बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नारी दिवस : न्यू एभरेष्टमा म्युजिकल चियर

नारी दिवस : न्यू एभरेष्टमा म्युजिकल चियर


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २५ २०७७, मंगलबार

बागलुङ, २५ फागुन– नारीहरुको सम्मानमा यहाँको एक विद्यालयले शिक्षिकाहरुबीच म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरेको छ । १११ आंै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा न्यु एभरेष्ट एकेडेमी रामरेखाले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा विद्यालयमा अध्यापनरत १५ जना शिक्षिकाहरु सहभागी भएका थिए । प्रतियोगितामा प्रथम अस्मिता घर्ती मगर, द्वितीय कमला थापा र तृतीय स्थान रितु शर्माले प्राप्त गरेका थिए ।
सफल प्रतियोगी शिक्षिकाहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले गरेभने शिक्षक माधव शर्माले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->