट किटको मुख्य प्रकार हो । तपाईं आफ्नो पिसाबको धारामा यसलाई देख्न सक्नुहुन्छ । यदि तपाईंको पिसाबमा एचसीजी हार्मोन मिसिएको छ भने स्ट्रिपको एक किनाराको रंग परिवर्तन हुने गर्छ । यसले संकेत गर्छ कि तपाईं गर्भवती हुनुभएको छ ।
कप परीक्षण किट
यस किटमा परीक्षण उपकरणको साथ पिसाब एकत्रित गर्नको लागि एक कपको व्यवस्था हुन्छ । यस कपमा पिसाब संकलन पछिपरीक्षण उपकरणलाई कपमा डुबाउनुहोस् । यदि पिसाबमा एचसीजीको मात्रा देखिएको छ भने यसको रंग बदलिन्छ । यस्तो अवस्थामा तपाईं गर्भवती भएको पुष्टि हुन्छ ।
प्रेग्नेन्सी टेस्ट किटको फाइदा
प्रेग्नेन्सी टेस्ट किटको उपयोग हरेक पटक डाक्टरलाई देखाउनुपर्ने समस्याबाट बचाउनको लागि उपयोगी हुन्छ । जुन महिला गर्भवती हुन्छिन्, त्यतिबेला आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनको लागि गर्भावस्था परीक्षण किटको एउटा सानो प्याक राख्ने गरिन्छ । एक पटक नतिजा सकारात्मक आएपछि त्यो प्रसवपूर्व परीक्षणको लागि अस्पताल जाने गरिन्छ ।
अर्कोतर्फ तत्कालै गर्भाघारण गर्न नचाहेका महिलाहरूको लागि पनि असुरक्षित यौनसम्पर्क भएको अवस्थामा यस्तो परीक्षण किटले उनीहरूलाई गर्भ रहेको वा नरहेको पत्ता लगाउन मद्दत गर्ने गर्छ । समयमै यसको बारेमा जानकारी मिल्यो भने गर्भ फाल्न सकिन्छ । अतः यो दुवै पक्षको लागि फाइदाजनक हुन्छ ।
प्रेग्नेन्सी टेस्ट किट कस्तो अवस्थामा प्रयोग गर्ने ?
यदि तपाईं पहिलेदेखि नै प्रेग्नेन्सीको कोसिसमा हुनुहुन्छ या कुनै पनि अन्य कारणले असुरक्षित संभोग भएको अवस्थामा यो किटको परीक्षण आवश्यक हुन्छ । कहिलेकाहीँ कुनै कारणले कण्डम या अन्य गर्भनिरोधक औषधिहरुले काम नगर्न सक्छ । त्यस्तो अवस्थामा सहजै यो परीक्षण विधिको माध्यमबाट प्रेग्नेन्सी टेस्ट गरेर आफू सुरक्षित र ढिक्क हुन सकिन्छ ।
सामान्यतया गर्भाशयमा अण्डा प्रत्यारोपित ५ देखि १२ दिनपछि पिसाबमा एचसीजीको मात्रा देखिन थाल्छ । प्रेग्नेन्सी टेस्ट किटकोउपयोग गर्ने सबैभन्दा उपयक्त समय भनेको बिहानको समय हो । जब गर्भावस्थाको हार्मोन पिसाबमा आफ्नो अधिकतम स्तरमा हुन्छ भनेएक सटिक परिणाम प्राप्त गर्ने सम्भावना अघिल्लो दिनको पिसाबमा सबैभन्दा धेरै हुन्छ ।
यसका अतिरिक्त यदि तपाईंले असुरक्षित यौन सम्बन्ध राख्नु भएको छ र तपाईंको महिनावारी रोकिएको छ वा थकान, स्तनमा हल्कादुखाइ आदिको महसुस भयो भने जाँच्नु आवश्यक हुन्छ कि तपाईं गर्भवती हुनु भयो कि भएन ?
प्रेग्नेन्सी टेस्टको कसरी गर्ने प्रयोग ?
प्रेग्नेन्सी टेस्ट किटको प्रयोग सजिलै गर्न सकिन्छ । हिजोआज धेरै प्रकारका किट उपलब्ध छ । तर यसको प्रयोगको तरिका एकसमान हुने गर्छ । तपाईंले आफ्नो किटका अनुसार जुनसुकै विधि अपनाउन सकिन्छ । सो विधिमा पिसाबको नमुना उपयोग गर्नका लागि मिडस्ट्रीमनमुनाको उपयोग गर्न सकिन्छ । जसको अर्थ हो कि पिसाबलाई एकत्रित गर्नुभन्दा पहिले थोरै पिसाब निस्किन दिनु ।
यदि तपाईं स्ट्रिपमा पिसाब गरिरहनु भएको छ भने यो सुनिश्चित गर्नुहोस् कि यो कति समय गर्नुपर्छ । किनकि केही किटमा निर्देशगरिएको हुन्छ कि ५ मिनेटभन्दा धेरै यसको उपयोग नगर्नुहोस । समयलाई देख्नको लागि तपाईं स्टपवाचको पनि प्रयोग गर्न सक्नुहुन्छ । पिसाबको केही थोपा राख्नको लागि ड्रपरको उपयोग गर्न सकिन्छ । यो कप किट विधिका लागि उपयोगी छ । पिसाबको थोपा सहीनिर्देशित ठाउँमा राख्नुहोस् । केही ब्राण्डको किटमा तपाईंलाई स्टिकको अवशोषकवाला भाग पिसाबमा डुबाउनु होस् र ५ देखि १०सेकेण्डको लागि रोकिएर फेरि सोही अनुसार परीक्षण गर्न सकिन्छ । अब केही समय कुर्नुहोस् । टेस्ट स्टिकलाई एउटा सफा ठाउँमा राख्नुहोस् । यस्तो परीक्षणमा ५ मिनेटमा परिणाम आउने गर्छ । तर केहीकिटले परिणाम दिन १० मिनेटसम्म लगाउने गर्छन् । त्यसपछि निर्धारित समयसम्म यसको परिणामका लागि कुर्नुहोस् । यदि तपाईंको परिणामबारे बुझ्न कठिन छ ।
प्रेग्नेन्सी टेस्ट किटको नतिजा
यदि तपाईंले आफ्नो पिरियड्स रोकिनुभन्दा पहिले नै यस्तो परीक्षण गर्नुभयो भने यस्तो परीक्षण ९९ प्रतिशतसम्म मिल्ने सम्भावना रहन्छ । यसका बाबजुद पनि कहिलेकाहीँ टेस्ट गर्नमा केही समय लापरबाहीका कारण पनि परिणाम गलत आउन सक्छ । जसलाई गलत सकारात्मक या गलत नकारात्मक परीक्षणसमेत भन्ने गरिन्छ । यस्तो एचसीजी हार्मोनको गलत परीक्षणको कारण पनि हुने गर्छ ।
गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?
माथि उल्लेखित तरिका बाट गर्भ जाँच गरिसकेपछी तपाँई गर्भवती हुनुभयो, अझै एकपटक जाँच गर्नुस अब आफु गर्भवती भएको निश्चितभयो । तर तपाई आफ्नो गर्भ लाई बढ्न दिन चाहानु हुन्न भने गर्भनिरोधक चक्की को प्रयोग यसरी गर्न सक्नु हुन्छ । सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ । हुन त सुरक्षित यौन सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असावधानीवस् गर्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, आकस्मिकगर्भ निरोधक चक्की । यौन सम्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन गरेपछि गर्भ रहने भय धेरै हदसम्म कम हुन्छ । यद्यपि यो चक्की नियमित रुपमा भने सेवन गर्न मिल्दैन । त्यसैले त यसलाई अकस्मिक चक्की भनिएको हो । यसको दीर्घकालिन व्यवस्थापनका लागि चाहि गर्भनिरोधक चक्की अर्थात् बर्थ कन्ट्रोल्स पिल्स उपयोगी गर्न सकिन्छ ।
आकस्मिक र गर्भनिरोधक चक्कीमा के फरक छ ?
धेरैजसो महिलाहरू यस बिसय मा दुबिधाग्रस्त हुन्छन् । कन्ट्रसेप्टिभ पिल त्यो हो जसलाई तपाईं आफ्नो महिना अनुसार सेवन गर्नुहुन्छ । यद्यपि जसले कुनै सुरक्षा विधि नअपनाइ यौन सम्बन्ध बनाउन पुग्छन् उनीहरु सम्भावित गर्भबाट बच्नका लागि चक्की दिइन्छ, जसलाई आकस्मिक गर्भ निरोधक चक्की भनिन्छ । अनिच्छित गर्भ रोक्नका लागि महिलाले गर्भनिरोधक गोली अर्थात् बर्थ कन्ट्रोल्स पिल्स सेवन गर्छन् । यदि कुनैदिन उक्त चक्की सेवन गर्नभुलियो भने के यसले तपाईं गर्भवती हुने सम्भावना बढ्छ ?
कसलाई आवश्यक छ चक्की ?
सामान्यत गर्भनिरोधक चक्की त्यही महिलालाई सेवन गर्नका लागि सुझाव दिइन्छ, जो यौनिक रुपले सक्रिय छन् र गर्भावस्थाबाट सुरक्षा चाहन्छन् । यौन गतिविधिमा सक्रिय भएर पनि बच्चा जन्माउन चाहँदैनन् । उनीहरुलाई नै गर्भनिरोधक चक्की सेवन गर्नका लागि सुझाव दिइन्छ ।
खासगरी यो चक्की सेवन गरेपपछि ओभुलेसन रोकिन्छ, जसले अन्डा ओभरिजबाट बाहिर निस्कन पाउँदैन । यदि अन्डा ओभरीबाट बाहिर आएमा त्यो स्पर्मको सम्पर्कमा आउन सक्छ । यद्यपि सबै चक्कीले यसरी काम गर्दैन । केही चक्की गर्भाशयभित्र बन्ने पत्रलाई अरुमोटो बनाइदिन्छ, जसले गर्दा स्पर्म अन्डा संग मेल हुन पाउँदैन ।
यो चक्की तब प्रभावकारी हुन्छ, जब यसलाई समय र सही ढंगले सेवन गरिन्छ । यदि महिलाले बिचमा कुनै दिन चक्की सेवन गर्न छाडेमा गर्भवती हुने संभावना बढ्छ । यदि चक्कीको कोर्सको पुरा गर्नुभएको छ भने यसले ९९ प्रतिशत काम गर्छ । एस्ट्रोजन र प्रोजेस्टेरोनबाट बनेको यो कम्बिनेसन चक्कीले हर्मोनको हरेक महिना हुने परिवर्तन वा अस्थिरतालाई रोक्छ, जसले ओभ्युलेसन रोक्छ । अहिले यो चक्की यसरी तयार गरिएको छ कि त्यसको असर २४ घण्टासम्म रहन्छ । यस्तोमा जब तपाई चक्कीलिन भुल्नुहुन्छ तब हर्मोनको स्तर तल झर्न पुग्छ । यही कारण टाउको दुख्ने, पेटमा गडबडी हुने, वान्ता हुनेजस्ता साइड इफेक्ट देखापर्छ । यदि तपाईंले यो चक्की लिन छुटाउनु भयो भने हर्मोन्सको स्तर सामान्यबाट तल झर्न पुग्छ, जसले गर्दा गर्भवती हुने संभावना बढ्छ ।
यदि तपाईंले मिड प्याकलाई बिचमा छाडिदिनुभयो भने वा चक्की सेवन गर्न भुल्नुभयो भने यसले महिनावरी चक्र पनि बिग्रन्छ जुन सामान्य हुनमा निकै समय लाग्छ । किनभने यसले ओभ्युलेसन चक्रलाई कन्ट्रोल र प्रोटेक्ट गर्छ । यसैले चक्की लिइएन भने ओभ्युलेसनमा असरपर्छ, जसले अन्डा ओभरीजबाट बाहिर निक्लन सक्छ । साथै यसबाट हल्का रक्तश्राव पनि हुनसक्छ । हरेक दिन चक्की सेवन गर्नुहुन्छ भने सकेसम्म एउटै समयमा लिने गर्नुहोस् । यसले गर्दा हर्मोन सन्तुलनमा रहन्छ । धेरैभन्दा धेरै एक वा दुईघण्टाको तलमाथि चक्की लिने समय फेरबदल हुनसक्छ । यद्यपि यो समय पनि धेरै घटबढ भएमा गर्भवती हुने संभावना बढ्छ ।
जब महिला प्रेग्नेन्सीका लागि पूर्ण रुपले तयार हुन्छन् तब यो चक्कीलाई बिचमा सेवन गर्न बन्द गर्न सक्नुहुन्छ । चक्की सेवन गर्न छाडेपछि मासिक स्राव र ओभ्युलेसन चक्त सामान्य हुनमा थोरै समय लाग्छ । यसका साथै अचानक बीचमा छाड्दा मुड स्विङ, कपालपातलो हुनेजस्ता समस्या आउन सक्छ । यस्तो भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
अब कुरा आउँछ कि यो चक्की नियमित रूपमा सेवन गरिरहनुभएको छ । यौन क्रियाकलापमा पनि संलग्न भइरहनुभएको छ । गर्भवतीहुन चाहनुहुन्न । यद्यपि भुलेर कुनै दिन तपाईंले यो चक्की लिन भुल्नुभयो । जतिबेला सम्झनुहुन्छ तत्काल अर्थात् चाँडोभन्दा चाडो चक्कीसेवन गर्नुहोस् । जति चाडो गर्नुहुन्छ, खतरा उतिनै कम हुन्छ ।





